४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

साझा अधिकार सूचीमै उल्झन

साझा अधिकार सूचीमै उल्झन
अ+ अ-

काठमाडैं । संविधान जारी भएको चार वर्ष पूरा भएको छ । संविधान अनुकूल बनाइनु बन्नपर्ने अधिकांश कानुन तर्जुमा भएका छन् । मौलिक हकसम्बद्ध कानुन निर्माण समयसीमामा सकिएका छन् । नियमावली नबन्दा मौलिक हकका कतिपय अधिकार प्रचलनमा भने रोकिएका छन् तर संविधानले परिकल्पना गरेको अधिकार सूचीअनुसारका साझा अधिकार सूचीका कानुन निर्माण भने सुस्त छ ।

साझा अधिकार सूचीको उल्झन सङ्घ र प्रदेश दुवैतिर छ । जसको ‘चेन इफेक्ट’ स्थानीय तहसम्म परिरहेको छ । साझा अधिकारका विषयमा सङ्घले कानुन निर्माण नगर्दा प्रदेश अलमलमा छन् । प्रदेशले मापदण्ड निर्धारण गर्ने कानुन बनाउन नसक्दा स्थानीय तहले धेरै कानुन बनाउन पाएका छैनन् ।

वर्तमान संवैधानिक संरचनामा सङ्घ, प्रदेश र स्थानीय तह सबैले विधायिक अधिकार प्रयोग गर्छन् तर अधिकार प्रयोगमा चुस्तता नहुँदा तीन तहका सरकारबीच समन्वय र सहअस्तित्वमा कतिपय अवस्थामा विवाद पनि भइरहेको छ । गत असोज २७ गते प्रदेश नम्बर २ ले प्रदेश प्रहरी विधेयक पारित गर्योे । प्रदेश सभाको निर्णयमाथि विभिन्न दृष्टिकोणबाट धारणा पनि बने । सङ्घीय सरकारले समयमा सङ्घीय प्रहरी ऐन नल्याएकाले विधेयक ल्याइएको भन्दै प्रदेश सरकारले प्रतिरक्षा गर्यो ।

केन्द्रीय सरकारले औपचारिक रूपमा कुनै टिप्पणी नगरे पनि सत्तारुढ दलका शीर्ष नेताहरूले नै प्रदेशले ‘ओभरटेक’ गरे दुर्घटना हुने चेतावनी दिए । कतिपयले संवैधानिक व्यवस्था पालना नभएको टिप्पणी गरे । सङ्घ, प्रदेश र स्थानीय तहबीच टकराव बढ्दै गएका यस्ता विवादमा कानुन निर्माणमा भने तीव्रता दिइएको छैन । केन्द्रले कानुन नबनाउँदा प्रदेशले कानुन बनाउन सकिरहेका छैनन् ।

प्रदेशको कानुनसँग आधारित भई स्थानीय तहले बनाउने कानुन पनि रोकिएका छन् । साझा अधिकार सूचीका कानुनमा प्रदेश र स्थानीय तह कतिपय विषयमा अझै पनि केन्द्रको बाटो कुरेर बसेका छन् । केन्द्र, प्रदेश र स्थानीय तहबीचको अधिकार जोडिएका कानुन नहुँदा सबै तहका सरकारले आफ्नो दायित्वको कानुनी अधिकार पनि पाएका छैनन् ।

केन्द्रले कानुन नबनाउँदा सोहीसँग आधारित भएर बन्नुपर्ने कानुन प्रदेशले बनाउन सकेका छैनन् । प्रदेशले त्यस्ता कानुन नबनाउँदा स्थानीय तहले विधायिकी अधिकारको प्रयोग गर्न पाएका छैनन् । तीनै तहको अधिकार जोडिएका विषयमा केन्द्र नै बढी जिम्मेवार हुनुपर्ने भए पनि धेरै विषय केन्द्रमै अड्किएका छन् । संविधानले तीनै तहका सरकारको एकल, संयुक्त र साझा सूचीमा अधिकार व्यवस्थापन गरेको छ ।

जसमा सङ्घ, प्रदेश र स्थानीय तहको साझा अधिकार सूचीका १५ विषय समेटिएका छन् । यस्तै, सङ्घ र प्रदेशको अधिकार सूचीमा २५ विषय छन् । सङ्घीय निजामती सेवा, लोकसेवा गठन, प्रहरी सेवा गठनलगायतका महìवपूर्ण दैनिकसँग जोडिएका अधिकार साझा विषयमा सामेल छन् ।

यस्ता विषयमा कानुन बनाउँदा सङ्घले तोकेको मापदण्ड नै आधार हुनेछ । सङ्घअनुसार प्रदेश र प्रदेशअनुसार स्थानीय तहले कानुन तर्जुमा गर्ने गर्दछन् तर कतिपय कानुन सङ्घले नै बनाइनसकेको अवस्थामा प्रदेश अन्योलमा छन् ।

के के हुन् अधिकार ?
राष्ट्रिय सुरक्षा, मौद्रिक नीति र परराष्ट्र नीतिमा केन्द्रको एकल अधिकार छ । अन्य विषय सबै तहका एकल, संयुक्त र साझा अधिकारका रूपमा संविधानले व्यवस्थित गरेको छ । एकल अधिकारका विषयमा संविधानको अधीनमा रही सबै तहका सरकार कानुन बनाउन स्वतन्त्र छन् । तर मान्य सिद्धान्तको अधीनमा भने रहनुपर्छ तर साझा र संयुक्त अधिकार सूचीका हकमा भने एकअर्कासँग परनिर्भर छन् ।

