४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

‘स्मार्ट’ मालपोतमा एक घन्टाको काम सक्न चार दिन

‘स्मार्ट’ मालपोतमा एक घन्टाको काम सक्न चार दिन
अ+ अ-

विराटनगर । चाँडो सेवा दिन र भ्रष्टाचार रोक्न भन्दै सरकारले ८० मालपोत कार्यालयमा अनलाइन सेवा ल्यायो। तीमध्ये प्रदेश १ का १४ मध्ये ९ जिल्ला परे। तर, ती ‘स्मार्ट’ मालपोतमा कर्मचारीले काम अड्काउन झन् बहाना पाएका छन्, ‘नेटै चलेन।’

फयल फोटो

‘नेट नचल्ने’, ‘सर्भर बिग्रिने’ जस्ता बहानाकै कारण पहिला एकै छिनमा हुने काम सक्न चार दिनसम्म लाग्न थालेको छ। सिरिजंघा–२ ताप्लेजुङका विवश लिम्बूलाई जग्गा पास गरिसक्न सदरमुकामस्थित मालपोत कार्यालय पुगेको चार ठ्याक्कै लाग्यो। होटलमा बस्दा–खाँदा ७ हजार रुपैयाँ अनावश्यक खर्च भयो। ‘जग्गा पास गर्न धाएको चार दिन भयो’, उनले भने, ‘सरहरू नेटै चलेको छैन भन्नुहुन्छ। बस्दाबस्दै होटलमा तिर्ने पैसै सकियो। सापट खोजेर घर फर्किनुछ।’

ताप्लेजुङ मालपोत जेठ २१ गते अनलाइनमा गएको थियो। त्यसपछि सेवाग्राहीले झनै समस्या भोगेको सिदिङ्वा आङ्खोपका कृष्ण लिम्बूको भनाइ छ। ‘भनेको बेला काम नभएपछि होटलमा बस्नुपर्छ’, उनले भने, ‘अनलाइनबाट त छिटो काम हुन्छ भन्थे तर झन् ढिलो हुने रहेछ।’

प्रदेश १ का मालपोत कार्यालयमध्ये भोजपुर, खोटाङ, तेह्रथुम र सोलुखुम्बुमा मात्र अनलाइन सेवा पुर्‍याउन बाँकी छ। सेवा पुगेका कतिपय जिल्लामा गतिलो इन्टरनेट र दक्ष जनशक्ति नहुँदा काम झनै ढिलो हुन थालेको सेवाग्राही गुनासो गर्छन्। ताप्लेजुङमा दैनिक २० वटासम्म जग्गा पास हुन्थ्यो। अनलाइनपछि मुस्किलले पाँचवटासम्म मात्रै काम हुने गरेको मालपोतको तथ्यांकले देखाएको छ।

‘नमुना मालपोत भनेपछि राम्रो काम हुन्छ होला भन्ने लागेको थियो तर होइन रहेछ’, पाँचथर मालपोत अधिकृतको कार्यकक्षमा राखिएको सेवाग्राही सन्तुष्टि खातामा तुम्बेवा–१ का टंकबहादुर शेर्माले लेखेका छन्, ‘पुरानै ढर्रामा काम हुँदो रहेछ। काममा कर्मचारीको आनाकानी र ढिलासुस्तीले उपभोक्ता हैरान छन्। नमुना मालपोत नमुनाजस्तो लागेन।’

मोरङमा बस्दै आएका विशाल तुम्बापो सोमबार मालपोत कार्यालय फिदिममा भेटिए। ‘चोकमागुको तीन रोपनी जग्गा पास गर्न आएको हुँ। आज बल्ल काम भयो’, उनले भने, ‘मालपोतको काममा कहिल्यै सुधार भएन।’ मालपोतको कार्यशैलीप्रति ७५ वर्षीय तुम्बापो आक्रोशित देखिन्थे।

कार्यालय प्रमुख भने सेवा राम्रो भएको दाबी गर्छन्। मालपोत कार्यालय पाँचथरका अधिकृत बाबुराम पोख्रेलले कार्यालयको कार्यशैलीमा आमूल परिवर्तन भएको बताए।

इलामको सूर्योदय मालुमका जीवन नेपालले मालपोतको सेवा पहिलेभन्दा ढिलोजस्तो लागेको बताए। उनका अनुसार कहिले इन्टरनेटले त कहिले विद्युत्ले काम नगरेको भन्दै कर्मचारीले ढिलाइ गर्छन्।

भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले जेठ १९ गते इलाममा नमुना मालपोत र अनलाइन सेवा उद्घाटन गरेकी थिइन्। उनले अब कामले गति लिने बताएकी थिइन्। तर, मालपोतमा कम्प्युटर अपरेटरकै पद खाली छ। दक्ष कर्मचारी अभाव, जग्गा कारोबारको संवेदनशीलताले काममा ढिलाइ भएको मालपोत प्रमुख केशव ढकालको भनाइ छ।

धनकुटामा अनलाइन सेवा सुरु भएको उक महिना नाघ्यो। राजीनामा, अंशबन्डा, अंश भर्पाई, धितोपास र नामसारीका काम धेरै हुन्थ्यो। यो अवधिमा कार्यालयले सोचेजति सेवा दिन सकेको छनै। अनलाइनमा जानुअघि १७ दिनमा १ सय २४ वटा काम भएको थियो। त्यसको तुलनामा आधा मात्र काम भएको मालपोतको तथ्यांकले देखाउँछ।

रजिस्ट्रेसनको कामले गति लिए पनि सेवाप्रवाहमा ढिलाइ भएको सेवाग्राहीको गुनासो छ। डिजिटल रजिस्टे«सन सुरु भएपछि विगतमा एक दिनमा हुने काम तीन दिनमा बनेको चौबिसे गाउँपालिकाका सुरेन्द्र चेम्जोङले बताए। इन्टरनेट र अन्य प्रविधिको समस्या देखाएर कर्मचारीले काम अड्काएर रकम लिने गरेको सेवाग्राहीको गुनासो छ।

मालपोतका गतिविधि विभाग र मन्त्रालयले हेर्न मिल्ने बनाइएको छ। विभागबाटै सीधै अनुगमन गर्न सकिने कारण मालपोत कार्यालय थप जिम्मेवार हुने भएकाले यसको सुरुआत गरिएको महानिर्देशक गोकर्णमणि दुवाडीले बताए। यसमा देखिएका समस्या चाँडै समाधान हुने उनको भनाइ छ।

दिनभर कुर्दा आधा काम

ताप्लेजुङको सिरिजंघा–२ आम्बेगुदिनकी धनमाया खवास मंगलबार जग्गा रजिस्ट्रेसन पास गर्न मालपोत कार्यालय पुगिन्। उनको काम बनेन। उनी कच्ची बाटो पाँच घण्टा ट्याक्सी चढेर पतिसँग सदरमुकाम आइपुगेकी हुन्। गाडी यात्राले थकाइ लागेका बेला कर्मचारीले इन्टरनेट समस्याले काम ढिला हुने बताउँदा थप पीडा महसुस भएको उनले सुनाइन्।

दिनभर कुर्दा आधा मात्रै काम सकेको उनको भनाइ छ। ‘अनलाइन सेवा छिटो भन्थे’, उनले भनिन्, ‘आजै काम सकेर फर्कने भनेको त अनलाइनले झनै ढिला बनायो।’ बुधबार मात्रै धनीपुर्जा पाउने भएकाले सदरमुकामकै होटलमा बस्नुपरेको धनमायाका पति चन्द्रबहादुरले बताए।, समाचार अन्नपुर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।