४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

अन्तत: विद्यार्थीसँग बढी लिएको शुल्क फिर्ता गर्न चितवन मेडिकल कलेज तयार

अन्तत: विद्यार्थीसँग बढी लिएको  शुल्क फिर्ता गर्न चितवन मेडिकल कलेज तयार
अ+ अ-

चितवन । चितवन मेडिकल कलेजले विद्यार्थीसँग असुलेको बढी शुुल्क फिर्ता वा समायोजन गर्ने प्रतिबद्धता जनाएको छ । जिल्ला प्रशासनको रोहबरमा शनिबार विद्यार्थी र अभिभावकसँग भएको छलफलमा कलेजले बढी लिएको शुल्क फिर्ता वा विद्यार्थीका आगामी खर्चमा समायोजन गर्ने सहमति जनाएको हो ।

बढी शुल्क फिर्ता वा समायोजन गर्ने सहमतिलगायत ५ निर्णय भएको चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले बताए । उनका अनुसार अब कार्यालय खुल्ने दिनको ३० दिन अर्थात् १८ कात्तिकभित्र शुल्कको समस्या कलेज व्यवस्थापनले सल्टाउने निर्णय भएको छ । कुन विद्यार्थीसँग कति शुल्क बढी लिएको भन्ने अध्ययन गर्न अभिभावक टेकप्रसाद चापागाईंको संयोजकत्वमा ७ सदस्यीय समितिसमेत गठन गरेको छ ।

समितिमा विद्यार्थी सुकरात पौडेल, कला अधिकारी, कलेज व्यवस्थापक अरुण कोइराला तथा जिल्ला प्रशासन र जिल्ला विकास तथा समन्वय इकाइका एक÷एक अधिकृत छन् । त्यस्तै कलेजको लेखा शाखाका राम शाशिष ठाकुर सदस्यसचिव छन् । कलेजले ६ लाख अतिरिक्त शुल्क लिएको स्वीकार गरिसकेको छ । विद्यार्थीले भने १२ लाखसम्म बढी असुलेको आरोप लगाउँदै आएका छन् ।

निर्णय चितवन मेडिकल कलेजको हकमा मात्रै भएको प्रजिअ बस्नेतले बताए । बिहान ९ बजेबाट बेलुका ५ बजेसम्म लगातार ८ घन्टा छलफल भएको थियो । पाँचबुँदे सहमतिसँगै विद्यार्थीले पढाइ नै ठप्प हुने गरी २० दिनदेखि गर्दै आएको विरोधका सबै कार्यक्रम स्थगितसमेत भएको छ ।

यस्तो छ सहमति
निर्णय १ः चितवन मेडिकल कलेज व्यवस्थापन पक्ष र विद्यार्थीबीचको असमझदारी सम्बन्धमा विद्यार्थीले राखेको माग र कलेज व्यवस्थापनको धारणा बैठकमा सहभागीबीच एक–आपसमा प्रस्तुत र छलफल गरियो ।

निर्णय २: चितवन मेडिकल कलेजले ३० कार्यदिनभित्र स्नातक तहका सबै विद्यार्थीबाट नेपाल सरकार एवं आइओएमले तोेकेभन्दा बढी शुल्क फिर्ता वा समायोजन गर्ने प्रतिबद्धता भएअनुसार शुल्क फिर्ता वा समायोजन गर्ने ।

निर्णय ३ : विद्यार्थीले सञ्चालन गरेका सबै कार्यक्रम हाललाई स्थगन गरी अवरोध भएको पठनपाठन असोज ५ गतेबाट सुरु गर्ने ।

निर्णय ४ : विद्यार्थीले कलेज प्रशासन समक्षराखेका आन्तरिक मागका सम्बन्धमा कलेज प्रशासन, अभिभावक, विद्यार्थीबीच आपसी समन्वय गरी समस्या समाधान गर्ने ।

निर्णय ५ : नेपाल सरकार एवं आइओएमले तोकेभन्दा बढी कलेजले असुल गरेको शुल्क फिर्ता एवं समायोजनका लागि कसलाई कति फिर्ता गर्नेलगायत विषयमा यकिन गर्न ७ सदस्यीय समिति गठन गर्ने ।

कलेजले ६ महिनासम्म फिर्ता गरेन अतिरिक्त शुल्क
शिक्षा मन्त्रालयले ८ चैत ०७५ मा त्रिविअन्तर्गतका मेडिकल कलेजलाई एक महिनाभित्र विद्यार्थीबाट असुलिएको अतिरिक्त शुल्क फिर्ता गर्न निर्देशन दिएको थियो । तर, निर्देशनको ६ महिना नाघिसक्दा पनि गण्डकी मेडिकल कलेजले अतिरिक्त शुल्क फिर्ता गरेको छैन ।

कलेजले विद्यार्थीअनुसार फरकफरक दरमा अतिरिक्त शुल्क लिएको छ । छात्रवृत्ति पाएका विद्यार्थीसँग ६ लाख र अरूबाट १३ देखि २० लाखसम्म बढी लिएको विद्यार्थीको भनाइ छ । यस विषयमा विद्यार्थीले ५४ दिन आन्दोलन गरेका थिए । एक हप्तादेखि उनीहरूले कलेजमा फेरि ताला लगाएका छन् । उनीहरूले अतिरिक्त शुल्क फिर्ता गर्नुपर्ने र विद्यार्थीबाट लिएको शुल्कको भर्पाई दिनुपर्नेलगायत माग राखेका छन् ।

