१२ भाद्र २०८३, शुक्रबार
,
Latest
बाढी–पहिरो पीडितको राहतका लागि प्रवासी नेपाली मञ्चले २० लाख दिने रसुवा बाढीपीडितका लागि हेटौँडा स्कूल अफ म्यानेजमेन्टले २० लाख सहयोग ड्याम फुटेको होइन, ग्ल्यासियर फुटेर लेदोसहितको पानी ओभरफ्लो : सरकार बाढीपीडितलाई सुदूरपश्चिम प्रदेश सरकारको दुई करोड सहयोग बाढीपीडित र प्रभावित क्षेत्रका लागि आर्थिक प्याकेज घोषणा गरिने भोटेकोशी बाढीपछि शव खोजी तीव्र, रसुवादेखि चितवनसम्म १२०० सैनिक परिचालन प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का सबै सदस्यले एक महिनाको तलब विपद् कोषमा जम्मा गर्ने सुनको मूल्य दुई हजार चार सयले घट्योः चाँदीको स्थिर भोटेकोशी र त्रिशूलीमा लेदोसहितको बहाव बढ्दै, उच्च सतर्कता अपनाउन आग्रह भोटेकोशीमा बाढी बढ्दै, त्रिशूली नदीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

आँबुखैरेनी र देवघाट गाउँपालिकामा २८ शव



अ+ अ-

काठमाडौं । तनहुँ जिल्लाको आँबुखैरेनी गाउँपालिका र देवघाट गाउँपालिकाका विभिन्न क्षेत्रमा बुधबार नौ वटा र बिहीबार १९ वटा गरी २८ शव फेला परेका छन् ।

बुधबार रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि खोज तथा उद्धार गर्ने क्रममा उक्त शव भेटिएको प्रहरीले जनाएको छ ।

फेला परेका २३ वटा शव गण्डकी अस्पताल र पाँच वटा शव प्रदेश अस्पताल दमौलीमा राखिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिनुभयो ।

फेला परेका शवको पहिचानका लागि आवश्यक कानुनी तथा प्रक्रियागत काम अघि बढाइएको उहाँले बताउनुभयो ।