७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar राष्ट्रिय महिला आयोगद्वारा राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन पेस News Polar प्रतिनिधि सभाः महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब News Polar सुनचाँदीको मूल्यमा सामान्य वृद्धि News Polar प्रतिकूल मौसममा विद्यालय सञ्चालनबारे स्थानीय अवस्थाअनुसार निर्णय लिन प्याब्सनको आग्रह News Polar भरतपुर अस्पताल : गत साउन र भदौमा १२२ जना सर्पदंशका बिरामी News Polar मदिराको झोकमा श्रीमतीको हत्या, दुई छोरी घाइते भएपछि संसदमा सरकारको ध्यानाकर्षण News Polar राष्ट्र बैंकद्वारा ६ लघुवित्त वित्तीय संस्थालाई कारवाही News Polar राष्ट्रपति पौडेल र कार्यवाहक प्रधानमन्त्री वाग्लेबिच भेटवार्ता News Polar एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी News Polar संरक्षणलाई संरक्षित क्षेत्रको सीमाभन्दा बाहिर विस्तार गर्नुपर्छ : मन्त्री चौधरी News Polar पठन संस्कृति हराउँदै गएकोमा चिन्ता, पुस्तकालयलाई सिकाइको केन्द्र बनाउन सुझाव News Polar भोटेकोशी बाढीलाई जलवायु परिवर्तनजन्य चरम घटनाका रूपमा महासभामा उठाउने सरकारको तयारी News Polar जलवायु न्यायको मुद्दामा भोटेकोसी ‘टर्निङ पोइन्ट’ बन्नुपर्छ : विश्वप्रकाश शर्मा News Polar ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका १०५ जनाले पाए रकम News Polar भारी वर्षाको चेतावनीपछि पर्यटन बोर्डको अपिल : जोखिमयुक्त गतिविधि स्थगित गर्न आग्रह News Polar हाकुवासीको पीडाः भूकम्पले उठिबास, बाढीले सर्वनाश News Polar भोटेकोशी बाढीः अधुरो आशा र काजकिरियाको दोधारमा छन् बेपत्ताका परिवार News Polar पानीको स्रोत पुनर्भरण पोखरी News Polar ऊर्जामन्त्री श्रेष्ठले आज प्रतिनिधि सभालाई सम्बोधन गर्ने News Polar भूमि प्रशासन कार्यालयद्वारा गत आवमा ७४ करोड ८६ लाख राजस्व संकलन

नेपाल एयरलाइन्सः यात्रु, कार्गो तथा आम्दानीमा वृद्धि

नेपाल एयरलाइन्सः यात्रु, कार्गो तथा आम्दानीमा वृद्धि
अ+ अ-

काठमाडौँ। नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले गत आर्थिक वर्षमा यात्रु, कार्गो तथा आम्दानीमा उल्लेख्य वृद्धि गरेको छ ।

निगमका प्रवक्ता अर्चना खड्काका अनुसार आर्थिक वर्ष २०८१/८२ को तुलनामा गत आव २०८२/८३ मा नेपाल एयरलाइन्सको उडान सङ्ख्या, यात्रु सङ्ख्या, कार्गो ढुवानी र राजस्व सबै क्षेत्रमा वृद्धि भएको हो ।

उहाँले आव २०८२/८३ मा ११ प्रतिशतले वृद्धि गर्दै निगमले कूल तीन हजार ५९४ उडान सञ्चालन गरेको छ । आव २०८१/८२ को तीन हजार १८९ उडान सञ्चालन गरेको थियो । उक्त अवधिमा नेपाल एयरलायन्सबाट यात्रा गर्ने यात्रुको सङ्ख्या छ लाख १३ हजार ७८४ पुगेको छ । अघिल्लो आवमा पाँच लाख ५० हजार २०७ थियो । यो १० प्रतिशतले बढी हो ।

सबैभन्दा बढी कार्गो ढुवानीमा वृद्धि देखिएको छ । आव २०८२/८३ मा निगमले ४७ लाख ४७ हजार ५४५ किलो कार्गो ढुवानी गरेको छ भने अघिल्लो आवमा ३४ लाख २७ हजार ५७७ किलो ढुवानी गरेको थियो । यो २८ प्रतिशतले बढी हो ।

निगमको राजस्व पनि वृद्धि भएको छ । अघिल्लो आवमा रु १५ अर्ब ३१ करोड ७९ लाख २२ हजार ४३७ राजस्व सङ्कलन गरेको निगमले गत आव २०८२/८३ मा निगमले रु १७ अर्ब ५२ करोड ५३ लाख ४३ हजार १२० आम्दानी गरेको छ ।

यद्यपि, अकुपेन्सीमा भने गिरावट देखिएको छ । आव २०८१/८२ मा ८३ प्रतिशत अकुपेन्सी रहेकामा आव २०८२/८३ मा ८० प्रतिशतमा सीमित भएको थियो । गत असारमा पनि निगमको आम्दानी र नेपाल एयरलाइन्सको अकुपेन्सी दुवै बढेको जनाइएको छ । निगमका प्रवक्ता खड्काका अनुसार गत वर्षको असारको तुलनामा यस वर्षको असारमा आम्दानी ३२ प्रतिशतले बढेको छ भने अकुपेन्सी ७५ प्रतिशतबाट बढेर ८५ दशमलव चार प्रतिशत पुगेको छ ।

निगममा सुशासन र संस्थागत सुधारको प्रयास

नयाँ नेतृत्व आएपछि नेपाल वायुसेवा निगममा सुशासन तथा संस्थागत सुधार अभियान सुरु गरिएको बताउँदै यसले सकारात्मक परिणाम दिन थालेको पनि निगमले जनाएको छ ।

निगमका अनुसार खुला प्रतिस्पर्धाबाट सञ्चालक समिति गठन र कार्यकारी अध्यक्ष शैलेशकुमार श्रेष्ठ नियुक्तिपछि व्यवस्थापकीय सुधार, कार्यसम्पादनमा जवाफदेहिता तथा सेवा व्यवस्थापनमा सुधारका काम अघि बढाइएको छ ।

तीन वर्षभित्र निगमलाई आत्मनिर्भर बनाउने लक्ष्यसहित संस्थागत सुधार, स्रोतसाधनको प्रभावकारी परिचालन, खर्च नियन्त्रण, सेवा विस्तार र सञ्चालन दक्षता अभिवृद्धिका कार्यक्रम कार्यान्वयनमा ल्याइएको निगमले जनाएको छ ।

निगमले आगामी दिनमा नयाँ रुट विस्तार, वित्तीय अनुशासन सुदृढीकरण तथा नेपाल वायुसेवा निगमलाई आत्मनिर्भर, प्रतिस्पर्धी, पारदर्शी र विश्वासनीय राष्ट्रिय ध्वजावाहकका रूपमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।