१५ श्रावण २०८३, शुक्रबार
,
Latest
मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु शेखरले एसियाली आइटीएफमा खेल्ने सञ्चारमन्त्री डा तिमिल्सिनासँग इजरायली राजदूतको शिष्टाचार भेट अन्ततः उठ्यो देवानगञ्ज घटनाका दुई मृतकको शव तराई–मधेश घटनाबारे उच्चस्तरीय छानबिन आयोग गठन गर्न नेकपाको माग तराई–मधेशको अवस्थाबारे राष्ट्रपति पौडेलको पूर्वराष्ट्रपति यादव र पूर्वउपराष्ट्रपति झासँग छलफल सरकार र लघुवित्त पीडितबीच दोस्रो चरणको वार्ता अर्थ मन्त्रालयमा सुरु तराई–मधेस घटनाले राष्ट्रिय समीक्षा आवश्यक बनाएको राप्रपाको निष्कर्ष धनुषाका प्रजिअ लुइँटेलद्वारा सद्भाव कायम गर्न अपिल वीरगञ्जमा आज पनि निषेधाज्ञा
तपाईं के खोज्दै हुनुहुन्छ ?

धनुषाका प्रजिअ लुइँटेलद्वारा सद्भाव कायम गर्न अपिल



अ+ अ-

काठमाडौं । धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम राख्न सर्वसाधारणसँग अपिल गर्नुभएको छ ।

लुइँटेलले आज फेसबुक, टिकटक, इन्स्टाग्रामलगायत सामाजिक सञ्जालमार्फत धार्मिक वा सामाजिक द्वेष फैलाउने, उत्तेजना बढाउने वा शान्ति सुरक्षामा आँच पुर्‍याउने भ्रामक समाचार, अफवाह, फोटो वा भिडियो पोस्ट, लाइक, कमेन्ट वा सेयर नगर्न अपिल गर्नुभयो ।

सुनसरी जिल्लाको देवानगञ्जबाट सुरु भएको विवादले दुःखद् घटनाको रूप धारण गरेकामा चिन्ता व्यक्त गर्दै प्रजिअ लुइँटेलले सबै राजनीतिक दल, नागरिक समाज, धार्मिक अगुवा, युवा तथा सर्वसाधारणलाई संयमित र जिम्मेवार भूमिका निर्वाह गर्न अपिल गर्नुभयो ।