१ असार २०८३, सोमबार
,
Latest
गोकर्णेश्वरवासीलाई केएमसीमा उपचार गर्दा ५० प्रतिशतसम्म छुट कर्मचारी छनोटमा योग्यतासँगै नैतिकता र सदाचारिताको परीक्षण आवश्यकः सभापति ढकाल सडक पेटीको अतिक्रमण तत्काल हटाउन सरकारका नाममा सर्वोच्चको परमादेश काठमाडौँ महानगरकाे नीति तथा कार्यक्रममा आजदेखि छलफल सुरु सुधन गुरुङलाई गृहमन्त्रीमा पुनर्वहाली गर्ने कुरा आपत्तिजनक छः काँग्रेस सचेतक परियार ललितपुर महानगरपालिकाद्वारा ‘ई–चलान’ डिजिटल जरिवाना प्रणालीको शुभारम्भ सबैको साझा नेता बन्न चाहन्छुः सहमहामन्त्री आचार्य सरकारले वैज्ञानिकहरुका लागि उचित पारिश्रमिकको व्यवस्था गर्नुपर्दछः एमाले सांसद बराल शिक्षामन्त्रीसँग स्वीट्जरल्याण्डका राजदूतको शिष्टाचार भेटवार्ता ‘खुट्टा भाँच्ने’ अभिव्यक्ति हिंसा होइन, सुशासनका लागि कडा सन्देश हो: सांसद शाही
तपाईं के खोज्दै हुनुहुन्छ ?

विरोधका नाममा अराजक गतिविधि गर्नेलाई छाड्नु हुदैन : नेता श्रेष्ठ



अ+ अ-

भरतपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता नारायणकाजी श्रेष्ठले सरकार र पार्टीको विरोधलाई सहजरुपमा लिनुपर्ने बताउनुभएको छ । आज भरतपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता श्रेष्ठले देशमा विभिन्न प्रकारका विचार राख्ने मानिस भएकाले त्यसलाई सहजरुपमा लिनुपर्ने बताउनुभयो । “कसैले गर्ने विरोधलाई हामीले अन्यथा लिनु हुँदैन, नेता श्रेष्ठले भन्नुभयो”, “यसलाई स्वभाविक रुपमा नै लिनुपर्छ ।”

उहाँले विरोधका नाममा अराजक गतिविधि गर्नेलाई छाड्न नहुने बताउनुभयो । “कतिपय कुरा ठीक हुन्छन्, कतिपय कुरा बेठीक हुन्छन्, उहाँले भन्नुभयो”, “हामीले ध्यान दिनुपर्ने कुरा ठीकै रहेछ भनेर लिने र बेठीक कुराहरु यो बेठीक हो भनेर जनतामा जानुपर्छ ।”

नेता श्रेष्ठले सरकारको कामको गति पहिलेभन्दा झन बढ्ने चरणमा रहेको बताउँदै पार्टीका तर्फबाट पनि सरकारको काम कारवाहीलाई निगरानी गरिएको जानकारी दिनुभयो । एकताले पूर्णता पाएको भन्दै उहाँले पार्टीका गतिविधि अब चलायमान हुने दाबी गर्नुभयो ।