१ असार २०८३, सोमबार
,
Latest
ऊर्जा मन्त्रालयको हटलाइन ११५१ मार्फत १३ हजारभन्दा बढी गुनासो समाधान एमाले प्रचार शैली प्रविधि अभावका कारण ‘रक्षात्मक’ बनेको स्वीकार, डिजिटल दक्षता बढाउन जोड सुस्तामा सीमा सुरक्षाका लागि सरकारले तत्काल सशष्त्र प्रहरीको स्थायी क्याम्पको व्यवस्था गर्नुपर्दछः सचेतक मेचे सङ्घीय निजामती ऐन तत्काल जारी गर्न लोक सेवा आयोगको आग्रह, एकल विश्वविद्यालय सेवा आयोग बनाउन… १८ दिन बितिसक्दा समेत मन्त्रालयगत बजेट विवरण सार्वजनिक नगरिएको भन्दै नेकपाले उठायो सरकारको पारदर्शितामाथि प्रश्न काठमाडौँ महानगरपालिकाको आर्थिक वर्ष २०८३\०८४ का लागि नीति तथा कार्यक्रम पारित भारतसँग देखिएको चिया निर्यात सम्बन्धि समस्या सरकारले तत्काल सम्बोधन गरोस्ः जयन्तिदेवी राई केन्द्रीय कानुन पुस्तकालय खारेज नगर्न बारको आग्रह शिक्षक सरुवासम्बन्धी नयाँ निर्देशन जारी, पदपूर्ति र बढुवा प्रक्रियामा कडाइ खर्च कटौतीका एक दर्जन प्रस्तावः बजेटमाथि विपक्षी सांसदका प्रश्नैप्रश्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

देउवाको प्रश्न : नेताको हात भाँचिदा प्रहरी प्रशासन किन चुप ?



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बाँकेको खजुरामा भएको घटनमा सरकार र प्रहरी मुकदर्शक बनेको आरोप लगाएका छन् ।

प्रतिनिधिसभाको चालु अधिवेशनको अन्तिम दिन बिहीबार सदनलाई सम्बोधन गर्नेक्रम देउवाले यस्तो आरोप लगाएका हुन्।

‘के अब शान्तिपूर्ण कार्यक्रम गर्न नपाइने हो ?’, देउवाले प्रश्न गर्दै भने, ‘हाम्रा जिल्ला नेताको हात भाँचिएको छ। नेकपा कार्यकर्ताले आक्रमण गर्दा किन प्रहरी प्रशासन चुप बस्यो ? प्रहरी नेकपा वा कसैको कार्यकर्ता होइन। उसको काम शान्ति सुरक्षा गर्ने हो। तर त्यो किन भएन ?’

उनले जनताको करबाट तलब खाने प्रहरीले कार्यकर्ताको जस्तो व्यवहार गर्ने प्रवृत्तिको चर्को विरोध समेत गरेका छन्। ‘जनताको करबाट तलब बुझ्ने प्रहरीेले पार्टी कार्यकर्ताको जस्तो व्यवहार गर्न मिल्छ ,’, उनले भने, ‘यो प्रवृत्ति हामीलाई स्वीकार्य छैन।’

साथै देउवाले बजार मूल्य बढेकोप्रति सरकार गम्भीर नभएको भन्दै आपत्ति जनाएका छन्।




भर्खरै