४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

सम्पत्ति विवरण बुझाउने समय सकियो तर प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति भने गोप्य नै

सम्पत्ति विवरण बुझाउने समय सकियो तर प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति भने गोप्य नै
अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलगायत २५ जना मन्त्रीहरूले आर्थिक वर्ष २०७५/७६ को अद्यावधिक गरिएको सम्पति विवरण सार्वजनिक गरेका छैनन् । आफ्नो सम्पत्ति विवरण समयमा नै सार्वजनिक गर्ने परम्पराविपरीत प्रधानमन्त्री तथा मन्त्रीहरूले अद्यावधिक गरिएको सम्पत्ति विवरण सार्वजनिक नगरेपछि उनीहरूको पारदर्शितामाथि नै प्रश्न चिह्न सिर्जना भएको छ ।

प्रधानमन्त्री र मन्त्रीले सार्वजनिक पदमा बहाल रहँदा वार्षिक रूपमा सम्पत्ति विवरण अधावधिक गरी सार्वजनिक गर्ने परम्परा रहे पनि आर्थिक वर्ष २०७५/७६ को सम्पत्ति विवरण बुझाउने समय सकिँदासम्म पनि उनीहरूले सम्पति विवरण सार्वजनिक नगरेका हुन् । भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० मा सार्वजनिक पद धारण गरेको व्यक्तिले पद धारण गरेको ६० दिनभित्र तथा आर्थिक वर्ष समाप्त भएको मितिले ६० दिनभित्र आफ्नो र परिवारको नाममा रहेको सम्पत्तिको स्रोत तथा निस्सासहितको अद्यावधिक विवरण सम्बन्धित निकायमा पेस गर्नुपर्ने प्रावधान छ ।

सोही प्रावधानअनुसार प्रधानमन्त्री तथा मन्त्रीहरूले मन्त्रिपरिषद् कार्यालयमा सम्पत्ति विवरण बुझाएर सार्वजनिक गर्नुपर्ने परम्परा रहँदै आएको छ । प्रधानमन्त्री तथा मन्त्रीहरूले गत वर्ष पनि निकै ढिलो गरेर मात्रै सम्पति विवरण सार्वजनिक गरेका थिए । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका प्रवक्ता यमलाल भुसालले सबै मन्त्रीहरूले सम्पत्ति विवरण बुझाए पनि सार्वजनिक नभएको बताए ।

मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्न मन्त्रिपरिषद् बैठकले आवश्यक निर्णय गर्नुपर्ने प्रावधान रहेको प्रवक्ता भुसालले बताए । ‘अहिलेसम्म निर्णय नभएकाले सार्वजनिक नभएको हो, निर्णय हुनासाथ सार्वजनिक हुनेछ’, प्रवक्ता भुसालले राजधानीसँग भने । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार कतिपय मन्त्रीहरूको अद्यावधिक विवरण भने कार्यालयमा आउन सकेको छैन ।

सबैको विवरण आउन बाँकी रहेकाले सार्वजनिक गर्न कठिन भएको हुन सक्ने स्रोतको दाबी छ ।
पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदादेखि प्रधानमन्त्री र मन्त्रीले सम्पत्ति विवरण सार्वजनिक गर्ने परम्परा चल्दै आएको हो । तर, खिलराज रेग्मी मन्त्रिपरिषद्का अध्यक्ष भएका बेला अध्यक्ष तथा मन्त्रीहरूले सम्पत्ति विवरण सार्वजनिक गरेका थिएनन् ।

८४ हजारभन्दा बढी कर्मचारीले बुझाए सम्पत्ति विवरण मुलुकका ९५ प्रतिशतभन्दा बढी निजामती कर्मचारीले निर्धारित समयभित्र सम्पति विवरण बुझाएका छन् । कूल ८८ हजार ६ सय कर्मचारीमध्ये ८४ हजार ३ सय २ कर्मचारीले निर्धारित समयभित्र सम्पति विवरण बुझाएको निजामती किताबखानाले जनाएको छ । यो सम्पति विवरण बुझाउनुपर्ने कुल कर्मचारीमध्ये ९५ दशमलव १४ प्रतिशत हो ।

किताबखानाका प्रवक्ता एवं सूचना अधिकारी राजेन्द्रप्रसाद पराजुलीका अनुसार सम्पति विवरण बुझाउन २८ भदौसम्मको समय तोकिएको थियो । ‘हामीले गरेको सूचना प्रवाहको कारण हुन सक्छ अधिकांशले विवरण पेस गर्नुभएको छ’, उनले भने । बाँकी ४ हजारभन्दा बढीले विवरण पेस गरेका छैनन् । यद्यपि, तुलनात्मक रूपमा यो अत्यधिक रहेको बताइएको छ । समाचार राजधानी दैनिकबाट