७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल News Polar भोटेकोशी बाढीले क्षतिग्रस्त पिमलटार–जागाराम झोलुङ्गे पुल पुनः सञ्चालन News Polar भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँदै News Polar रैथाने बाली सङ्कटमा News Polar महामारीजन्य पशुरोग नियन्त्रणका लागि नयाँ कानुनी ढाँचा आवश्यक : मन्त्री चौधरी News Polar अण्डाको मूल्य बढ्यो News Polar प्रमुख प्रतिपक्षका रूपमा कांग्रेस थप जिम्मेवार र परिपक्व बन्नुपर्छ : प्रदीप पौडेल News Polar नाडा र भन्सार विभागबीच रसुवा बाढीबाट अटोमोबाइल क्षेत्रमा परेको क्षतिबारे छलफल News Polar प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघ भ्रमणः दलहरूसँग परामर्श र प्रोटोकल पालनामा प्रतिपक्षको असन्तुष्टि News Polar नेतृत्वको वास्तविक महानता पदमा अनन्तसम्म टिकिरहनुमा होइन News Polar पत्रकार महासंघलाई सञ्चारमन्त्रीको कटाक्ष–‘ठेक्का लिएको संस्थाले पत्रकारिता क्षेत्र जोगाइदिएको भए निकै माथि उठिसक्थ्यो’ News Polar भारी वर्षाको जोखिममा सरकारको तयारी : बाढीको अवस्था घण्टा–घण्टामा अपडेट गरिने News Polar असोज ९ देखि तीन दिन भारी वर्षाको सम्भावना, सतर्क रहन प्रधानमन्त्री शाहको आग्रह

प्रदेश सरकार ‘सरकार’जस्ता नभई ‘ईकाई’ जस्ता भएः सिटौला

प्रदेश सरकार ‘सरकार’जस्ता नभई ‘ईकाई’ जस्ता भएः सिटौला
अ+ अ-

काठमाडाैँ । नेपाली कांग्रेसका सांसद कृष्णप्रसाद सिटौलाले प्रदेश सरकार ‘सरकार’जस्ता नभई ‘ईकाई’ जस्तो भएको टिप्पणी गर्नुभएको छ ।
राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो । उहाँले संविधानले कल्पना गरेको संघीय पद्धतिको मूल मर्म कार्यान्वयन नसकेको बताउनुभयो ।

उहाँले प्रदेशले विकास गर्नेदेखि बजेट निर्माण गरिरहेको भएपनि संघीयताको मूल उद्देश्यअनुसार प्रदेशलाई अधिकार सम्पन्न सरकारका रूपमा सञ्चालन गर्न नसकेको बताउनु भयो । उहाँले संविधानले संघ, प्रदेश र स्थानीय तहबीच अधिकार बाँडफाँड गरेको भएपनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको बताउनु भयो । सिटौलाले प्रदेश सरकारले स्वतन्त्र रूपमा काम गर्न नसक्ने र केन्द्र सरकारले आवश्यक सहयोग गर्न नचाहने अवस्थाले संघीय शासन प्रणालीमै समस्या उत्पन्न भएको टिप्पणी गर्नुभयो ।

उहाँले भन्नुभयो,‘संविधानले सबै तहको अधिकार बाँडफाँड गर्यो । संघीय व्यवस्थाको कल्पना यसरी गरियो । तर त्यो पद्धतीको मौलिक पक्ष नै लागू भएन के ।  प्रदेश सरकार छ, सरकार जस्तो छँदै छैन । अहिलेसम्म प्रदेश सरकारले खेलेको भूमिकालाई लिएर भन्ने हो भने प्रदेश सरकार सरकार जस्तो नभएर ईकाई जस्तो भयो । विकास, बजेट निर्माण अरु कुरा त सबै गरेकै छ प्रदेश सरकारले त्यसकारण संघीयताको मुल विषयमा प्रदेश सरकारलाई सरकार जस्तो बनाउने विषयमा हामी चुकेका छौँ । प्रदेश आफैंले काम गर्न सक्दैन । केन्द्रले सहयोग गर्न चाहाँदैन । समस्या यहाँबाट नै भइहाल्यो नि । हामी संसदबाट मन्त्री प्रधानमन्त्री नहुँदासम्म आदर्शका कुरा गर्छौँ । पुगेपछि सबै त्यस्तै हो । त्यसकारण हाम्रो यो मानसिकता प्रतिवर्तन गर्न आवश्यक छ ।’

उहाँले सबै राजनीतिक दलहरुले संघीयतासम्बन्धी मानसिकता परिवर्तन गर्न जरुरी रहेको बताउनु भयो ।