२१ श्रावण २०८३, बिहीबार
,
Latest
राज्य व्यवस्था समितिमा ‘सैन्यीकरण’ शब्दलाई लिएर सांसदहरूबीच भनाभन, अमरेशले सभापतिलाई भने–यसरी समिति चल्दैन क्षेत्राधिकारको स्पष्ट सीमाङ्कन नभए सुरक्षा निकायबीच द्वन्द्व हुनसक्छः उपनेता अर्याल सैन्य संख्या बढाउने तर शिक्षा र रोजगारीमा ध्यान नदिने सरकारको नीति गलतः डा. अमरेशकुमार सिंह मनसुनजन्य विपद् व्यवस्थापनका लागि २६ हजार सुरक्षाकर्मी र आधुनिक प्रविधि परिचालन गरिएको छः गृहमन्त्री सेनालाई सस्तो बनाउने काम भयो, सरकार जिम्मेवार छ : मिराज ढुंगाना महाधिवेशन तयारीमा राप्रपा, अध्यक्ष लिङ्देनद्वारा समितिलाई कार्ययोजना बनाएर तत्काल काम थाल्न निर्देशन कृत्रिम अभाव सृजना गर्नेलाई कानुनबमोजिम कारबाही राष्ट्रियसभामा ‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३’ पेस विशेष महाधिवेशन विवादमा सर्वोच्चको निस्सापछि विश्वप्रकाश शर्मा: तथ्य र राजनीतिक सत्य थप स्पष्ट हुने विश्वास मनसुनजन्य विपद् पूर्वतयारीको प्रगति नियमित पेस गर्न निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो



अ+ अ-

काठमाडाैँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १३ दशमलव ८२ अङ्कले घटेर दुई हजार ६५४ दशमलव १५ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ६२ अङ्कले घटेर ४६४ दशमलव ७३ मा पुगेको छ ।

त्यस्तै, फ्लोट सूचक एक दशमलव ०३ अङ्कले घटेर १८२ दशमलव २६ मा पुगेको छ । त्यस्तै सेन्सेटिभ फ्लोट सूचक शून्य दशमलव ९१ अङ्कले घटेर १५७ दशमलव ३४ मा पुगेको छ । आज विभिन्न कम्पनीका एक करोड आठ लाख चार हजार ४२६ कित्ता सेयर रु चार अर्ब ६२ करोड २७ लाख ७७ हजार ४४२ मूल्यमा खरिद बिक्री भएको छ । आज १३ उपसमूहमध्ये एक उपसमूह बढ्यो भने १२ उपसमूह घट्यो ।

आज ६४ कम्पनीको सेयर बढ्यो भने २०२ कम्पनीको सेयर घट्यो । त्यसैगरी १० कम्पनीको सेयर स्थिर रह्यो । नेप्सेका अनुसार आज अपर लोहारे खोला हाइड्रोपावर, कलङ्गा हाइड्रोपावर, एनआइबिएल समृद्धि फण्ड २ का लगानीकर्ताले कमाएका छन् । आज एलएस होरिजन, मेगा म्युचुअल फण्ड, लक्ष्मी भ्यालु फण्डलगायत लगानीकर्ताले गुमाएका छन् ।




न्यूजपोलारबाट थप समाचार
भर्खरै