१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मध्यपुर थिमीको नगदेशमा महाकाली नाच सम्पन्न, हेर्नुहोस् २० तस्बिर



अ+ अ-

भक्तपुर । भक्तपुरको मध्यपुर थिमी नगरपालिका, नगदेश-७ मा ऐतिहासिक महाकाली नाच सम्पन्न भएको छ। नाचलाई विभिन्न टोलहरुमा प्रस्तुत गरि शुक्रवार मध्यरात सम्पन्न गरिएको थियो ।

सपारु अर्थात् गार्इजात्राको भोलि पल्टदेखि ४ रात अर्थात भाद्र कृष्ण द्वितीया (गुँलागा द्वितीया) देखि पञ्चमीसम्म नाच नचाउने प्रचलन रहिअाएको छ ।

नाचमा एक–एकजना देवी, सिंह, महालक्ष्मी,महाकाली र मह्ययुरका साथै चारजना वेता, दुईजना भूत भैरव,दुईजना कवां,दुई ख्या,दुई माक,दुई दैट गरि १८ जनाको अवतार टोली हुन्छ। नाचको पछाडि पछाडि खिं,लाला खिं ,लाय खिं,धा ,मुवालि बाजा बजाइन्छ ।

भूतप्रेत, पिशाच, डाकिनीलगायत दानवरूपी आत्माले साह्रै दुःख कष्ट दिन थालेपछि सो नाच निकालियको महाकाली नाच गुरु भक्त बहादुर घजुले बताए ।यो नाच मल्लकालिन समयदेखि निरन्तर नाचिने गरिन्छ ।

तस्बिरहरू: नीरज बाडे

This image has an empty alt attribute; its file name is IMG_20190907_192242-535x800.jpg
This image has an empty alt attribute; its file name is IMG_20190907_192155-535x800.jpg


This image has an empty alt attribute; its file name is IMG_20190907_192756-1000x667.jpg
This image has an empty alt attribute; its file name is IMG_20190907_192733-1000x561.jpg