४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

डेङ्गु आतङ्कः धुवाँउने विषादीको (फगिङ) प्रयोगले पनि मरेन लार्भा

डेङ्गु आतङ्कः धुवाँउने विषादीको (फगिङ) प्रयोगले पनि मरेन लार्भा
अ+ अ-

काठमाडौं । पछिल्लो चार महिनामा डेंगु संक्रमणबाट सात जनाको मृत्यु भएको छ । ६२ जिल्लामा संक्रमण फैलिएको सरकारी तथ्यांक छ । तर डेंगुबाट जोगिने उपायबारे ८७ प्रतिशत नागरिक अझै अनभिज्ञ छन् । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सर्वेक्षणले यस्तो तथ्य फेला पारेको हो ।

परिषद्ले चितवन, धादिङ, काठमाडौं, ललितपुर, नुवाकोट र रसुवाका ६ सय ६० जनामा सर्वेक्षण गरेको थियो । परिषद्का अनुसार माथिल्लो भूभागका जिल्लामा १६ प्रतिशत नागरिकलाई मात्र डेंगुबारे थाहा छ। तल्लो भूभागका जिल्लामा ५३ प्रतिशत जनताले डेंगुबारे सुनेको परिषद्ले जनाएको छ। यीमध्ये १३ प्रतिशतले मात्र डेंगु रोकथामका उपाय अपनाएका छन्।

डेंगु प्रभावित क्षेत्रको स्थलगत अध्ययन गरिरहेका कीटजन्य रोग नियन्त्रण शाखाका वरिष्ठ स्वास्थ्य प्रशासक डा. प्रकाश शाह भन्छन्, ‘लामखुट्टेको अण्डा, लार्भा नष्ट गर्नुबाहेक विकल्प छैन। जनचेतना फेलाउन ढिलाइ भइसक्यो।’ एडिस एजिप्टाई र एडिस एल्बोपिक्टस जातको संक्रमित लामखुट्टेको टोकाइबाट डेंगु लाग्छ। मानिसबाट मानिसमा यो रोग सर्दैन।

‘फगिङले लार्भा जीवितै’ टोलटोलमा धुवाँउने विषादी (फगिङ) प्रयोग गर्दा पनि डेंगु फैलाउने लामखुट्टेको लार्भा जीवितै भेटिएपछि नियन्त्रणको त्यो उपाय प्रभावहीन भएको छ। फगिङ विधिले वयस्क लामखुट्टे मात्र मर्न सक्ने तर अण्डा र लार्भा नष्ट गर्न नसक्ने विज्ञहरूले नै बताएका छन्। धुवाँबाट नियन्त्रण गर्न खोज्दा मुटु र दमका बिरामी, गर्भवती आदिलाई असर गर्ने भएकाले जैविक विधि अपनाउन विज्ञहरूले सुझाव दिएका छन्।

‘धुवाँउने विषादी (फगिङ) जस्ता वातावरण र मानव स्वास्थ्यमा नकारात्मक असर उत्पन्न गर्ने र डेंगुवाहक लामखुट्टेका प्रजातिको जनसंख्या नियन्त्रण गर्न नसक्ने उपाय अवलम्बन गर्नुभन्दा विश्वमा प्रचलित प्रभावी विधिको अभ्यास गर्न ढिलो गर्नु हुँदैन’, परिषद्द्वारा सोमबार जारी विज्ञप्तिमा उल्लेख छ।

परिषद्का अनुसन्धान शाखा प्रमुख डा. मेघनाथ धिमालले फगिङले गर्भवती र बालबालिकाको स्वास्थ्यमा नकारात्मक प्रभाव पार्ने बताए । परिषद्द्वारा आयोजित पत्रकार सम्मेलनमा डा. इशान गौतमले फगिङ विधिले फोक्सोमा असर गरी दमको जोखिम हुने बताए।

कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौँडाका निर्देशक डा. यदुचन्द्र घिमिरे धुवाँउने विषादी (फगिङ) विधिले बयस्क लामखुट्टे मात्र मार्न सक्ने बताउँछन्। रोगको रोकथाम, निवारण, सुरक्षा वा नियन्त्रणका निम्ति चेतना अभिवृद्धि गर्न महाअभियान सञ्चालन गर्नुपर्ने परिषद्का अध्यक्ष डा. अञ्जनीकुमार झाले बताए।

सबैको साथ डेंगुको नाश संक्रमणको चार महिनापछि सरकारले डेंगु रोकथामबारे नयाँ नारा तय गरेको छ( ‘सबैको साथ डेंगुको नाश। हप्ताको एक दिन एक घण्टा हुँदैन कुनै कष्ट। सबैको सहभागितामा लामखुट्टेको लार्भा नष्ट।’सरकारले जनचेतना फैलाउन नसक्दा संक्रमणले सीमा विस्तार गरिरहेकोे विज्ञहरूको दाबी छ।

आधिकारिक तथ्यांक छैन सरकारसँग स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले आधिकारिक तथ्यांक समयमै सार्वजनिक गर्न सकेको छैन। चितवनमा २, रुपन्देहीमा १, सुनसरीमा १, सिन्धुपाल्चोकमा १, मोरङ १ र डोटीमा १ गरी ७ को ज्यान गएको तथ्यांक विभागसँग छ। मृत्यु भएका व्यक्तिहरूलाई डेंगु संक्रमणका साथै अन्य समस्या पनि देखिएको कीटजन्य रोग नियन्त्रण शाखाका वरिष्ठ स्वास्थ्य प्रशासक डा. शाहले जानकारी दिए।

डेंगुको ६२ भन्दा बढी जिल्लामा फैलिएको छ। ‘अलिअघि ६२ जिल्लामा संक्रमण थियो। पछिल्लो अपडेट छैन। एक–दुई दिनपछि सार्वजनिक गर्छौं।’ कीटजन्य रोग नियन्त्रण शाखाका वरिष्ठ स्वास्थ्य प्रशासक डा. शाहले भने । डेंगुका संक्रमितमध्ये कति जनाको रगतमा डेंगु पोजेटिभ भेटिएको छ भन्ने यकिन तथ्यांक पनि स्वास्थ्य सेवा विभागमा छैन। चितवनमा साउनयता २ हजार ४६ जनामा डेंगु पोजेटिभ भेटिएको छ।

राष्ट्रिय सूचना आयोगले डेंगुबाट बच्न आवश्यक सूचना प्रवाहको तत्काल उचित व्यवस्था गर्न सरकारका सम्बद्ध निकायलाई निर्देशन दिएको छ। डेंगु लाग्न नदिन र बच्ने उपायबारे आमनागरिकलाई उचित व्यवस्था हुने गरी मुलुकभर आवश्यक प्रबन्ध गर्न निर्देशन दिइएको आयोगकी आयुक्त तथा प्रवक्ता यशोदा तिम्सिनाले बताइन् । समाचार अन्नपुर्णपोष्ट दैनिकबाट