७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल News Polar भोटेकोशी बाढीले क्षतिग्रस्त पिमलटार–जागाराम झोलुङ्गे पुल पुनः सञ्चालन News Polar भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँदै News Polar रैथाने बाली सङ्कटमा News Polar महामारीजन्य पशुरोग नियन्त्रणका लागि नयाँ कानुनी ढाँचा आवश्यक : मन्त्री चौधरी News Polar अण्डाको मूल्य बढ्यो News Polar प्रमुख प्रतिपक्षका रूपमा कांग्रेस थप जिम्मेवार र परिपक्व बन्नुपर्छ : प्रदीप पौडेल News Polar नाडा र भन्सार विभागबीच रसुवा बाढीबाट अटोमोबाइल क्षेत्रमा परेको क्षतिबारे छलफल News Polar प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघ भ्रमणः दलहरूसँग परामर्श र प्रोटोकल पालनामा प्रतिपक्षको असन्तुष्टि News Polar नेतृत्वको वास्तविक महानता पदमा अनन्तसम्म टिकिरहनुमा होइन News Polar पत्रकार महासंघलाई सञ्चारमन्त्रीको कटाक्ष–‘ठेक्का लिएको संस्थाले पत्रकारिता क्षेत्र जोगाइदिएको भए निकै माथि उठिसक्थ्यो’ News Polar भारी वर्षाको जोखिममा सरकारको तयारी : बाढीको अवस्था घण्टा–घण्टामा अपडेट गरिने News Polar असोज ९ देखि तीन दिन भारी वर्षाको सम्भावना, सतर्क रहन प्रधानमन्त्री शाहको आग्रह

महोत्तरीमा वन कर्मचारीमाथी भएको आक्रमणको विरोधमा माईतीघरमा प्रदर्शन

महोत्तरीमा वन कर्मचारीमाथी भएको आक्रमणको विरोधमा माईतीघरमा प्रदर्शन
अ+ अ-

काठमाडाैँ । महोत्तरीको बर्दिबास नगरपालिका–स्थित कालापानीमा डिभिजन वन कार्यालयका कर्मचारीमाथि भएको आक्रमनको विरोधमा माईतीघरमा प्रदर्शन गरिएको छ ।

वातावरण संरक्षण अभियानकर्मीहरुले बिहीवार वन कर्मचारीलाई आक्रमण गर्नेलाई कारबाही गर्न माग गर्दै प्रदर्शन गरेका हुन् । माईतीघर मण्डलामा धर्ना दिँदै वातावरण संरक्षण अभियन्ता सुनिल यादवले दुई महिना बितिसक्दा पनि घटनामा संलग्न व्यक्तिहरू पक्राउ नपरेको बताउनु भयो । यादवका अनुसार दुई महिना अगाडी महोत्तरीको कालापानी क्षेत्रमा वन अतिक्रमण हटाउने सम्बन्धमा सूचना टाँस गर्न पुगेका डिभिजन वन कार्यालयका अधिकृत श्वेता झा, सुमन श्रेष्ठसहित सात जना वन कर्मचारीलाई स्थानीय समूहले नियन्त्रणमा लिएर करिव ६–७ घण्टा बन्धक बनाएको थियो ।

उनीहरूलाई मानसिक यातना दिएको र वन कर्मचारीले प्रयोग गर्ने सरकारी सवारी साधनमा आगजनी गरी पूर्ण रूपमा नष्ट गरिएको जानकारी दिनुभयो । घटनामा संलग्न व्यक्तिहरूलाई राजनीतिक संरक्षण प्राप्त भएको आरोप लगाउँदै उहाँले मधेश प्रदेश सरकारले घटनाप्रति बेवास्ता गरेको दाबी गर्नुभयो । यादवले कालापानी क्षेत्रमा वास्तविक भूमिहीन सुकुम्बासी भएमा उनीहरूको राज्यले उचित व्यवस्थापन गर्नुपर्ने तर सुकुम्बासीको नाममा वन अतिक्रमण गर्ने भू–माफिया र हुकुम्बासीलाई कानुनी कारबाही गरी हटाउनुपर्ने माग गर्नुभयो ।

उहाँले कैलालीको अत्तरियामा भएको एक घटनामा वन कार्यालयका कर्मचारीको त्रुटीपछि २४ घण्टाभित्रै डिभिजन वन अधिकृत (डीएफओ) सम्मलाई पक्राउ गरिएको उदाहरण दिँदै महोत्तरी घटनामा भने सात जना सरकारी कर्मचारी बन्धक बनाइँदा र सरकारी गाडी जलाइँदा पनि दोषी पक्राउ नपर्नु दोहोरो मापदण्ड भएको आरोप लगाउनु भयो । दोषीलाई कारबाहीको माग राखेर यसअघि नेपाली कांग्रेसको केन्द्रीय कार्यालय, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र गृह मन्त्रालयलाई ज्ञापनपत्र बुझाइसकेको उहाँले जानकारी दिनुभयो । उहाँले दोषी पक्राउ गरि कारबाही नगरेमा अनिश्चितकालीन धर्ना र आन्दोलन घोषणा गर्ने चेतावनी दिनुभयो ।

प्रदर्शनमा सहभागीहरूले ‘कालापानी घटनाका पीडित कर्मचारीलाई न्याय देऊ’, ‘महोत्तरी डिभिजन वनका सात कर्मचारीमाथि जिउँदै आगो लगाउने प्रयास गर्ने समूहलाई तत्काल पक्राउ गर’, ‘कालापानी घटनाका पीडित वन कर्मचारीहरूको न्यायका निम्ति हल्लाबोल’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।