७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल News Polar भोटेकोशी बाढीले क्षतिग्रस्त पिमलटार–जागाराम झोलुङ्गे पुल पुनः सञ्चालन News Polar भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँदै News Polar रैथाने बाली सङ्कटमा News Polar महामारीजन्य पशुरोग नियन्त्रणका लागि नयाँ कानुनी ढाँचा आवश्यक : मन्त्री चौधरी News Polar अण्डाको मूल्य बढ्यो News Polar प्रमुख प्रतिपक्षका रूपमा कांग्रेस थप जिम्मेवार र परिपक्व बन्नुपर्छ : प्रदीप पौडेल News Polar नाडा र भन्सार विभागबीच रसुवा बाढीबाट अटोमोबाइल क्षेत्रमा परेको क्षतिबारे छलफल News Polar प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघ भ्रमणः दलहरूसँग परामर्श र प्रोटोकल पालनामा प्रतिपक्षको असन्तुष्टि News Polar नेतृत्वको वास्तविक महानता पदमा अनन्तसम्म टिकिरहनुमा होइन News Polar पत्रकार महासंघलाई सञ्चारमन्त्रीको कटाक्ष–‘ठेक्का लिएको संस्थाले पत्रकारिता क्षेत्र जोगाइदिएको भए निकै माथि उठिसक्थ्यो’ News Polar भारी वर्षाको जोखिममा सरकारको तयारी : बाढीको अवस्था घण्टा–घण्टामा अपडेट गरिने

फिर्केखोलाका संरचना हटाउन पोखरा महानगरको ताकेता

फिर्केखोलाका संरचना हटाउन पोखरा महानगरको ताकेता
अ+ अ-

काठमाडौं । पोखरा महानगरपालिकाले फिर्केखोलाभित्रका सबै संरचना हटाउन सम्बद्ध पक्षलाई पुनः सूचना जारी गरेको छ । खोलाघर क्षेत्रमा मापदण्ड मिचेर बनाइएका केही ठूला संरचना गत जेठमा महानगर आफैँले डोजर लगाएर हटाए पनि अन्य संरचना यथावत् रहे पनि महानगरपालिकाले ताकेता गरेको हो ।

महानगरपालिकाले बुधबार सार्वजनिक सूचनामार्फत केही घरधनी र संस्थाले मौखिक प्रतिबद्धताअनुसार संरचना नहटाएकामा ध्यानाकर्षण भएको जनाउँदै कबुल गरेबमोजिम संरचना हटाउन आग्रह गरेको छ । महानगरको आग्रहलाई अटेर गरेमा वर्षायाम सकिनासाथ खोलाघरभित्र बनेका संरचना पूर्ण रूपमा हटाउने जनाइएको छ । घरधनी र संस्थाको आग्रह र मौखिक प्रतिबद्धताअनुसार संरचना हटाउन केही समय दिइए पनि खोलाघरभित्रका अनाधिकृत संरचना हटाउने अभियान जारी रहेको महानगरले स्पष्ट पारेको छ ।

समय उपलब्ध गराउँदासमेत हालसम्म प्रतिबद्धताबमोजिम संरचना नहटाइएका भनी महानगरले आपत्ति जनाएको छ । फिर्केखोलाको संरक्षण र विकास गर्दै वातावरण तथा पर्यावरणमैत्री पोखरा निर्माण गर्ने अभियानमा हातेमालो गर्न महानगरले सबैमा आग्रह गरेको छ । पोखरा महानगरपालिकाका–१८ अधँरीकुना हुँदै फेवाताल मिसिने फिर्केखोला संरक्षण तथा सौन्दर्यीकरण गर्न वातावरण संरक्षणका लागि महाअभियानले पनि केही दिनअघि महानगरको ध्यानाकर्षण गराएको थियो । महाअभियानले फिर्केखोला खोलाघरमा निर्मित सबै संरचना हटाइ पैदलमार्ग र साइकल लेनसहितको करिडोर निर्माणमा जोड दिँदै आएको छ ।

महाअभियानका संयोजक रामबहादुर पौडेलले उक्त खोलामा अतिक्रमण हटाउन लिइएको पहल सकारात्मक भए पनि कतिपय संरचना अझै नहट्नुमा पालिका र वडाको कमजोरी रहेको बताउनुभयो । बढ्दो अतिक्रमण, प्रदूषण, फोहरमैला व्यवस्थापनमा भएको कमजोरी, योजनाविहीन सहरीकरण तथा नियमनमा भएको लापार्वाहीले खोलाको प्राकृतिक स्वरूप र अस्तित्वमाथि नै चुनौती थपिएको महाअभियानको ठहर छ । पोखरा–१८ अँधेरीकुनाबाट सात वटा वडा पार गरी उक्त खोला फेवातालमा मिसिन्छ । महाअभियानले वडा नं ४, ५, ८ र ७ स्थित खोलाघरमा बाँकी रहेका विभिन्न संरचना हटाउन महानगरपालिकासँग माग गरेको छ ।