४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

नाफा कमाउन नसकेको भन्दै चिनियाँ जहाज बेच्न संसदीय समितिको निर्देशन

नाफा कमाउन नसकेको भन्दै चिनियाँ जहाज बेच्न संसदीय समितिको निर्देशन
अ+ अ-

काठमाडौं । नाफा कमाउन नसकेको भन्दै नेपाल आयल निगमका दुई चिनियाँ जहाज बेच्न संसदीय समितिले निर्देशन दिएको छ । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले ५८ सिट क्षमताका मोर्डन आर्क (एमए) ६० नामका दुई जहाज बिक्री गरेर भविष्यमा हुन सक्ने थप घाटा कम गर्न सरकारलाई निर्देशन दिएको हो। दुवै जहाज निगमले ६ वर्षअगाडि भित्र्याएको थियो।

समितिले एमए ६० जहाज छानबिनका क्रममा यसको उडान सञ्चालन निरन्तर घाटामा रहेको तथ्य फेला पारेको थियो। चिनियाँ पक्षले आवश्यक सहयोग नगरेका कारण ती दुई जहाज बेच्नु उपयुक्त हुने निष्कर्षसहितको निर्देशन समितिले दिएको छ। समितिले १८ सिट क्षमताका वाई १२ ई नामका चारवटा जहाजका सम्बन्धमा भने कूटनीतिक प्रयासबाट समस्या समाधान गराउनू भनेको छ। निर्माता कम्पनीसँग आवश्यक उडानका पार्टपुर्जा समयमा नै उपलब्ध गराउन पहल गर्नेसहितको निर्देशन सरकारलाई दिएको छ।

निगमले आव ०७३/७४ मा चिनियाँ जहाज उडाएर १९ करोड ११ लाख रुपैयाँ कमाएको थियो भने यी जहाज उडाउन ५३ करोड ७ लाख रुपैयाँ खर्च भएको उल्लेख छ। निगमलाई चिनियाँ जहाज उडाउँदा वार्षिक ३३ करोड ९६ लाख रुपैयाँ घाटा भएको तथ्यांकमा उल्लेख छ।

आव ०७४/७५ मा पनि चिनियाँ जहाज उडानबाट २३ करोड १५ लाख रुपैयाँ आम्दानी गरे पनि यसको कुल खर्च ८० करोड ७७ लाख रुपैयाँ भएको छ। यसबाट निगमलाई उक्त आवमा ५७ करोड ६१ लाख रुपैयाँ घाटा पुगेको निगमले संसदीय समितिलाई उपलब्ध गराएको वित्तीय विवरणमा उल्लेख छ। निगमलाई चिनियाँ जहाज भित्रिएको पहिलो दुई आर्थिक वर्षमै ९१ करोड ५७ लाख रुपैयाँ घाटा पुगेको थियो। आव ०७५/७६ को वित्तीय विवरण भने प्राप्त भएको छैन।

समितिले गत साता सार्वजनिक गरेको ‘नेपाल वायुसेवा निगमको जहाज खरिद सम्बन्धी अध्ययन प्रतिवेदन, २०७६’ अनुसार चिनियाँ जहाज सञ्चालनबाट निगम सुरुदेखि नै घाटामा रहेको उल्लेख छ। निगमले चिनियाँ अनुदान तथा सहुलियत दरमा खरिद गरेका ती जहाज उडानमा कुनै व्यवस्थित योजना बनाउन नसकेकाले घाटामा गएको पनि उल्लेख छ।

ती विमान पहाडी क्षेत्रमा छोटो उडान तथा अवतरण (स्टल) प्रकृतिको विमानस्थलमा उडाउन उपयुक्त भनेर भित्र्याइएको थियो। उडान गर्न निगम व्यवस्थापनको दूरदर्शी भिजन नहुनु र चीन सरकार तथा जहाज निर्माता कम्पनीले ‘सपोर्ट सर्भिस’ मा सहयोग नगरेका कारण उडान कमजोर भएको उल्लेख छ।

