१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेमकिपाको सातौ महाअधिवेशन असोजमा



अ+ अ-

भक्तपुर । नेपाल मजदुर किसान पार्टीको सातौ महाअधिवेशन असोज ३, ४ र ५ गते भक्तपुरमा हुने भएको छ। अधिवेशन भक्तपुरको सल्लाघारीमा हुने जनाइएको छ।

अधिवेशनको अवसरमा नेपाल प्राध्यापक समाज इन्जिनियरिङ कलेज एकाइ समितिको आयोजनामा सातौं महाधिवेशन सफल पार्न प्राध्यापक तथा कर्मचारीहरुको भेला भएको छ। भेलामा नेपाल प्राध्यापक समाजका अध्यक्ष सरोजराज गोसाईले प्राध्यापक तथा कर्मचारीहरु पार्टीको महाधिवेशनको लागि अगाडि सारिएका राष्ट्रिय–अन्तर्राष्ट्रिय विचारमा प्रस्ट हुनुपर्नेमा जोड दिए।

नेपाल प्राध्यापक समाज इन्जिनियरिङ कलेज एकाइका अध्यक्ष सुजन माकले असोज ३, ४ र ५ गते हुने पार्टीको महाधिवेशनमा प्राध्यापक–कर्मचारीहरुकोतर्फबाट नैतिक, भौतिक र आर्थिक सहयोगको प्रतिबद्धता व्यक्त गर्दै महाधिवेशन सफलताको कामना गरे।