२२ भाद्र २०८३, सोमबार
,
Latest
कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठक भोलि नेपाल प्रिमियर लिगको तेस्रो संस्करणका मिडिया र टिकटिङ अधिकार बिक्री रसुवा बाढीका २१ घाइते त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै ठमेल पर्यटन विकास परिषदद्वारा बाढीपीडितलाई राहत सामग्री सहयोग सामाजिक सहिष्णुतामा आघात पुर्‍याउने सामग्री प्रसारण गर्ने एक जना पक्राउ प्रधानमन्त्री उद्धार कोषमा भक्तपुर नगरपालिकाको ३० लाख सहयोग भोटेकोशी बाढीको मुद्दा लिएर प्रधानमन्त्री शाह असोज ६ गते न्यूयोर्क जाँदै रासस र नेपाल टेलिकमबीच सेवा आदानप्रदान सम्झौता विश्व स्वास्थ्य संगठन दक्षिण पूर्वी एशिया क्षेत्रीय समितिको ७९औँ बैठकमा नेपालको सहभागिता तथा जलवायु न्यायसम्बन्धी… सुनसरीमा चट्याङ लागेर एक युवकको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

साङ्गीतिक पुरस्कार प्रदान, वरिष्ठ सङ्गीतकार रानालाई लाइफ टाइम एचिभमेन्ट प्रदान



अ+ अ-

अर्जुन भुसाल
काठमाडौँ । औद्योगिक शान्ति नेपालले वरिष्ठ सङ्गीतकार तथा ड्रम वादक देव रानालाई रु १५ हजारसहित लाइफ टाइम एचिभमेन्ट प्रदान गरेको छ । सुगम सङ्गीततर्फ सर्वोत्कृष्ट गायक रमेशराज भट्टराईलाई एल्बम ‘राखी’का लागि सर्वोत्कृष्ट गायिका रेणु मोक्तानका लागि ‘दिलै आज’, सर्वोत्कृष्ट गीतकार डा. डिआर उपाध्यायलाई ‘स्वार्थी दुनियाँ’ का लागि सम्मान दिइएको छ ।

सर्वोत्कृष्ट सङ्गीतकारमा ज्योतिप्रकाश, उत्कृष्ट युगल गायकमा समीर आचार्य र विद्या तिवारीलाई ‘घाममा सुकाइदेऊ’, उत्कृष्ट राष्ट्रिय भाव गीतकारमा अम्बिका गुरुङलाई ‘मेरो देश नेपाल’, प्रख्यात गायक रोज मोक्तानलाई ‘सिरसिर हावा’, प्रख्यात गायिका टीका प्रसाईँ ‘मायालुकीलुकी’ का लागि तथा उत्कृष्ट पाश्र्व गायक राजनराज र शिवाकोटी, गायिका विन्दु परियारलाई प्रदान सम्मान दिइएको छ ।

यस्तै उत्कृष्ट लोकदोहोरी गायकमा कुलेन्द्र विक ‘सालको पात’, गायिकामा राधिका हमाल ‘लाहुरे’, उत्कृष्ट शब्द सङ्कलनमा शिव हमाल ‘लालुमै’ र उत्कृष्ट लोक दोहारी भाकामा वसन्त थापा ‘सालको पात’लाई प्रदान गरिएको छ । उत्कृष्ट कल्चरल गीत पुरुष रुद्रसेन विश्वकर्मा ‘कानोमे आहाके झुम्का’, महिला लक्ष्मी तामाङ ‘डम्फुको ताक्धुम’, उत्कृष्ट नवप्रतिभा गायक इन्द्र दोङ लामा ‘लुङ्गी र चोली’ उत्कृष्ट नवप्रतिभा गायिका सञ्जु न्यौपाने ‘लाहुर’ लाई प्रदान गरिएको हो ।

यस्तै जुरी अवार्ड गीतकार शान्तिप्रिय ‘याद तिम्रो’, जुरी अवार्ड गायक विश्वराम कार्की, ‘सोलमारी टुच्च’ गायिका सुनिला पाठक ‘सानीलाई’ स्टेज पर्फर्मर अफ द इयर पुरुषतर्फ रमेश श्रेष्ठ र महिला सहिमा श्रेष्ठ, इन्करेजमेन्ट अवार्ड पुरुष दौलत राई, महिला सुजाता केसी, म्यानेजमेन्ट च्वाइस अवार्ड पुरुष रविन्स श्रेष्ठ र महिला प्रसन्ना पाण्डे, त्रिटिक्स अवार्ड विनयकुमार कार्की, दीपकराज पाठक, उत्कृष्ट नवनिर्देशक म्युजिक भिडियो पुरुष प्रहित कार्की ‘प्रेमको तिर्खा’ महिला मनिषा सापकोटा ‘हामी बादल’भित्र, उत्कृष्ट नवमोडल पुरुष म्युजिक भिडियो विशाल थापा प्रतिबिम्वलाई प्रदान गरियो ।

यस्तै उत्कृष्ट निर्देशक म्युजिक भिडियो सुमन पण्डित ‘बिन्ती छ मलाई’, उत्कृष्ट महिला मोडल म्युजिक भिडियो मीनाक्षी महतारा ‘सुस्तरी’, उत्कृष्ट मोडल पुरुष म्युजिक भिडियो नारायण ढकाल ‘बिन्ती छ मलाई’, उत्कृष्ट पप गायक मानस राज ‘जे पर्ला पर्ला’, उत्कृष्ट पप सोना आमात्य ‘म त खुला छु’, उत्कृष्ट पप रचनाकार रमेश दाहाल ‘मीठो गीत’ र उत्कृष्ट पप सङ्गीतकार आशिष अविरल ‘माया लुकीलुकी’लाई हालै आयोजित कार्यक्रममा प्रदान गरियो ।