४ भाद्र २०८३, बिहीबार
,
Latest
अध्यक्ष राईको प्रश्नः कार्यकारी प्रमुखबाटै अधिकारको दुरुपयोग भए कारबाही गर्ने निकाय कुन हो ? अख्तियारको स्वायत्तता र सुशासनमा राज्यका तीनै अङ्ग जिम्मेवार हुनुपर्छः मुख्य सचेतक दुलाल कारबाही अघि बढाउँदा पदाधिकारीहरूलाई दबाबमा राख्नु खेदजनकः अर्जुननरसिंह केसी विधायिकी अभ्यासमा स्थानीय तहलाई मार्गदर्शन गर्नुपर्नेमा जोड बञ्चरेडाँडा फोहर व्यवस्थापनसम्बन्धी समस्या समाधान गर्न छलफल राप्रपा विवादकै बीच किरण थापा मगरले लिए मुख्यमन्त्रीको शपथ बागमतीको मुख्यमन्त्रीमा किरण थापा मगर नियुक्त जडीबुटी निर्यातका लागि व्यापारिक ‘ट्रान्जिट’ बन्दै नेपालगञ्ज ‘अख्तियारको कामकारबाहीमा कुनै राजनीतिक हस्तक्षेप हुँदैन’ शिक्षक–कर्मचारीको पारिश्रमिक वृद्धिः चार अर्ब ६८ करोड चाहिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘अख्तियारको कामकारबाहीमा कुनै राजनीतिक हस्तक्षेप हुँदैन’



अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमाथि कुनै किसिमको राजनीतिक हस्तक्षेप नहुने स्पष्ट पार्नुभएको छ ।

राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कामकारबाहीका सम्बन्धमा पदाधिकारीसँगको छलफल’मा उहाँले बिना पूर्वाग्रह काम गरेर इतिहास रच्न आयोगका पदाधिकारीलाई सुझाव दिनुभयो ।

सभापति लामिछानेले भ्रष्टाचारसम्बन्धी अनुसन्धान र अभियोजनलाई व्यवस्थित र वस्तुनिष्ठ बनाउन आग्रह गर्नुभयो ।

“कुनै पनि राष्ट्रसेवक र जनप्रतिनिधिलाई अदालतको ढोकामा टेकाउने बित्तिकै उसको पद निलम्बन हुन्छ, मुख्यसचिवसम्मको पद निलम्बन भएको छ, उहाँ सफाइ पाएर निस्कनुभएको छ । यसबाट उहाँको व्यक्तिगत, पारिवारिक र व्यावसायिक जीवनमा परेको असर तथा सामाजिक प्रतिष्ठामा गम्भीर क्षति पुगेको छ । त्यसको परिपुरण कसरी गर्न सक्छौँ ?”, अनुसन्धान र अभियोजनमा मेहनत गर्न आग्रह गर्दै उहाँले भन्नुभयो ।