७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar नागरिक लगानी कोषको ४९ प्रतिशत रकम स्थिर निक्षेपमा राखिनु चिन्ताको विषय : सांसद बराल News Polar सातवटै प्रदेश अधिवेशनमा जुट्यो राप्रपा, असोज २१ गते एकैदिन प्रदेशको अधिवेशन गर्ने News Polar जलवायु सङ्कटको जोखिम नेपालका विपद्ले पुष्टि गरेको छः महासचिव गुटेरेस News Polar ११ ग्राम ब्राउन सुगरसहित दुई जना पक्राउ News Polar विमानस्थलबाट चुरोट तथा सुर्तीजन्य पदार्थ बरामद News Polar विदेशमा रहेका नेपालीका माग सम्बोधन गर्न एमाले सकारात्मक हुनुपर्छ : डा. अधिकारी News Polar नागरिक कोषको रकम रियल इस्टेटमा लगानी गर्ने प्रस्ताव संविधानविपरीत : सांसद तामाङ News Polar चीनद्वारा नास्टलाई डीएनए परीक्षणका उपकरण र प्रविधि हस्तान्तरण News Polar कृषि यान्त्रीकरण प्रवर्द्धनका लागि बागमती सरकारसँग नामियाको ११ बुँदे माग News Polar मदन भण्डारी स्पोर्ट्स एकेडेमीले बुटवलमा अन्तर्राष्ट्रियस्तरको भलिबल प्रतियोगिता आयोजना गर्ने News Polar इन्द्रजात्राको सुरुवात: हनुमानढोका परिसरमा सांस्कृतिक प्रस्तुति -फोटो फिचर News Polar नागरिकको बचत उत्पादनशील क्षेत्रमा परिचालन गर्न सांसदहरूको जोड News Polar इक्यान झापाद्वारा विपद् राहत कोषमा दश लाख प्रदान News Polar रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी विधेयक संसद्मा दर्ता News Polar नागरिकको जीवनलाई फेरि सामान्य लयमा फर्काउनु राज्यको सर्वोच्च जिम्मेवारी News Polar प्रतिनिधि सभामा फोहोरमैला व्यवस्थापन विधेयक पेश, चक्रीय अर्थतन्त्रको अवधारणामा जोड News Polar मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई News Polar सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने News Polar विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त News Polar बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता

सुनसरी र मधेसका घटनामा सरकार जिम्मेवार छः सांसद बिष्ट

सुनसरी र मधेसका घटनामा सरकार जिम्मेवार छः सांसद बिष्ट
अ+ अ-

काठमाडाैँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सांसद नरबहादुर बिष्टले सुनसरीलगायत मधेुका जिल्लामा भएका हिंसात्मक घटनामा सरकार जिम्मेवार रहेको अरोप लगाउनुभएको छ ।

शुक्रवार राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद बिष्टले यस्तो आरोप लगाउनुभएको हो । उहाँले गृहमन्त्री सुधन गुरुङ स्वंय पीडित परिवारसँग सहमति गर्दै हिँडेको भन्दै आपत्ति समेत जनाउनु भयो ।

उहाँले प्रमुख जिल्ला अधिकारीमार्फत गर्नुपर्ने काम गृहमन्त्रीले आफैँ गर्नु वााञ्छनीय नभएको बताउनु भयो । मधेस प्रदेशका विभिन्न जिल्लाहरुमा भइरहेका घटनाहरु सरकारको गम्भीर कमजोरीको परिणाम भएको उहाँको भनाइ छ । सांसद बिष्टले सरकारले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिरहेका अभिव्यक्तिले जनतामा थप निराशा पैदा गरेको आरोप पनि लगाउनु भयो ।

उहाँले भन्नुभयो, ‘गृहमन्त्री अहिले पनि प्रदर्शनस्थलमा हुनुहुन्छ । उहाँले पीडित परिवारसँग सात बुँदे सहमति गर्नुभएको छ । यो दुर्भाग्य कुरा हो कि सिडिओ कार्यालयका सिडिओले समझदारीमा हस्ताक्षर गर्नुपर्ने ठाउँमा गृहमन्त्री आफैं सहमति गर्दै हस्ताक्षर गर्दै हिँड्नुभएको छ । आफैंले हिंसा बढाउँदै हुनुहुन्छ । आफैं धामी आफैं झाँक्री भने जस्तो । मधेशमा जुन खालका घटनाहरु भइरहेका छन् यो सरकारको गम्भीर कमजोरी हो । सरकारले फेसबुकमा जुन खालका स्टाटसहरु लेख्दैछ । यसले जनतामा झन निराशा पैदा गरिरहेको छ । सरकार आफैं गोली चलानउने अनि आफैं क्षतिपूर्ती  दिने जुन खालको काम भएको छ यो भत्र्सनायोग्य छ ।’

सरकारले एकातिर गोली चलाउने र अर्कोतर्फ आफैँ सहमति गर्दै हिँड्ने कार्य भत्र्सनायोग्य भएको सांसद बिष्टको भनाइ छ । –न्युज एजेन्सी नेपाल