४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

कांग्रेस नेताको हात भाँच्नेलाई प्रधानमन्त्रीले कारबाही गने

कांग्रेस नेताको हात भाँच्नेलाई प्रधानमन्त्रीले कारबाही गने
अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्षी दल कांग्रेसका शीर्ष नेताहरूले बाँकेमा आफ्ना सभापतिमाथि कुटपिटसहित भ्रष्टाचार र विवादास्पद विधेयकका विषयमा प्रधानमन्त्री केपी ओलीको ध्यानाकर्षण गराएका छन् । सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, उपसभापतिद्वय विमलेन्द्र निधि, विजयकुमार गच्छदार, महामन्त्रीद्वय डा. शशांक कोइराला र पूर्णबहादुर खड्का, कोषाध्यष सीतादेवी यादव, सहमहामन्त्री डा. प्रकाशशरण महत, प्रवक्ता विश्वप्रकाश शर्मा, नेताहरू कृष्णप्रसाद सिटौला, बालकृष्ण खाँणसहितका नेता प्रधानमन्त्रीसहित सत्तारुढ दलका नेताहरूको ध्यानाकर्षण गराउन आइतबार साँझ बालुवाटार गएका थिए । प्रधानमन्त्री ओलीसहित नेकपाबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव विष्णु पौडेल सहभागी थिए ।

‘हामी सत्तामा हुँदा प्रतिपक्षी दललाई बोलाएर छलफल गर्थ्यौँ । तर, हामी सत्ता पक्षलाई झक्झक्याउन बालुवाटार पुग्यौँ’ छलफलमा सहभागी कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले नयाँ पत्रिकासँग भने, ‘हामीले प्रधानमन्त्रीलाई ७० वर्ष पुग्नलाग्नु भएकी हाम्रा बाँके सभापतिमाथि आक्रमण भएकोसहित महत्वपूर्ण कुरा उठाएका छौँ ।’

कांग्रेसको जागरण अभियानका क्रममा कार्यक्रम हुँदै गर्दा नेकपाका नेता कार्यकर्ताको निर्देशनमा बाँके जिल्ला सभापति किरण कोइरालाको हात भाँचिनुका साथै अन्य नेता कार्यकर्ता घाइते भएको कांग्रेसले जनाएको छ । प्रधानमन्त्री ओलीले ‘मैले तपाईंहरूलाई भोलि बोलाउन खोजेको थिएँ, तपाईंहरूले नै बसौँ भनेकोमा धन्यवाद’ भनेका थिए ।

सभापति देउवाले जागरण अभियानका क्रममा केही दिन बाँकेमा जिल्ला सभापतिसहितका नेतामाथि नेकपानिकटका नेता कार्यकर्ताले आक्रमण गरेको भन्दै ‘बाँके घटना गम्भीर छ । ७० वर्ष पुग्न लागेको महिलामाथि हमला गरिन्छ भने तपाईंको राज्यमा को सुरक्षित छ ?’ भनेर प्रश्न गरेका थिए । जवाफमा ओलीले घटनाका दोषीलाई कडा कारबाही गर्ने वचन दिएको शर्माले जानकारी दिए ।

कांग्रेस नेताहरूले विधेयकले द्वन्द्व पैदा गरेपछि जनतामा सरकारप्रति अनास्था बढेको, नागरिकता ऐन २०६३ मा हाम्रो सहमति जुटे पनि सरकारले सहमति गर्न नखोजेको, महँगी, वाइडबडीमा भ्रष्टाचारसहितका विषयलाई उठाएका थिए । आफूहरूको चासोलाई प्रधानमन्त्री र अध्यक्ष प्रचण्डले सकारात्मक रूपमा लिएको शर्माले जानकारी दिए । जवाफमा प्रधानमन्त्रीले शान्ति सुरक्षाको स्थिति सुधार हुँदै गएको दाबी गरेका थिए ।

प्रधानमन्त्रीकै क्षेत्रमा अन्याय
कांग्रेस प्रवक्ता शर्माले आफूले प्रधानमन्त्रीकै निर्वाचन क्षेत्रमा नागरिकमाथि अन्याय भएको भन्दै ध्यानाकर्षण गराएको जानकारी दिए । ‘तपाईंकै निर्वाचन क्षेत्रमा १० महिनाअघि अलगचन्द राजवंशी हराउनुभयो । २१ कात्तिकमा नेपाल–भारत सिमानामा उनको लास भेटियो,’ शर्माले प्रधानमन्त्रीको ध्यानाकर्षण गराउँदै भने, ‘तर, १० महिनादेखि उहाँको छोरा जाहेरी बोकेर हिँड्नुभएको छ । यस्तो हुँदा पनि प्रहरीले जाहेरी लिइरहेको छैन । यसमा तपाईंको ध्यान जाओस् ।’ जवाफमा प्रधानमन्त्रीले दोषीमाथि कारबाही हुने बताएका थिए ।, आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।