८ भाद्र २०८३, सोमबार
,
Latest
पद्मा अर्यालको आरोप– ‘सरकार नागरिकका समस्या समाधानभन्दा प्रतिपक्षको विरोधमा केन्द्रित’ नेपाली काँग्रेसको आयोजनामा भदौ ११ गते महिला उद्यमशीलता सम्मेलन हुने भ्रष्टाचारी र बलात्कारीलाई ‘अन दि स्पट’ गोली ठोक्ने कानून लागू गरौँः खगेन्द्र सुनार पीपीपीका समस्या समाधान गर्न निजी क्षेत्रसँग १५ दिनभित्र सुझाव माग सरकार गठन भएयता पूँजीबजारमा ६ खर्ब रुपैयाँ डुब्यो, अर्थमन्त्रीज्यु चिठ्ठा खेलाउनमा व्यस्त हुनुहुन्छः सांसद सङ्ग्रौला नेपाली श्रमिकको प्रहरी चारित्रिक प्रमाणपत्र प्रक्रिया सहज बनाउन युएईसँग छलफल सचेत वा नसियत पाएका व्यक्ति बैंकको सञ्चालक बन्न पाउने गरी ‘बाफिया’ संशोधन गरिँदै पूर्वाधार विकासका लागि १५ वर्षे मास्टर प्लान आवश्यक : अध्यक्ष पाण्डे निजी क्षेत्रलाई ‘ड्राइभिङ सिट’मा राखेर पूर्वाधार विकास गर्नुपर्ने : चेम्बर अध्यक्ष अग्रवाल अबदेखि साउन १ गते मौद्रिक नीति सार्वजनिक गर्ने तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव



अ+ अ-

काठमाडौं । पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव पर्यटन क्षेत्रमा सरोकार भएकाहरूले दिएका छन् ।

‘पर्यटन विधेयक, २०८१’ का सम्बन्धमा अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आजको बैठकमा उनीहरूले पर्यटन क्षेत्रको समग्र विकासमा जोड दिएका हुन् ।

नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष फुर्गेल्जे शेर्पाले सङ्घमा दुई हजार २६० जना आरोही, मजदुर तथा पर्यटन प्रवद्र्धनमा संलग्न व्यक्ति आबद्ध रहेका जानकारी दिँदै पर्यटन क्षेत्रका सबै समस्या सम्बोधन हुनुपर्नेमा जोड दिनुभयो ।

ट्रेकिङ एजेन्ट्स एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष सागर पाण्डेले वार्षिक तीन लाखभन्दा बढी पर्यटक पदयात्रामा जाने गरेका तथा त्यसमा तीन लाखभन्दा बढीले प्रत्यक्ष रूपमा रोजगारी पाएका बताउनुभयो ।

उहाँले पदयात्रा क्षेत्रलाई ध्यानमा राखेर कानुन निर्माण गर्न सुझाव दिनुभयो । सगरमाथा आरोही सङ्घका अध्यक्ष माया शेर्पाले आरोहीको सुरक्षा सुनिश्चित गर्नुपर्ने बताउनुभयो । उहाँले आरोही कोष स्थापना हुनुपर्ने बताउनुभयो । हिमालयन उद्धार सङ्घ नेपालका अध्यक्ष डम्बर पराजुलीले ‘फेक रेस्क्यु’अन्त्य गर्न कानुनी व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो ।

नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसन, सगरमाथा प्रदूषण नियन्त्रण समिति, एक्सपिडिसन अपरेटरर्स एसोसिएसन नेपाललगायत पर्यटन व्यवसायसँग सम्बन्धित संस्थाका प्रतिनिधिले विधेयकमाथि सुझाव दिएका थिए । बैठक समितिका सभापति सुम्निमा उदासको सभापतित्वमा भएको थियो ।




भर्खरै