१७ श्रावण २०८३, आईतवार
,
Latest
मनसुन विपद्ः बितेका २४ घण्टामा एक जनाको मृत्यु, २० जना घाइते नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु प्रहरीमाथि खुकुरी प्रहारको प्रयास गरेपछि… निर्मल पुर्जासहित अन्य पर्वतारोहीको शव क्याम्प–१ मा ल्याइने मिसन एशियन गेम्सः आगामी पुस्तालाई प्रोत्साहित गर्न जुट्दै स्केटर शरद र गजेन्द्र ‘ब्रड पिक’ हिमपहिरो नेपालको पर्वतारोहणको इतिहासको दुःखद अन्त्यः महासचिव पोखरेल सुनचाँदीको मूल्य घट्यो लुम्बिनीमा गहुँको छालिबाट कलात्मक सामग्री निर्माण तालिमः खेर जाने वस्तुबाट आत्मनिर्भर बन्दै स्थानीय महिला देशमा अब धार्मिक द्वन्द्व देखिनु हुँदैन,सबै मिलेर बस्नुपर्छः गृहमन्त्री इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिरहाको गोलबजारमा कर्फ्यु खुकुलो, बिहान १० बजेदेखि साँझ ७ बजेसम्म आवतजावत खुला



अ+ अ-

काठमाडाैँ । जिल्ला प्रशासन कार्यालय सिरहाले गोलबजार नगरपालिकाको बजार क्षेत्रमा जारी कर्फ्यु आदेश खुकुलो बनाएको छ ।

प्रशासनले सुरक्षा अवस्थाको विश्लेषण गर्दै आज २०८३ साल साउन १७ गते बिहान १० बजेदेखि राति ७ बजेसम्मका लागि कर्फ्यु खुकुलो बनाएको हो ।

प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलद्वारा जारी सूचनामा स्थानीय परिस्थितिको थप विश्लेषण गरी कर्फ्यु थप खुकुलो पार्ने वा पूर्ण रूपमा हटाउने सम्बन्धमा पुनः सूचना जारी गरिने जनाइएको छ ।

कर्फ्यु खुकुलो पारिएको अवधिमा गोलबजार क्षेत्र हुँदै सञ्चालन हुने लामो दूरीका सवारीसाधनको आवतजावतमा आवश्यक सहजीकरण गरिने प्रशासनले जनाएको छ । साथै, कर्फ्यु खुकुलो रहेको समयमा पाँच जनाभन्दा बढीको समूहमा भेला नहुन प्रशासनले सबैमा अनुरोध गरेको छ ।