४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

सेनाले बढायो शान्ति सैनिकको भत्ता: कुन पदका सैनिकलाई मासिक कति भत्ता ?

सेनाले बढायो शान्ति सैनिकको भत्ता: कुन पदका सैनिकलाई मासिक कति भत्ता ?
अ+ अ-

नेपाली सेनाले संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा सहभागी हुने सैनिकको भत्तादर बढाउने निर्णय गरेको छ । सेनाको तल्लो तहदेखि प्रमुख सेनानीसम्मको भत्ता १४ असोज (अक्टोबर १) देखि बढ्ने गरी सोमबार निर्णय गरेको हो ।  तल्लो तहका सैनिकको मासिक भत्तामा ८५ अमेरिकी डलर बढाएर अब १११४ अमेरिकी डलर पु-याएको छ ।

गण कमान्ड गर्ने प्रमुख सेनानीको भने २१ डलर बढाएर १३९९ डलर पु-याएको सैनिक प्रवक्ता सहायकरथी विज्ञानदेव पाण्डेले नयाँ पत्रिकालाई बताए । यसअघि तल्लो तहको भत्ता मासिक १०२९ डलर थियो भने प्रमुख सेनानीको १३७८ डलर थियो । भत्ता पुनरावलोकनपछि हवल्दारभन्दामुनिका सबै सैनिकले १११४, हवल्दारभन्दामाथिका स्टाफले ११२१, जमदारले ११२९, सुवेदारले ११४२, लेफ्टिनेन्टले १२००, क्याप्टेनले १२५९, मेजरले १३२८ र लेफ्टिनेन्ट कर्णेल (प्रमुख सेनानी)ले १३९९ अमेरिकी डलर पाउनेछन् ।

उनीहरूलाई पानी भत्ताका रूपमा दैनिक १ डलर २८ सेन्ट तथा ३० दिन बिदा भत्ताबापत थप ३ सय डलर प्राप्त हुनेछ । शान्ति सैनिकको समयावधि १ वर्षको हुनेछ । प्रधानसेनापति पूर्णचन्द्र थापाले अध्यक्षता गरेको सैनिक कल्याणकारी कोष सञ्चालन तथा व्यवस्थापन समितिले भत्तादर पुनरावलोकन गरेको हो । सेनाका सदस्यहरूको सुझाबका आधारमा सैनिक कल्याणकारी कोष नियमावली २०६५का आधारमा भत्तादर पुनरावलोकन भएको र तल्लो तहको गुनासो  नरहने गरी भत्ता बढाइएको पाण्डेले बताए ।

भत्ता बढाउँदा सेनाको कल्याणकारी कोषबाट वार्षिक ४६ करोड ३० लाख रुपैयाँ व्ययभार थपिएको सेनाको भनाइ छ । हाल विश्वका १२ शान्ति स्थापक मिसनमा ५ हजार ९४ नेपाली सैनिक कार्यरत छन् । संयुक्त राष्ट्रसंघले प्रतिव्यक्ति आधारभूत भत्ता १४२८ अमेरिकी डलर दिँदै आए पनि सैनिकले २२ प्रतिशत रकम सैनिक कल्याणकारी कोषमा कटाएर बाँकी प्राप्त गर्दै आएका छन् ।

‘१४२८ अमेरिकी डलरबाट २२ प्रतिशत कटाए पनि दर्जाअनुसारको रकम थपेर माथिल्लो पदका भत्ता निर्धारण गरिएको छ,’ सैनिक प्रवक्ता पाण्डेले भने । राष्ट्रसंघले फौजको व्यक्तिगत भत्ताका लागि १२९७, लत्ताकपडाका लागि करिब ८५.८३, हतियारका लागि ६.३१ तथा विशेषज्ञता भत्ताबापत ३८.२५ डलर गरी जम्मा गरी १४२८ पु-याएको छ ।  

थप १३ सय सैनिक तयार, युएन टोली आउँदै
नेपालले संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा १० हजार सेना पठाउने प्रतिबद्धता जनाएको छ । हाल पाँच हजार ९४ जना कार्यरत रहेकामा सेनाले थप १३ सय जनशक्ति तयारी अवस्थामा राखेको छ । विशेष फोर्सबाहेक ८५० जना रहेको एउटा मेकानाइज्ड बटालियन, १३२ जना रहेको सैनिक प्रहरी कम्पनी तथा फोर्स प्रोटेक्सन कम्पनीलाई पाँचखालस्थित वीरेन्द्र अन्तर्राष्ट्रिय तालिम केन्द्रमा तालिम गराएको छ ।

उनीहरूको तालिम अवलोकनका लागि ६ असोजमा राष्ट्रसंघीय शान्ति सेना हेर्ने अधिकारीहरू न्युयोर्कबाट आउन लागेका छन् । उनीहरूले सुरुको अवलोकन र पूर्वपरिचालन तालिमका आधारमा सेनालाई लिने नलिने सिफारिस गर्छन् । सिफारिसका आधारमा राष्ट्रसंघले निर्णय लिने गरेको छ ।

तयारी अवस्थामा विशेष फोर्स कम्पनी
डेढ सय सैनिक रहेको विशेष फोर्स कम्पनी राष्ट्रसंघीय परीक्षणमा पास भएर पाँचखालमा तैनाथीको अवस्थामा छ । संयुक्त राष्ट्रसंघीय आह्वान आएलगत्तै शान्ति मिसनमा खटिन उनीहरू तयार छन् । आवश्यक परेका वेला परिचालित गर्ने गरी राष्ट्रसंघसँग लिखित सम्झौता नै भइसकेको छ ।

राष्ट्रसंघले बोलाएको ६० दिनभित्र टोली तैनाथ हुने अवस्थामा रहेको प्रवक्ता पाण्डेले बताए । विशेष फोर्सले हातहतियार, बन्दोबस्तीका सामान, गाडी, रासन, लत्ताकपडाको प्रबन्ध गरिसकेको छ । राष्ट्रसंघले स्वीकृति दिइसकेपछि बाहिर परिचालित नभए पनि राष्ट्रसंघले २५ प्रतिशत भुक्तानी दिने गरेको छ । परिचालित भएपछि उनीहरूले शतप्रतिशत भत्ता पाउने पाण्डेले बताए ।

५१ वर्षमा सवा लाख सैनिक
नेपाल राष्टसंघमा सन् १९५५मा सदस्य भएको थियो । १९५८ देखि नेपाली सेना संयुक्त राष्टसंघीय शान्ति स्थापक मिसनमा पर्यवेक्षक पठाएर पहिलोपटक सहभागी भएको हो । त्यसयता हालसम्म एक लाख २६ हजार पाँच सय ४ सैनिक ४३ वटा शान्ति मिसनमा खटिएका छन् । मिसनका क्रममा ६५ सैनिकले ज्यान गुमाएका छन् भने ६६ जना अपांगता अवस्थामा छन् । सेनाले सन् १९७३ देखि इजरायल र इजिप्टको सीमा साइनाईमा फौज पठाएको थियो । पहिलोपटक युएन मिसनमा सेनाको पुरानो गोरख गण गएको थियो । समाचार नयाँ पत्रिका दैनिकबाट