धेरै विषयमा सङ्घले तय गरेको मापदण्डअनुसार कानुन निर्माण हुनेछ । संविधान र सङ्घीय कानुननसँग बाझिएमा अन्य कानुन बदर हुनेछन् । यसैअनुसार संविधानले अधिकार सूचीलाई व्यवस्थित गरेको छ । जसमा सङ्घ, प्रदेशको साझा अधिकार सूचीमा फौजदारी तथा देवानी कार्यविधि र प्रमाण र शपथसम्बन्धी न्यायिक प्रक्रिया, आवश्यक वस्तु तथा सेवाको आपूर्ति, वितरण, मूल्य नियन्त्रण, गुणस्तर र अनुगमनका विषय साझा अधिकार सूचीमा छन् ।

यी विषयका कानुन सङ्घको अधीनमा रही प्रदेशले तय गर्नुपर्नेछ । कसुर र दायित्वका सीमा पनि सङ्घले तोकेअनुसार नै हुनेछ । यस्तै, देशको सुरक्षासँग सम्बन्धित विषयमा निवारक नजरबन्द, कारागार तथा हिरासत व्यवस्थापन र शान्ति सुरक्षाको व्यवस्था, एक प्रदेशबाट अर्को प्रदेशमा अभियुक्त, थुनुवा र कैदीको स्थानान्तरण, सामाजिक सुरक्षा र रोजगारी, ट्रेड युनियन, औद्योगिक विवादको समाधान, श्रमिकका हक, अधिकार र विवादसम्बन्धी कार्य पनि सङ्घ र प्रदेशको अधिकार सूचीमा छन् ।

यी विषयका कानुनको मापदण्ड पनि सङ्घले नै तय गरेअनुसार हुने संवैधानिक प्रावधान छ ।संवैधानिक व्यवस्थाअनुसार प्रदेश सीमा नदी, जलमार्ग, वातावरण संरक्षण, जैविक विविधता, उद्योग तथा खनिज र भौतिक पूर्वाधार, प्राकृतिक तथा गैरप्राकृतिक विपद् पूर्वतयारी, वैज्ञानिक अनुसन्धान, विज्ञान प्रविधि र मानव संसाधन विकास, भूमि नीति र सोसम्बन्धी कानुन, रोजगारी र बेरोजगार सहायताका विषय पनि सङ्घ र प्रदेशको साझा अधिकार सूचीमा छन् ।

यस्तै, सङ्घ, प्रदेश र स्थानीय तहका साझा अधिकार सूची पनि संविधानले व्यवस्था गरेको छ । जसमा सहकारी, शिक्षा, खेलकुद र पत्रपत्रिका, स्वास्थ्य, कृषि पनि तीनै सरकारको साझा अधिकार सूचीमा छन् । यी विषयका कानुन सङ्घको अधीनमा प्रदेश र प्रदेशको अधीनमा स्थानीय तहले निर्माण गर्नुपर्छ ।

विद्युत्, खानेपानी, सिँचाइजस्ता सेवा, खानी तथा खनिज, सामाजिक सुरक्षा र गरिबी निवारण, प्राकृतिक स्रोतबाट प्राप्त रोयल्टीजस्ता विषय पनि साझा अधिकार सूचीमा छन् । यी सबै विषयका कानुन निर्माण सहअस्तित्वमा नै हुनुपर्नेछ । सङ्घीय संसद्ले अघिल्लो वर्षसम्म मौलिक हक कार्यान्वयनसम्बन्धी कानुन निर्माण गरिसकेको छ । यस्तै, संविधान अनुकूल बनाइनुपर्ने कानुन पनि संशोधन भइसकेका छन् । साझा अधिकार सूचीका कानुन निर्माणमा भने निकै सुस्तता छ ।

चालू अधिवेशनमा पनि विधेयक प्रभावकारी रूपमा अघि बढ्न सकेका छैनन् । साझा अधिकार सूचीमध्ये प्रदेशले सबैभन्दा बढी केन्द्रलाई दबाब दिएको प्रदेश लोकसेवासम्बन्धी विधेयक भने पारित भइसकेको थियो । उक्त विधेयक पारित भइसकेको छ । यस्तै, प्रदेशमा प्रहरी भर्नाको बाटो खुल्नेगरी प्रहरी समायोजन र सुरपरीवेक्षण तथा मापदण्डसम्बन्धी विधेयक पनि पारित भइसकेको छ ।

सङ्घीय निजामती सेवा गठनसम्बन्धी विधेयक केन्द्रमा पारित हुनसकेका छैनन् । विधेयक पारित नहुँदा प्रदेशमा कर्मचारी सेवा गठनका काम रोकिएका छन् । यस्तै, सङ्घीय शिक्षा ऐन नबन्दा प्रदेश र स्थानीय तहले ऐन निर्माणको प्रक्रिया अघि बढाउन सकेका छैनन् । सञ्चार माध्यमसम्बन्धी कतिपय कानुन पनि बन्न सकेका छैनन् । समाचार गोरखापत्र दैनिकबाट