४ भाद्र २०८३, बिहीबार
,
Latest
एक वर्षभित्र बागमतीमा स्वच्छ पानी बगाउने गरी ढल व्यवस्थापन गरिँदै एलपीजी ग्यासको व्यवस्थापनमा डिजिटल ट्रयाकिङ प्रणाली लागू गर्न संसदीय समितिको निर्देशन तनहुँकाे नारेश्वर तालमा पानी भरिन थाल्यो, कृषि र पर्यटन विकासको आधार बन्दै वैदेशिक सहायता शोधभर्ना नहुँदा राज्यकोषमा दबाब परेको रास्वपा सांसद पराजुलीको भनाइ वागमती नदी संरक्षण र पुनर्जीवनका लागि सरकारलाई संसदीय समितिको निर्देशन “नेपाल–जापान सम्बन्धमा जापानी भाषा र संस्कृतिको भूमिका” मानवअधिकार कार्ययोजना कार्यान्वयनमा सक्रिय हुन सुदूरपश्चिमका स्थानीय तहलाई आयोगको आग्रह विभिन्न जिल्लाबाट लागुऔषधसहित १५ जना पक्राउ विश्वविद्यालयमा लेखा उत्तरदायी अधिकृत नतोकिँदा समस्या भयोः महालेखा परीक्षक राया काठमाडौंमा ३२.५८ ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपाको ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम आजदेखि



अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सञ्चालन गर्न लागेको ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रमअन्तर्गत आज सरकारमा सहभागी रास्वपाका उपसभापति तथा अर्थमन्त्री केन्द्रीय पार्टी कार्यालयमा उपस्थित भई नागरिकसँग प्रत्यक्ष संवाद गर्नुहुने भएको छ।

कार्यक्रमअन्तर्गत पहिलो चरणमा आम नागरिकले आफ्ना गुनासा, समस्या, सुझाव तथा अपेक्षा अर्थमन्त्रीसमक्ष प्रत्यक्ष रूपमा राख्न सक्नेछन्।

दोस्रो चरणमा मन्त्री, सांसद तथा केन्द्रीय नेतृत्वबीच नागरिकबाट प्राप्त सुझावसँगै समसामयिक तथा नीतिगत विषयमा छलफल गरिने रास्वपाले जनाएको छ।
कार्यक्रम आज साँझ ५ बजेपछि रास्वपाको केन्द्रीय कार्यालयमा सञ्चालन हुनेछ।

नागरिकका आवाज, सुझाव र अपेक्षालाई सरकार तथा पार्टीको नीति निर्माण र प्रभावकारी कार्यान्वयनसँग प्रत्यक्ष रूपमा जोड्ने उद्देश्यले कार्यक्रम सञ्चालन गर्न लागिएको रास्वपाले जनाएको छ। कार्यक्रममा सम्बन्धित सबैको सक्रिय सहभागिता र सहजीकरणका लागि पार्टीले अनुरोध गरेको छ।