१७ श्रावण २०८३, आईतवार
,
Latest
प्रहरीको नियन्त्रणमा रहेका कर्मा समूहले यसरी मच्चाउथ्यो लुटपाट आवश्यक कागजात नभएका १६८ सिटी सफारी र अटो कारबाहीमा ‘निम्स दाइ’को रामनगरस्थित परिवार र विद्यालयका शिक्षक शोकमा अमेरिका र इजरायलले इरानमा आक्रमण रोक्ने सहमति: ट्रम्प इन्डोनेसियामा डुङ्गामा आगालागी हुँदा पाँच जनाको मृत्यु, ४१ व्यक्ति बेपत्ता प्रदेशका ९१ स्थान दुर्घटनाका हिसाबले जोखिमयुक्त गोलबजार क्षेत्रमा जारी कफ्र्यु हटाइने ‘कल बाइसपास’मा संलग्न चार जना पक्राउ झापामा मानव-हात्ती द्वन्द्वः १६ वर्षमा ८० जनाको ज्यान गयो कराकोरम हिमपहिरोमा ज्यान गुमाएका नेपाली पर्वतारोहीप्रति एनआरएनए पोर्चुगलको श्रद्धाञ्जली
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘कल बाइसपास’मा संलग्न चार जना पक्राउ



अ+ अ-

काठमाडौं । अवैधरूपमा अन्तरराष्ट्रिय कल बाइपास (भिओआइपी) मा संलग्न चार जना पक्राउ परेका छन् ।

केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले काठमाडौँ र भक्तपुरबाट भिओआइपी उपकरणसहित उनीहरुलाई पक्राउ गरेको हो ।

गोरखाको अजिरकोटका प्रोशेस गुरुङ, काठमाडौँको शङ्खरापुरका मुना श्रेष्ठ, कञ्चनपुरको कृष्णपुरका जेनित झुकाल तथा भक्तपुरको सूर्यविनायकका कृष्ण नगरकोटीलाई काठमाडौँ र भक्तपुरबाट पक्राउ गरिएको व्यूरोका प्रवक्ता अनुपमशम्शेर जबराले जानकारी दिनुभयो ।

प्रहरीले उनीहरुको साथबाट ल्यापटप, विभिन्न कम्पनीका सिमकार्ड, मोबाइल, ब्याट्री, इन्टरनेट हव, राउटरलगायत सामग्री बरामद गरेको छ ।