१५ श्रावण २०८३, शुक्रबार
,
Latest
तराई–मधेस घटनाले राष्ट्रिय समीक्षा आवश्यक बनाएको राप्रपाको निष्कर्ष धनुषाका प्रजिअ लुइँटेलद्वारा सद्भाव कायम गर्न अपिल वीरगञ्जमा आज पनि निषेधाज्ञा मुख्यमन्त्री शाहीद्वारा मधेसले भोगेको घटनाप्रति दुःख व्यक्त गण्डकी प्रदेशसभा बैठक : गाँजा खेतीसम्बन्धी विधेयक पुनः पारित नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न राष्ट्रिय सभा अध्यक्षको अपिल सुकुम्बासी बस्ती हटाउँदा प्रभावित बालबालिकाको शिक्षा प्राप्तिमा कुनै कमी हुन दिदैनौ: शिक्षा मन्त्री रोखरेल प्रधानमन्त्री शाहद्वारा सुनसरीसहित प्रभावित क्षेत्रमा शान्ति–सुरक्षा सुदृढ बनाउन योजनाबद्ध प्रयास भइरहेको दाबी मधेसमा उत्पन्न साम्प्रदायिक तनावको छानबिनका लागि उच्चस्तरीय आयोग गठन गर्न सांसद खालिदको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

सङ्घीयता विरोधी सपनामा पनि नसोच्नुहोस्ः प्रधानमन्त्री शाह



अ+ अ-

काठमाडौं । मधेशवादी दलका नेताहरूसँगको भेटवार्ताका क्रममा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले आफू सङ्घीयताविरोधी नरहेको स्पष्ट पारेका छन् ।

प्रधानमन्त्रीसँगको भेटमा राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा सम्पन्न महाधिवेशनबाट सङ्घीयताविरोधी प्रस्ताव पारित भएको विषय उठाएका थिए । भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै महतोले आफूले सङ्घीयताको विषय उठाएपछि प्रधानमन्त्री शाहले सङ्घीयता बलियो बनाउने पक्षमा आफू रहेको जवाफ दिएको जानकारी दिए ।

महतोका अनुसार प्रधानमन्त्री शाहले सङ्घीयताविरोधी धारणा आफूले सपनामा समेत नसोचेको बताएका थिए । प्रधानमन्त्रीले महाधिवेशनबाट गलत सन्देश गएको भए त्यसलाई सच्याउनुपर्ने धारणा राखेको महतोले बताए ।

प्रधानमन्त्री शाहले प्रदेशहरूले पाएका अधिकार प्रभावकारी रूपमा प्रयोग गर्नुपर्नेमा जोड दिँदै सङ्घीयतालाई थप बलियो बनाउन आवश्यक सुधार गर्ने प्रतिबद्धता व्यक्त गरेको महतोको भनाइ छ ।

‘सङ्घीयतालाई बलियो बनाउन कहाँ–कहाँ कमी छन्, त्यसलाई सुधार गर्नुपर्छ । प्रदेशहरूले प्राप्त अधिकार पनि प्रयोग गर्नुपर्छ,’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै महतोले भने ।