काठमाडौं । राहदानी विभागले सेवाग्राहीको सुविधालाई ध्यानमा राख्दै राहदानी आवेदन फाराम आगामी सोमबारसम्म खुला रहने जनाएको छ ।
विभागले शुक्रबार सूचना जारी गर्दै सार्वजनिक बिदाका दिन शनिबार र आइतबारसमेत गरी २०८३ साउन १८ गतेसम्म आवेदन फाराम खुला रहने जानकारी दिएको हो ।
साथै, वैदेशिक रोजगार विभागले २०८३ साउन १४ गते जारी गरेको सूचनाअनुसार दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत आवेदन दिने म्याद थप भएको विषयलाई समेत ध्यानमा राखी हाललाई थप आवेदन फाराम खुला नगर्ने विभागले जनाएको छ ।
विभागले सेवाग्राहीलाई आफूले आवेदन फाराममा उल्लेख गरेको मिति र समयमा नै विभागमा उपस्थित भई राहदानी सेवा लिन अनुरोध गरेको छ ।
राहदानी विभागले २०८३ साउन १४ गते जारी गरेको सूचनामार्फत उक्त जानकारी गराएको हो ।











