२१ श्रावण २०८३, बिहीबार
,
Latest
जनकपुर यातायात कार्यालयले एक वर्षमा उठायो रु ५७ करोडभन्दा बढी राजस्व १५ भदौसम्मका लागि संसदको कार्यतालिका सार्वजनिक, १० दिन मात्र बैठक बस्ने दाङमा ९४ प्रतिशत रोपाइँ सम्पन्न रोल्पामा खोलाले बगाउँदा एक वृद्धको मृत्यु ‘हेलो सरकार’मा एक वर्षमा झण्डै ७० हजार गुनासा, प्रणाली स्तरोन्नतिको तयारी सरकारी अस्पताल आफैँ बिरामी छः सांसद मल्ल आवासीय चिकित्सकको निर्वाह भत्ता कार्यान्वयन गर्न सांसद डा. तोषिमा कार्कीको माग ढल्केबरमा प्रश्तावित ट्रमा सेन्टरको काम अघि बढाउन सांसद यादवको माग निःशुल्क औषधिको अभाव र विपन्नको स्वास्थ्य उपचारमा देखिएका समस्याबारे संसदीय समितिमा सांसद पौडेलको ध्यानाकर्षण विभिन्न स्थानबाट खैरो हेरोइनसहित पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल टेलिकमका ब्रान्ड एम्बेसडर बने क्रिकेटर कुशल भुर्तेल



अ+ अ-

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर कुशल भुर्तेल नेपाल टेलिकमका ब्रान्ड एम्बेसडर नियुक्त हुनुभएको छ।

बुधबार आयोजित एक कार्यक्रमबीच नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) र क्रिकेटर भुर्तेलबीच ब्रान्ड एम्बेसडरसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो।

सम्झौतापछि नेपाल टेलिकमले कुशल भुर्तेललाई आफ्नो परिवारमा स्वागत गर्दै उहाँको साथले कम्पनीको ब्रान्ड प्रवर्द्धन तथा सेवाप्रति जनविश्वास थप मजबुत हुने विश्वास व्यक्त गरेको छ।

नेपाल टेलिकमले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको सन्देशमा राष्ट्रिय क्रिकेट टोलीका उत्कृष्ट खेलाडी भुर्तेलसँगको सहकार्यले क्रिकेटको उत्साहलाई नेपाल टेलिकमको सेवासँग जोड्ने उल्लेख गरेको छ।