१२ भाद्र २०८३, शुक्रबार
,
Latest
पूर्वप्रधानमन्त्री कार्कीद्वारा एक महिनाको पेन्सन रकम सहयोग केदारनाथ शर्मा बने नयाँ गृह सचिव बाढीपछि भारत र चीनसँग बेलिब्रिज माग्दै नेपाल प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई सूर्य नेपालद्वारा १५ करोड रुपैयाँ सहयोग बाढी प्रभावितलाई पत्रकार महासङ्घ गुल्मीद्वारा एक लाख सहयोग एक्स्ट्रिम इनर्जी ड्रिङ्क्सद्वारा भोटेकोशी बाढीपीडितलाई एक करोड सहयोग रोजगारीका लागि रसुवा पुगेका १२ झापाली बाढीपछि सम्पर्कविहीन परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाकी विदेशमन्त्री वङबीच टेलिफोन वार्ता रसुवा बाढीपीडितलाई बैतडीका चार स्थानीय तहले नौ लाख सहयोग गर्ने रसुवा बाढीः वीर अस्पतालबाट पाँच घाइते डिस्चार्ज, दुई जनाको उपचार जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालको पहिरो विपत्तिप्रति चीनको दुःख, उद्धारमा सहयोग गर्ने सीको प्रतिबद्धता



(250903) — BEIJING, Sept. 3, 2025 (Xinhua) — Chinese President Xi Jinping, also general secretary of the Communist Party of China Central Committee and chairman of the Central Military Commission, delivers an important speech during a grand gathering to commemorate the 80th anniversary of the victory in the Chinese People’s War of Resistance against Japanese Aggression and the World Anti-Fascist War in Beijing, capital of China, Sept. 3, 2025. (Xinhua/Yan Yan)
अ+ अ-

काठमाडौं । चीनका राष्ट्राध्यक्ष सी चिनफिङले नेपालमा गएको विनाशकारी पहिरोप्रति दुःख व्यक्त गर्दै राष्ट्रपति रामचन्द्र पौडेललाई शोक तथा समवेदना सन्देश पठाउनुभएको छ।

राष्ट्राध्यक्ष सीले अगस्ट २८ तारिख पठाउनुभएको सन्देशमा चीन–नेपाल सीमामा रहेको केरुङ–रसुवागढी नाकामा भएको गम्भीर पहिरोका कारण ठूलो मानवीय तथा भौतिक क्षति भएकोप्रति दुःख व्यक्त गर्नुभएको हो।

उहाँले विपत्तिमा ज्यान गुमाएकाहरूप्रति चीन सरकार र चिनियाँ जनताको तर्फबाट गहिरो शोक व्यक्त गर्दै शोकसन्तप्त परिवार, घाइते तथा प्रभावित क्षेत्रका नागरिकप्रति हार्दिक समवेदना प्रकट गर्नुभएको छ।

सन्देशमा राष्ट्राध्यक्ष सीले बेपत्ताको खोजी, प्रभावित नागरिकको स्थानान्तरण तथा पुनर्वास र घाइतेको उपचारलाई प्राथमिकतामा राखेर मानवीय क्षति न्यूनीकरण तथा थप विपत्तिबाट बच्न चीनले सम्पूर्ण प्रयास गरिरहेको उल्लेख गर्नुभएको छ।

चीन र नेपाल पहाड तथा नदीले जोडिएका मित्रराष्ट्र भएको उल्लेख गर्दै उहाँले दुवै देशको भाग्य आपसमा जोडिएको बताउनुभएको छ। चीन नेपालमा जारी उद्धार कार्यमा आफ्नो सामर्थ्यअनुसार सहयोग गर्न इच्छुक रहेको पनि राष्ट्राध्यक्ष सीले स्पष्ट पार्नुभएको छ।

उहाँले दुवै देशका जनताले मिलेर विपत्तिको सामना गर्दै प्रभावित क्षेत्रको पुनर्निर्माण गर्न सक्षम हुने विश्वास व्यक्त गर्नुभएको छ।

यसैबीच, सोही दिन चीनका प्रधानमन्त्री ली छ्याङले पनि नेपालका प्रधानमन्त्री वालेन्द्र शाहलाई पहिरो विपत्तिप्रति दुःख व्यक्त गर्दै शोक तथा समवेदना सन्देश पठाउनुभएको छ।