४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

दुई तिहाइको सरकार आखिर किन यति कमजोर ?

दुई तिहाइको सरकार आखिर किन यति कमजोर ?
अ+ अ-

काठमाडौं । योजना बनाउने र जनतालाई सपना देखाउने काममा दुई तिहाइको वर्तमान सरकारले नाम कमाए पनि पछिल्लो डेढ वर्षको उपलब्धिले उसलाई कमजोर सावित गरेको छ। ‘राजनीतिक र प्रशासनिक दुवै क्षेत्रमा कमजोरी देखियो, सुशासन कायम गर्न नसकिएसम्म कमजोरीका विभिन्न पक्षको निरन्तरतामा क्रम भंग हुँदैन’, संविधानविद् काशीराज दाहालको टिप्पणी छ, ‘हामीले संविधान त नयाँ बनायौं तर हाम्रो मानसिकता पुरानै रह्यो।’

यस्तै समीक्षा नागरिक समाजका अगुवा सुबोधराज प्याकुरेलको पनि छ, ‘संविधानले नागरिक सर्वोच्चता दिए पनि व्यवहारमा प्रशासनिक सर्वोच्चता छ, सार्वभौमसत्ता सम्पन्न जनताले आफ्ना जनप्रतिधिमार्फत त्यस्तो अधिकार प्रयोग गर्ने व्यवस्था रहे पनि व्यवहारमा प्रशासन अवरोधकारी शक्तिका रूपमा उभिएको छ।’

‘नेपालले स्वीकार गरेको संसदीय व्यवस्थामा प्रधानमन्त्री कार्यपालिकाका प्रमुख हुन्, सरकारको नेतृत्व उनकै हातमा हुन्छ, जनताको सर्वोच्चता भन्नु नै उनको सर्वोपरी नेतृत्व हो’, प्रदेश नम्बर १ को योजना आयोगका उपाध्यक्षसमेत रहेका प्याकुरेलले भने, ‘राष्ट्रिय योजना आयोगमा रहेको एनड्याक, अर्थात् नेसनल डिभलपमेन्ट एक्सन कमिटीमा प्रधानमन्त्रीले कर्मचारीको मूल्यांकन गरेर जति तारा थपिदिए पनि त्यसलाई निजामती कर्मचारी ऐनले पहिचान गर्दैन, उनीहरूको पदोन्नति र कारबाहीमा यसले कुनै योगदान दिन सकेको छैन।’

ऐनले कार्य सम्पादन मूल्यांकन समितिले दिएको तारालाई मात्र पहिचान गर्ने भएपछि नागरिकको सर्वोच्चता प्रशासनिक क्षेत्रमा लागू हुन नसकेको टिप्पणी उनको थियो। प्याकुरेलले नेपालको संसदीय व्यवस्थामा गठन भएका दुईवटा दुई तिहाइ सरकारको तुलना गर्दै भने, ‘बीपी कोइरालाले राणाशाहीका पालामा बनेका सामन्ती संरचना र सोचका कर्मचारीको व्यवस्थापन गर्दागर्दै राजा महेन्द्रको दमन–चक्र सहनुपर्यो, आज केपी ओलीले पुराना संरचनाको सामना त गर्नुपरेको छैन, तर प्रशासनको पुरातन संस्कारको मार खेपिरहनुपरेको छ।’

नेपालको संविधान–२०७२ ले लोकतान्त्रिक आधुनिक नेपालको परिकल्पना गरेको छ, तर नेपाली नेता र प्रशासकमा सामन्ती चिन्तन अझै कायम छ। जनताको सेवक हुँ भन्नेभन्दा पनि शासक हुँ भन्ने मानसिकताका साथ नेता र प्रशासकहरू व्यवहार गरिरहेका छन् । नागरिक समाजको चेतनास्तर भने संविधानले परिकल्पना गरेको नीतिका साथ अग्रगमनमा छ, तर नेता–प्रशासकको व्यवहार भने प्रतिगमन उन्मुख लाग्छ।

मिडिया तथा प्रेससँग सम्बन्धित विभिन्न नीतिगत संरचना निर्माणमा नेतृत्वदायी भूमिका निर्वाह गरेका र हाल प्रशासकीय अदालतका अध्यक्ष रहेका दाहाल भन्छन्– ‘संविधानअनुसार ऐन बन्नु, त्यसका आधारमा नीति बनाएर कार्यान्वयनमा जानु र आवधिक अनुगमनको विधि अपनाएर समीक्षा र परिमार्जन गर्दै अघि बढ्नु आवश्यक छ।’

तर, संविधानको भावनाअनुसार नेता र प्रशासक परिवर्तन हुन नसकेका कारण सुशासन कायम हुन नसकेको अवस्था छ, परिणामस्वरूप सरकार प्रभावकारी हुन नसकेको संविधानविद् दाहालको टिप्पणी छ। प्रधानमन्त्री ओली विगत १९ महिनादेखि वर्तमान सरकारको नेतृत्वमा छन् । भारत र चीनबाट राजधानीमा रेल ल्याउनेसम्मको उहाँको योजना, पानी जहाज चलाउने र इन्धनको आपूर्तिमा क्रान्तिकारी परिवर्तन ल्याउने प्रतिबद्धताका कारण उनी निकै चर्चित पनि छन् ।

यसबीच भारतबाट पाइपलाइनमार्फत डिजेल नेपालको अमलेखगन्जसम्म ल्याउने काममा उनले सफलता हासिल गरिसकेका छन् भने नारायणी नदीमा दशैंभित्रै जहाज चल्ने तयारी पनि अन्तिम चरणमा छ।तर, संस्कारका रूपमा नेता, प्रशासक र नागरिकको समेत दैनिक जीवनमा प्रविष्ट गरेको भ्रष्टाचार र सामन्ती प्रवत्तिमा आक्रमण गर्न नसकेसम्म संख्याको दुई तिहाइले मात्र अपेक्षित परिवर्तन सम्भव देखिँदैन।

महँगो निर्वाचन प्रक्रिया र राजनीतिक दललाई ठूलो रकम चन्दा दिएपछि मात्र राजनीतिक नियुक्तिका पद पाउने अवस्थाका कारण शक्तिशाली भनिएका प्रधानमन्त्रीका योजना र आदेशहरू पनि तामेलीमा पर्ने गरेका छन्। शक्ति प्रधानमन्त्रीमा होइन, पुँजीमा केन्द्रित भएको छ। संविधानले ‘समाजवाद उन्मुख’ भने तापनि मुलुक ‘द्रव्य–उन्मुख’ मा सीमित बनेको छ। समाचार नेपाल समाचारपत्र दैनिकबाट