१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

शेयर बजार: यो साता उतारचढाव



अ+ अ-

काठमाडौं । शेयर बजारमा यो साता परिसूचक नेप्सेमा उतारचढाव देखियो । १ हजार १ सय ९६ अंकमा खुलेको बजारमा २६ अंकले घटेर फेरी २१ अंकले बढेको छ । साताको २ दिन लगानीकर्ताले कारोबार बढाउँदा परिसूचकमा केही वृद्धि भएपनि समग्रमा नेप्से घटेको छ ।

यो साता शेयर बाजरमा परिसूचक नेप्से ५ दशमलव ३५ अंकले घटेर १ हजार १ सय ९१ अंकमा बन्द भएको छ । साताभर नेप्सेमा उच्च उतारचढाव देखिएको छ । १ हजार १ सय ९६ दशमलव ४२ अंकमा खुलेको नेप्से २६ अंकले घटेर फेरी २१ अंकले बढेको छ ।

जसले गर्दा धेरै लगानीकर्ताले गुमाएका छन् । कारोबार रकम भने यो साता केही बढेको छ । यो साता १ अर्ब ९४ करोड २१ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।