७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल News Polar भोटेकोशी बाढीले क्षतिग्रस्त पिमलटार–जागाराम झोलुङ्गे पुल पुनः सञ्चालन News Polar भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँदै News Polar रैथाने बाली सङ्कटमा News Polar महामारीजन्य पशुरोग नियन्त्रणका लागि नयाँ कानुनी ढाँचा आवश्यक : मन्त्री चौधरी News Polar अण्डाको मूल्य बढ्यो News Polar प्रमुख प्रतिपक्षका रूपमा कांग्रेस थप जिम्मेवार र परिपक्व बन्नुपर्छ : प्रदीप पौडेल News Polar नाडा र भन्सार विभागबीच रसुवा बाढीबाट अटोमोबाइल क्षेत्रमा परेको क्षतिबारे छलफल News Polar प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघ भ्रमणः दलहरूसँग परामर्श र प्रोटोकल पालनामा प्रतिपक्षको असन्तुष्टि News Polar नेतृत्वको वास्तविक महानता पदमा अनन्तसम्म टिकिरहनुमा होइन News Polar पत्रकार महासंघलाई सञ्चारमन्त्रीको कटाक्ष–‘ठेक्का लिएको संस्थाले पत्रकारिता क्षेत्र जोगाइदिएको भए निकै माथि उठिसक्थ्यो’ News Polar भारी वर्षाको जोखिममा सरकारको तयारी : बाढीको अवस्था घण्टा–घण्टामा अपडेट गरिने News Polar असोज ९ देखि तीन दिन भारी वर्षाको सम्भावना, सतर्क रहन प्रधानमन्त्री शाहको आग्रह

भरतपुर अस्पतालमा प्रसूति शय्या अभाव, सुत्केरी सेवा ‘म्याट्रेस’ मा

भरतपुर अस्पतालमा प्रसूति शय्या अभाव, सुत्केरी सेवा ‘म्याट्रेस’ मा
अ+ अ-

चितवन। भरतपुर अस्पतालमा प्रसूति शय्या अभाव हुँदा सुत्केरी पश्चातको सेवा ‘म्याट्रेस’ राखेर प्रदान गर्नु परेको छ ।

गत असार दोस्रो साताबाट आगामी भदौसम्म अस्पतालमा सुत्केरी सेवा लिनेको उच्च चाप हुने गर्दछ । अस्पतालमा प्रसूतिसँग सम्बन्धित शय्याहरु १११ छन् ।

प्रसूति शल्यक्रियापछि राख्ने ‘गाइने’को ‘पोष्टअप’ २३ शय्या, गाइने शय्या २३, जटिल गाइने १०, प्रसूतिपछि राख्ने ‘पोष्टनेल’ २३, प्रसूति भर्ना चार, प्रसूति ‘वेटिङ’ १५, प्रसूति ‘एक्टिभ’ पाँच, ‘लेबर’ तीन र ‘बर्थिङ युनिट’ पाँच शय्या छन् ।

वरिष्ठ प्रसूति रोग विशेषज्ञ सहप्रध्यापक डा रामप्रसाद सापकोटाका अनुसार अस्पतालमा दैनिक ४० देखि ५० जनाको प्रसूति गराउने गरिएको छ । सुत्केरी हुनुअघि औषधि चलाउँदा शय्यामा राखेर मात्र चलाउने गरिएको छ । त्यसअघि पालो कुर्नका लागि भुइँमा ‘म्याट्रेस’मा राख्न बाध्य भएको उहाँले बताउनुभयो ।

चितवन सहित छिमेकी जिल्लाका प्रसूति सेवा लिनेहरुको पहिलो रोजाइ भरतपुर अस्पताल हुने गर्दछ । अनुभवी नर्सिङ सेवासँगै विज्ञ चिकित्सक र बाल सघन उपचार कक्ष भएकाले प्रसूति गराउनेहरुको रोजाइ भरतपुर अस्पताल हुने गर्दछ ।

अस्पतालका प्रवक्तासमेत रहनुभएका उहाँले भन्नुभयो, “अन्य मौसममा प्रसूति गराउन आउनेको सङ्ख्या कम हुने भएकाले सहजै शय्या पाउने भए पनि यो समयमा गाह्रो हुने गरेको छ ।” यही समयका लागि मात्रै शय्या व्यवस्थापन गर्न कठिन हुने भएकाले गर्भवतीले सहज सुविधा पाउन गाह्रो भएको उहाँले बताउनुभयो । वरिष्ठ प्रसूति रोग विशेषज्ञ सापकोटाका अनुसार असोज, कात्तिक महिनामा दसैँ र तिहार जस्ता पर्व मनाउन घरबाहिर रहेकाहरु घरमा आउने गर्दछन् । सोही समयमा गर्भ बसेकाहरुको यो समयमा सुत्केरी गर्दछ । सोही कारणले यो समयमा प्रसूति गराउनेहरुको सङ्ख्या बढेको हुन सक्ने जनाइएको छ ।

अस्पतालमा १० जना विशेषज्ञ चिकित्सक र २९ जना नर्सिङ सेवाका तालिम प्राप्त कर्मचारी छन् । यसका कारण सुत्केरी गराउनेहरुलाई अन्यत्रभन्दा सहज हुने गरेको उहाँको भनाइ छ । अस्पतालमा नै २० शय्याको बाल सघन उपचार कक्ष र चार शय्याको ‘कङ्गारु मदर केयर’ पनि रहेको छ । अस्पतालमा दक्ष ‘नर्स’ र ‘मिड वाइफ’ले मात्र नजजात शिशु निकाल्न सहयोग गर्ने पाँच शय्याको बर्थिङ युनिट छ । प्रसूति सेवामा यस अस्पताललाई प्रसूति गृह पछिको व्यवस्थित र विश्वासिलो रुपमा लिने गरिन्छ ।

प्रवक्ता डा सापकोटाले गत आर्थिक वर्षमा सात हजार ८५३ जनाले अस्पतालबाट प्रसूति सेवा लिएको जानकारी दिनुभयो । उहाँका अनुसार तीमध्ये चार हजार २३५ जनाको सामान्य स्तरबाट बच्चा निकालिएको हो भने तीन हजार ५४० जनाको शल्यक्रिया गरेर बच्चा निकालिएको हो । ७० जनाको ‘भ्याकुम’ र ‘फोर्सएप’ नामक उपकरण प्रयोग गरेर शिशु झिकिएको छ ।

अघिल्लो आर्थिक वर्षमा आठ हजार ४२० जना आमाले भरतपुर अस्पतालमा प्रसूति सेवा लिएका थिए । ती मध्ये तीन हजार ८२५ जनाको शल्यक्रिया गरेर शिशु झिकिएको हो भने चार हजार ४०८ जनाको सामान्य तरिकाले बच्चा निकालिएको हो । १८७ जना आमाको उपकरण प्रयोग गरी सुत्केरी गराइएको थियो   ।

गत वर्ष ४५ प्रतिशतको शल्यक्रिया गर्नु परेको थियो भने अघिल्लो आर्थिक वर्षमा यो प्रतिशत ४५ दशमलब चार रहेको थियो । जटिल प्रकृतिका समेत धेरै हुने भएकाले शल्यक्रियाको प्रतिशत अस्पतालमा बढी हुने गरेको उहाँको भनाइ छ । रासस