३१ श्रावण २०८३, आईतवार
,
Latest
कम्युनिष्टहरु संघर्ष र क्रान्तीका कुरामा उद्वेलित हुँदा रहेछौँ, समाजवाद निर्माणमा नराम्रोसँग चुक्यौँः महासचिव पोखरेल पोखरामा अवैध घरेलु मदिरा उत्पादन गर्ने कच्चा पदार्थ बरामद गरी नष्ट पछिल्लो तीन दिनमा सबैभन्दा बढी गाली खाएको छुः गगन थापा नाइमा अटो शोमा उत्साहजनक सहभागिताः १ लाख ६५ हजार बढी दर्शकले अवलोकन गरे सत्तामा पुग्नु मात्रै राजनीतिको सफलताको मापदण्ड बन्योः गगन थापा शिक्षा ऐनमा निजी विद्यालयका लगानी र अधिकार सुनिश्चित गर्न प्याब्सन मधेसको सुझाव मन्त्री मेहताद्वारा रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको जग्गा अवलोकन, गजेन्द्रनारायण सिंह अस्पताल निरीक्षण निजी क्षेत्रलाई ऊर्जाको पूर्ण साझेदार बनाउन नयाँ विद्युत् विधेयक ल्याउन इप्पानको माग रास्वपा दलहरुमा पुराना नेता रहि रहुन् भन्ने चाहन्छ, काँग्रेससम्बन्धी विवाद सर्वोच्चले उल्ट्याउन सक्छः कार्यवाहक अध्यक्ष… वामपन्थी शक्तिहरु मुलुकको पूर्वाधार विकासमा मात्र केन्द्रित हुँदा वर्ग र समुदायबाट टाढिँदै गएः महासचिव पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

नाइमा अटो शोमा उत्साहजनक सहभागिताः १ लाख ६५ हजार बढी दर्शकले अवलोकन गरे



अ+ अ-

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एशोसिएशन (नाइमा) की अध्यक्ष ऋतुसिंह वैद्यले यस वर्षको नाडा अटो शो विगतको तुलनामा अत्यन्तै सफल र उत्साहजनक भएको बताउनुभएको छ ।

मेलाको अन्तिम दिन आइतबार आयोजित पत्रकार भेटघाटमा अध्यक्ष वैद्यले दर्शकको चापसँगै व्यावसायिक सहभागितासमेत उल्लेख्य रूपमा बढेको जानकारी दिनुभयो । उहाँका अनुसार आइतबार दिउँसो ३ बजेसम्म १ लाख ६५ हजारभन्दा बढी दर्शकले मेला अवलोकन गरिसकेका छन् । मेलाको अन्त्यसम्म दर्शक संख्या १ लाख ७० हजारदेखि १ लाख ७५ हजारसम्म पुग्ने नाइमाको अनुमान छ ।

गत संस्करणमा करिब १ लाख दर्शकले मेला अवलोकन गरेका थिए । यस वर्ष भने ५५ वटा विभिन्न ब्रान्डका सवारीसाधन तथा अन्य अटोमोबाइल उत्पादन प्रदर्शनीमा राखिएका थिए । गत वर्ष ४२ वटा ब्रान्ड सहभागी रहेकामा यसपटक प्रदर्शकको संख्या उल्लेख्य रूपमा बढेको हो ।

अध्यक्ष वैद्यले गाडी बुकिङको अवस्था अपेक्षाभन्दा निकै राम्रो रहेको बताउनुभयो । यद्यपि विभिन्न स्टलमा भएका बुकिङको आधिकारिक तथ्यांक संकलन हुन बाँकी रहेकाले तत्काल बिक्रीको यकिन विवरण सार्वजनिक गर्न कठिन रहेको उहाँको भनाइ छ ।

“हालसम्म १ लाख ६५ हजारभन्दा बढी दर्शकले मेला अवलोकन गर्नुभएको छ । हाम्रो प्रक्षेपणअनुसार यो संख्या १ लाख ७० देखि ७५ हजारको बीचमा पुग्ने देखिन्छ । गाडी बुकिङको अवस्था अपेक्षाभन्दा निकै राम्रो छ,” अध्यक्ष वैद्यले भन्नुभयो ।

उहाँले मेलाले आगामी एकदेखि डेढ महिनासम्म आयातकर्ता तथा विभिन्न ब्रान्डको व्यवसाय विस्तारमा समेत सकारात्मक आधार तयार गर्ने बताउनुभयो ।

प्रदर्शनी स्थलको अभावका कारण यसपटक सबै व्यावसायिक सवारीसाधनका ब्रान्डलाई समेट्न नसकिएको नाइमाले जनाएको छ । आगामी दिनमा व्यावसायिक सवारीसाधनका लागि छुट्टै ‘एक्स्पो’ आयोजना गर्ने विषयमा अध्ययन तथा सर्वेक्षण गरी योजना बनाइने अध्यक्ष वैद्यले जानकारी दिनुभयो ।

मेलालाई व्यवस्थित बनाउन बैंकिङ, बीमा, फुड स्टल तथा सुरक्षालगायतका आवश्यक व्यवस्थापन गरिएको नाइमाले जनाएको छ । अत्यधिक दर्शकका कारण पार्किङ व्यवस्थापनमा केही चुनौती देखिए पनि समग्र व्यवस्थापन प्रभावकारी रहेको अध्यक्ष वैद्यको दाबी छ ।

३–एस (सेल्स, स्पेयर्स पार्ट्स र सर्भिस) को अवधारणाअनुसार विभिन्न वितरकको उपस्थिति र प्रतिनिधित्वले ग्राहकलाई आवश्यक जानकारी तथा सेवा प्राप्त गर्न सहज भएको नाइमाले जनाएको छ ।




भर्खरै