७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar नागरिक लगानी कोषको ४९ प्रतिशत रकम स्थिर निक्षेपमा राखिनु चिन्ताको विषय : सांसद बराल News Polar सातवटै प्रदेश अधिवेशनमा जुट्यो राप्रपा, असोज २१ गते एकैदिन प्रदेशको अधिवेशन गर्ने News Polar जलवायु सङ्कटको जोखिम नेपालका विपद्ले पुष्टि गरेको छः महासचिव गुटेरेस News Polar ११ ग्राम ब्राउन सुगरसहित दुई जना पक्राउ News Polar विमानस्थलबाट चुरोट तथा सुर्तीजन्य पदार्थ बरामद News Polar विदेशमा रहेका नेपालीका माग सम्बोधन गर्न एमाले सकारात्मक हुनुपर्छ : डा. अधिकारी News Polar नागरिक कोषको रकम रियल इस्टेटमा लगानी गर्ने प्रस्ताव संविधानविपरीत : सांसद तामाङ News Polar चीनद्वारा नास्टलाई डीएनए परीक्षणका उपकरण र प्रविधि हस्तान्तरण News Polar कृषि यान्त्रीकरण प्रवर्द्धनका लागि बागमती सरकारसँग नामियाको ११ बुँदे माग News Polar मदन भण्डारी स्पोर्ट्स एकेडेमीले बुटवलमा अन्तर्राष्ट्रियस्तरको भलिबल प्रतियोगिता आयोजना गर्ने News Polar इन्द्रजात्राको सुरुवात: हनुमानढोका परिसरमा सांस्कृतिक प्रस्तुति -फोटो फिचर News Polar नागरिकको बचत उत्पादनशील क्षेत्रमा परिचालन गर्न सांसदहरूको जोड News Polar इक्यान झापाद्वारा विपद् राहत कोषमा दश लाख प्रदान News Polar रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी विधेयक संसद्मा दर्ता News Polar नागरिकको जीवनलाई फेरि सामान्य लयमा फर्काउनु राज्यको सर्वोच्च जिम्मेवारी News Polar प्रतिनिधि सभामा फोहोरमैला व्यवस्थापन विधेयक पेश, चक्रीय अर्थतन्त्रको अवधारणामा जोड News Polar मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई News Polar सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने News Polar विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त News Polar बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता

भन्सार छलीका सामान बरामद

भन्सार छलीका सामान बरामद
अ+ अ-

पर्सा । सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण मुख्यालय पर्साले भन्सार छली गरी ओसारपसार हुँदै गरेका रु २३ लाख ५८ हजार ९० बराबरका अवैध सामान बरामद गरेको छ ।

मुख्यालयले जिल्लाका विभिन्न सीमा क्षेत्रमा सञ्चालन गरेको विशेष जाँच तथा गोप्य सूचनाका आधारमा गरिएको कारबाहीमा भन्सार छली गरी ओसारपसार हुँदै गरेका अवैध सामान बरामद गरिएको सशस्त्र प्रहरी बल नं १३ गण मुख्यालयका सूचना अधिकारी एवं सशस्त्र प्रहरी नायब उपरीक्षक मोहनराज निरौलाले जानकारी दिनुभयो ।

आज सीमा सुरक्षा गुल्म हेडक्वाटर (वीरगञ्ज), सीमा सुरक्षा पोष्ट (सिर्सिया) तथा सीमा सुरक्षा गुल्म हेडक्वाटर (भिखमपुर)बाट खटिएको टोलीले जिल्लाका विभिन्न सीमा क्षेत्रमा चेकजाँच सञ्चालन गरेको हो । सोही क्रममा अवैध सामान ओसारपसार हुँदै गरेका कपडा, फलफूल, हार्डवेयर, कम्प्युटर पाट्र्स, मोटरसाइकलका पाट्र्स, किराना सामान, कस्मेटिक सामग्री, मदिरालगायत म्याजिक भ्यान, टाँगा तथा घोडासहित सो रकम बराबरका विभिन्न सामान तथा प्रयोग भएका सवारीसाधन बरामद गरिएको उहाँले बताउनुभयो ।

उक्त जाँच वीरगञ्ज महानगरपालिका–१४ गण्डकचोक, वडा नं १६ इनर्वा र भगवा तथा वडा नं १ छप्कैयालगायत सीमा क्षेत्रमा गरिएको हो । बरामद गरिएका सम्पूर्ण सामान तथा प्रयोग भएका सवारीसाधन आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालय, पर्सामा बुझाइएको सशस्त्र प्रहरी बल नं १३ गण मुख्यालयले जनाएको छ ।  रासस