७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar नागरिक लगानी कोषलाई समयानुकूल बनाउन सरकार प्रतिवद्धः कार्यवाहक प्रधानमन्त्री वाग्ले News Polar नागरिक लगानी कोषको ४९ प्रतिशत रकम स्थिर निक्षेपमा राखिनु चिन्ताको विषय : सांसद बराल News Polar सातवटै प्रदेश अधिवेशनमा जुट्यो राप्रपा, असोज २१ गते एकैदिन प्रदेशको अधिवेशन गर्ने News Polar जलवायु सङ्कटको जोखिम नेपालका विपद्ले पुष्टि गरेको छः महासचिव गुटेरेस News Polar ११ ग्राम ब्राउन सुगरसहित दुई जना पक्राउ News Polar विमानस्थलबाट चुरोट तथा सुर्तीजन्य पदार्थ बरामद News Polar विदेशमा रहेका नेपालीका माग सम्बोधन गर्न एमाले सकारात्मक हुनुपर्छ : डा. अधिकारी News Polar नागरिक कोषको रकम रियल इस्टेटमा लगानी गर्ने प्रस्ताव संविधानविपरीत : सांसद तामाङ News Polar चीनद्वारा नास्टलाई डीएनए परीक्षणका उपकरण र प्रविधि हस्तान्तरण News Polar कृषि यान्त्रीकरण प्रवर्द्धनका लागि बागमती सरकारसँग नामियाको ११ बुँदे माग News Polar मदन भण्डारी स्पोर्ट्स एकेडेमीले बुटवलमा अन्तर्राष्ट्रियस्तरको भलिबल प्रतियोगिता आयोजना गर्ने News Polar इन्द्रजात्राको सुरुवात: हनुमानढोका परिसरमा सांस्कृतिक प्रस्तुति -फोटो फिचर News Polar नागरिकको बचत उत्पादनशील क्षेत्रमा परिचालन गर्न सांसदहरूको जोड News Polar इक्यान झापाद्वारा विपद् राहत कोषमा दश लाख प्रदान News Polar रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी विधेयक संसद्मा दर्ता News Polar नागरिकको जीवनलाई फेरि सामान्य लयमा फर्काउनु राज्यको सर्वोच्च जिम्मेवारी News Polar प्रतिनिधि सभामा फोहोरमैला व्यवस्थापन विधेयक पेश, चक्रीय अर्थतन्त्रको अवधारणामा जोड News Polar मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई News Polar सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने News Polar विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त

भलिबल सङ्घद्वारा वार्षिक कार्यक्रम सार्वजनिक

भलिबल सङ्घद्वारा वार्षिक कार्यक्रम सार्वजनिक
अ+ अ-

काठमाडौँ। नेपाल भलिबल सङ्घले चालु आर्थिक वर्षमा विभिन्न १९ प्रतियोगिता आयोजना गर्नेभएको छ ।

सङ्घद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय प्रतियोगिता, अन्तरराष्ट्रिय सहभागिता, फ्रेन्चाइज लिग, प्रशिक्षण तथा विकास कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

सङ्घको वार्षिक क्यालेण्डरअनुसार काभाका तीन र एउटा त्रिदेशीय प्रतियोगिता गरी चार अन्तरराष्ट्रिय प्रतियोगिता नेपालमा आयोजना गरिने छ । त्यसैगरी वार्षिक कार्यक्रमअनुसार ३५औँ राष्ट्रिय पुरुष तथा २५औँ राष्ट्रिय महिला भलिबल प्रतियोगिता सुर्खेतमा आयोजना हुने छ भने १०औँ एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिप काठमाडौँमा हुनेछ । साथै ११औँ प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिग आयोजना गरिने नेपाल भलिबल सङ्घका अध्यक्ष जितेन्द्रबाहदुर चन्दले जानकारी दिनुभयो ।

यस्तै सातौँ महिला तथा आठौँ पुरुष राष्ट्रिय बीच भलिबल, यू–१९ महिला तथा पुरुष राष्ट्रिय भलिबल, एभरेष्ट महिला फ्रेन्चाइज लिग (इभिएल) तथा एनभिएल  पुरुष नेपाल भलिबल लिग वार्षिक कार्यक्रममा समावेश छन् । एनभिएल पुरुष लिग काठमाडौँमा आगामी भदौमा आयोजना हुने अध्यक्ष चन्दले बताउनुभयो ।

अन्तरराष्ट्रिय प्रतियोगितातर्फ नेपाली महिला टोलीले आगामी असोजमा जापानमा हुने २०औँ एसियाली खेलकुदमा प्रतिस्पर्धा गर्नेछ ।

मालदिभ्समा काभा बिच भलिबल टुर तथा काभा यू–१६ भलिबल च्याम्पियनसिप हुने छ । यू–१८ अन्तरविद्यालय भलिबल प्रतियोगिता, राष्ट्रिय रेफ्री तथा रिफ्रेसर कोर्स, कोचेज कोर्स, महिला तथा पुरुष मैत्रीपूर्ण खेल र थ्री नेसन्स कप आयोजना गरिने अध्यक्ष चन्दले बताउनुभयो । प्रतियोगिता सञ्चालनका लागि करिब रु २० करोड अनुमानित खर्च लाग्ने उहाँको भनाइ छ । रासस