४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

इरानमाथि कडा जवाफी कारबाही गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी

इरानमाथि कडा जवाफी कारबाही गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
अ+ अ-

काठमाडौँ। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानको पछिल्लो आक्रमणको प्रतिक्रियास्वरूप अमेरिकी सेनाले इरानमाथि ‘कडा’ प्रहार गर्ने चेतावनी पुनः दोहोर्याउनुभएको छ ।

ह्वाइट हाउसमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले भन्नुभयो, ‘हामी उनीहरूमाथि निकै कडा प्रहार गर्नेछौँ, किनभने अब हाम्रो प्रहार गर्ने पालो आएको छ ।’ इजिप्टमा अमेरिकाको स्वामित्वमा रहेको एक तरलीकृत प्राकृतिक ग्यास (एलएनजी) वाहक जहाजमाथि आक्रमण भएको जानकारी आफूले प्राप्त गरेको समेत उहाँले उल्लेख गर्नुभयो ।

ट्रम्पले थप दाबी गर्दै भन्नुभयो, ‘आक्रमण हुँदैछ भन्ने कुरा उनीहरूलाई थाहा छ र उनीहरूले हामीलाई त्यसो नगर्न आग्रह गरिरहेका छन् ।’

अमेरिकी सञ्चारमाध्यमहरूले सामुद्रिक गुप्तचरी निकाय एम्ब्रेलाई उद्धृत गर्दै इजिप्टको एक बन्दरगाहमा भएको ड्रोन आक्रमणका कारण दुईवटा प्राकृतिक ग्यास वाहक जहाजमा आगलागी भएको जनाएका छन् ।

उक्त आक्रमणमा कम्तीमा एउटा जहाजमा प्रत्यक्ष क्षति पुगेको बताइएको छ। यद्यपि, एम्ब्रेले उक्त आक्रमणमा संलग्न पक्षको पहिचान भने खुलाएको छैन । सिन्ह्वा/ न्युज एजेन्सी नेपाल