७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar नागरिक लगानी कोषको ४९ प्रतिशत रकम स्थिर निक्षेपमा राखिनु चिन्ताको विषय : सांसद बराल News Polar सातवटै प्रदेश अधिवेशनमा जुट्यो राप्रपा, असोज २१ गते एकैदिन प्रदेशको अधिवेशन गर्ने News Polar जलवायु सङ्कटको जोखिम नेपालका विपद्ले पुष्टि गरेको छः महासचिव गुटेरेस News Polar ११ ग्राम ब्राउन सुगरसहित दुई जना पक्राउ News Polar विमानस्थलबाट चुरोट तथा सुर्तीजन्य पदार्थ बरामद News Polar विदेशमा रहेका नेपालीका माग सम्बोधन गर्न एमाले सकारात्मक हुनुपर्छ : डा. अधिकारी News Polar नागरिक कोषको रकम रियल इस्टेटमा लगानी गर्ने प्रस्ताव संविधानविपरीत : सांसद तामाङ News Polar चीनद्वारा नास्टलाई डीएनए परीक्षणका उपकरण र प्रविधि हस्तान्तरण News Polar कृषि यान्त्रीकरण प्रवर्द्धनका लागि बागमती सरकारसँग नामियाको ११ बुँदे माग News Polar मदन भण्डारी स्पोर्ट्स एकेडेमीले बुटवलमा अन्तर्राष्ट्रियस्तरको भलिबल प्रतियोगिता आयोजना गर्ने News Polar इन्द्रजात्राको सुरुवात: हनुमानढोका परिसरमा सांस्कृतिक प्रस्तुति -फोटो फिचर News Polar नागरिकको बचत उत्पादनशील क्षेत्रमा परिचालन गर्न सांसदहरूको जोड News Polar इक्यान झापाद्वारा विपद् राहत कोषमा दश लाख प्रदान News Polar रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी विधेयक संसद्मा दर्ता News Polar नागरिकको जीवनलाई फेरि सामान्य लयमा फर्काउनु राज्यको सर्वोच्च जिम्मेवारी News Polar प्रतिनिधि सभामा फोहोरमैला व्यवस्थापन विधेयक पेश, चक्रीय अर्थतन्त्रको अवधारणामा जोड News Polar मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई News Polar सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने News Polar विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त News Polar बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता

प्रधानमन्त्री शाहसँग मधेस केन्द्रित दलका नेताको छलफल : समस्या समाधानमा सक्रिय हुन आग्रह

प्रधानमन्त्री शाहसँग मधेस केन्द्रित दलका नेताको छलफल : समस्या समाधानमा सक्रिय हुन आग्रह
अ+ अ-

काठमाडौँ । मधेस केन्द्रित राजनीतिक दलका नेताहरूले प्रधानमन्त्री वालेन्द्र शाहसँग भएको छलफल सकारात्मक भएको बताउनुभएको छ ।

शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री शाहसँग छलफल गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेताहरूले तराईका केही जिल्लामा पछिल्लो समय देखिएका समस्या समाधानका लागि छलफलले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

उहाँहरूले तराईका जिल्लामा देखिएको समस्या समाधानका लागि प्रधानमन्त्रीलाई विभिन्न सुझाव दिएको र समस्या समाधानप्रति प्रधानमन्त्री संवेदनशील र प्रतिबद्ध रहेको आफूहरूले पाएको बताउनुभयो ।

जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले प्रधानमन्त्री शाहले पहिलोपटक मधेस केन्द्रित राजनीतिक दलका नेताहरूसँग छलफल गरेको भन्दै यसलाई सकारात्मक पहलका रूपमा लिएको बताउनुभयो । उहाँले तराईका केही जिल्लामा देखिएको समस्या समाधानका लागि आफूहरूले सुझाव दिएको जानकारी दिनुभयो ।

अध्यक्ष राउतले पछिल्लो समय तराईका केही जिल्लामा देखिएका समस्या नयाँ नभएको भन्दै यसको दीर्घकालीन समाधानका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको बताउनुभयो । समस्या समाधानका लागि ‘र्‍यापिड एक्सन टिम’ गठन गर्न, नियमित ब्रिफिङ गर्न, सुरक्षा जनशक्तिको क्षमता अभिवृद्धि गर्न तथा समुदायस्तरमा नियमन र समन्वय बढाउन सुझाव दिइएको उहाँले जानकारी दिनुभयो ।

मुस्लिम आयोगका संस्थापक अध्यक्ष समिम मियाँ अन्सारीले व्यक्तिगत विवाद साम्प्रदायिक तहसम्म पुग्नु मुलुकका लागि घातक हुने बताउनुभयो । उहाँले घटनाका दोषीलाई कारबाही गर्दै अवस्था सामान्य बनाउन प्रधानमन्त्रीसँग गम्भीर छलफल भएको र आवश्यक सुझाव दिइएको जानकारी दिनुभयो ।

राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले विगतका सरकारले मधेससँग गरेका सम्झौता कार्यान्वयन गर्न प्रधानमन्त्रीलाई सुझाव दिएको बताउनुभयो । मधेसमा देखिएका समस्या समाधानका लागि सरकारको सक्रियता थप बढाउन आग्रह गरिएको उहाँले जानकारी दिनुभयो ।

सुनसरीमा भएको घटनाका सम्बन्धमा निष्पक्ष छानबिन गरी समयमै समस्या समाधान गर्न पनि प्रधानमन्त्रीसँग आग्रह गरिएको अध्यक्ष महतोले बताउनुभयो ।

छलफलमा डा. सीके राउत, महन्थ ठाकुर, राजेन्द्र महतो, लालबाबु राउत, समिम मियाँ अन्सारी, राम के. शर्मा, प्रभु साह, अमरेशकुमार सिंह, शरतसिंह भण्डारी, जयकान्त राउतलगायतका नेताहरू सहभागी हुनुहुन्थ्यो।