२२ भाद्र २०८३, सोमबार
,
Latest
विदुर नगरपालिकाद्वारा बाढी प्रभावितलाई कोठा भाडावापत प्रतिपरिवार रु १० हजार उपलब्ध नीलकण्ठ नगरपालिकाद्वारा मृतकका परिवारलाई आर्थिक सहयोग ज्वालामुखीको खरानीका कारण इण्डोनेसियाका मुख्य विमानस्थलहरू अस्थायी रूपमा बन्द एथेन्स एयर शोका क्रममा ग्रीक वायुसेनाको लडाकु विमान दुर्घटना, दुई पाइलटको मृत्यु म्यानमारद्वारा चालू आर्थिक वर्षको पाँच महिनामा २२ करोड ५० लाख डलर बराबरको मत्स्यजन्य उत्पादन निर्यात फिलिपिन्समा मनसुन र चक्रवातका कारण ४३ जनाको मृत्यु, अर्बौँको भौतिक क्षति दक्षिणी लेबनानमा इजरायली हवाई हमलाः ४ जनाको मृत्यु, २० घाइते चेपाङ समुदायले यसरी मनाउँदैछन् न्वागी पर्व सुदूरपश्चिममा अझै तीन दिन वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह सहिद लखन र इच्छाकामनालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्न प्रमुख सचेतक बुर्लाकोटीको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतले पठाएको चन्द्रयान–२ आज राति अवतरण हुँदै



अ+ अ-

काठमाडौं । भारतले पठाएको चन्द्रयान–२ चन्द्रमाको दक्षिणी ध्रुवमा आज (शुक्रबार) राति अवतरणको तयारीमा छ ।

शुक्रबार राति अर्थात् शनिबार बिहान साढे १ बजेदेखि साढे २ बजेसम्मको अवधिमा चन्द्रयान अवतरण हुने बताइएको छ ।त्यहाँ पठाइएका रकेटको गति अवतरणका बेला कम हुँदै केही बेर हावामै तैरिनेछन् । भारतले ३८७७ केजी तौलको चन्द्रयान–२ गत जुलाइ २२ मा लन्च गरेको थियो ।

उक्त यानले पृथ्वीलाई २३ दिनसम्म चक्कर लगाएर चन्द्रमाको कक्षमा पुग्न ६ दिन लगाएको थियो । अहिलेसम्म चन्द्रमामा संसारभरबाट ६ देश (अमेरिका, चीन र रुसल लगायत)ले आफ्ना यान पठाइसकेका छन् ।