निगमले भित्र्याएका वाई १२ सहितका चिनियाँ जहाजको समस्या समाधान गरेर सञ्चालन गर्ने हो भने चीन सरकार र सम्बन्धित एक्सपोर्ट(इम्पोर्ट बैंक अफ चाइनासँग तुरुन्त आवश्यक पहल गर्नुपर्ने उल्लेख छ। समितिले निगमको आवश्यकताअनुसार सेवासुविधा दिलाउन अर्थ मन्त्रालय र कूटनीतिक नियोगमार्फत पहल गर्न निर्देशन दिएको छ।

निगमलाई यी जहाजको किस्ता तिर्न सात वर्षसम्म छुट अवधि दिएको छ। त्यसपछि २० वर्षसम्म किस्ता तिर्ने सर्त उल्लेख छ। निगमले तीन वाई १२ र एक एम ६० जहाज सहुलियत ब्याजदरमा खरिद गरेको थियो भने एक एमए ६० र एक वाई १२ अनुदानमा पाएको हो। खरिद गरिएका यस्ता जहाजको आगामी २०७७ कात्तिकदेखि किस्ता तिर्नुपर्ने सर्त छ। तर, चिनियाँ जहाज उडान सुर गरेको सात वर्षसम्म पनि निगमले यी जहाजबाट निरन्तर घाटा खाँदै आएको छ।

निगमले एक एमए ६० र तीन वाई वाईका जहाज २१ करोड ८७ लाख ९५ हजार ८५० आरएमबीमा खरिद गरेको हो। यी जहाजको आगामी २०७७ कात्तिकम सान्तमा पहिलो अर्थवार्षिक किस्ता ८४ लाख १५ हजार २२५ आरएमबी बुझाउनुपर्छ। यस्तो किस्ता २०९० वैशाखसम्म बुझाउने सर्त सम्झौतामा उल्लेख छ। निगमका प्रवक्ता गणेशबहादुर चन्दले जहाज उडानमा चिनियाँ पक्षले आवश्यक जनशक्ति तथा पार्टपुर्जा समयमै उपलब्ध नगराएको बताए।

उनले भने, ‘ चिनियाँ पक्षको सहयोग नपाउँदा हामीले जहाज उडान नसकेका हौं। हामी जहाजै उडान नसक्ने होइनौं तर यसका लागि आवश्यक जनशक्ति र सपोर्ट हुनुपर्छ।’ चिनियाँ पक्षको सहयोग भउमा दुवै जहाज चलाउन सकिने उनले बताए। उनले भने, ‘सरकारी निर्देशनअनुसार चल्नुपर्ने भएकाले निर्देशन जे आउँछ त्यसपछि मात्रै यस विषयमा भन्न सकिन्छ।’

चीनले जहाज किन्दा लिएको ऋणलाई अनुदानमा परिणत गर्ने र जनशक्ति एवम् प्राविधिक पक्षमा थप सहयोग नभएसम्म चिनियाँ जहाज उडाउन नसकिने उनले बताए। निगमका चारवटा वाई १२ मध्ये तीन वटा मात्रै उडानयोग्य छन्। यसमा पनि जनशक्ति अभाव र आवश्यक पार्टपुर्जा उपलब्ध नहुँदा नियमित उडानमा भने दुई वटा मात्रै प्रयोगमा छन्। एउटा वाई भने ६/७ महिनादेखि ग्राउन्डेड छ।

‘दुईवटा एमए ६० मा एउटा मात्रै उडानयोग्य छ। यो जहाज आएदेखि नै सँगसँगै मुस्किलले एक साता मात्रै उड्यो होला नत्र एउटा उड्दा अर्को ग्राउन्डेड हुने गरेको छ’, चन्दले भने। उनका अनुसार एमए ६० को एउटा जहाजको पार्टपुर्जा झिकेर अर्कोमा राखेर उडान हुँदै आएको छ। समाचार अन्नपुर्ण दैनिकबाट