विद्यार्थीले कास्की जिल्ला प्रशासन कार्यालयमा पनि ध्यानाकर्षण गराएका छन् । ‘हामीले यसअघि नै ५४ दिन आन्दोलन गरेका हौँ,’ कलेजका विद्यार्थी अनित सिन्हाले भने, ‘कलेजले मन्त्रालयको निर्देशन मानेन । यस्तोमा हामी उधारो सहमति गर्दैनौँ ।’

विद्यार्थीमाथि नेसनल मेडिकल कलेजको ज्यादती
वीरगन्जस्थित नेसनल मेडिकल कलेजले विद्यार्थीमाथि ज्यादती नै गरिरहेको छ । सरकारले तोकेको शुल्कबाहेक कलेजले विद्यार्थीको बसोवास, खाना, विश्वविद्यालयलाई तिर्नुपर्ने शुल्क तथा काउन्सिललाई तिर्नुपर्ने शुल्क मात्र लिन पाउँछ । तर, नेसनल मेडिकल कलेजले प्रमोसन शीर्षकमा एक लाख २५ हजार, इन्टरनेटमा १२ हजार ६ सय लिँदै आएको छ । करिब एक दर्जन शीर्षकमा शुल्क असुल्दा पनि नपुगेर कलेजले ‘अन्य’ शीर्षकमा ४० हजार रुपैयाँ उठाउने गरेको छ ।

किस्ट मेडिकल कलेजले बढी शुल्क लिएको स्वीकार गर्दा पनि भएन कारबाही
किस्ट मेडिकल कलेजले एमबिबिएस अध्ययन गर्ने विद्यार्थीबाट तोकिएभन्दा बढी शुल्क लिएको अध्ययनबाट पुष्टि भयो । कलेजले अतिरिक्त शुल्क लिएको र त्यसको विरोध गर्ने विद्यार्थीलाई फेल गराएको विषयमा नयाँ पत्रिकामा गत चैतमा समाचार प्रकाशित भएपछि शिक्षा मन्त्रालय र सतर्कता केन्द्रले खटाएको छानबिन टोलीले अध्ययन गरेको थियो ।

टोलीले कलेजले बढी शुल्क लिएको र उत्तरपुस्तिकामा लापरबाही भएको प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाएको थियो । शिक्षा मन्त्रालयका सहचिव डा। हरिप्रसाद लम्साल नेतृत्वको चार सदस्यीय छानबिन टोलीले बढी लिएको शुल्क फिर्ता गर्न र कलेज सञ्चालकलाई प्रचलित कानुनअनुसार कारबाही गर्न सिफारिस पनि गरेको थियो ।

तर, कलेजमाथि अझैसम्म पनि कारबाही भएको छैन । विश्वविद्यालय शुल्क, परीक्षा शुल्क, रजिस्ट्रेसन, काउन्सिल शुल्कजस्ता शीर्षकमा कलेजले अतिरिक्त रकम विद्यार्थीबाट असुलेको थियो । सम्बन्धन दिने विश्वविद्यालय, राष्ट्रिय चिकित्सा शिक्षा आयोग र जिल्ला प्रशासन कार्यालयले समेत कलेजमाथि कारबाही गर्न सक्छ । तर, कसैले पनि किस्ट मेडिकल कलेजमाथि कारबाहीको पहल गरेका छैनन् ।

कुनै पनि मेडिकल कलेजले पेलपाल गर्छु भन्ने नसोचे हुन्छ : शिक्षामन्त्री पोखरेल
केही दिनयता मेडिकल शिक्षामा देखिएका समस्या समाधानमा मेरो सक्रियता बढेको छ । राष्ट्रिय चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष र त्रिविका उपकुलपतिलाई कार्यालयमै बोलाएर चितवन मेडिकल कलेजको समस्या समाधान गर्न भनेको थिएँ । काठमाडौं विश्वविद्यालयलाई पनि ऐन कार्यान्वयन प्रक्रियामा रहेकाले सोहीअनुसार काम गर्न भनेका छौँ ।

यसअघि शिक्षा मन्त्रालयले मेडिकल कलेजलाई दिएको निर्देशन कार्यान्वयन गराउन लागेका छौँ । निजी मेडिकल कलेजबाट ठगीमा परेका र बढी शुल्क लिएका केस छन् । ठगीको विषय भएको र जिल्ला प्रशासनमा समेत विद्यार्थीले उजुरी दिएकाले पछिल्लो समयमा गृहमन्त्रीसँग पनि छलफल गरेका छौँ ।

सिडिओ कार्यालयमा मुद्दा परेपछि तलबाट अनुसन्धान गरेर कारबाही हुनुपर्छ । शिक्षा मन्त्रालयले विश्वविद्यालयमार्फत जानुपर्छ । अब कुनै पनि मेडिकल कलेजले पेलपाल गरेर जान सक्छौँ भन्ने नसोचे हुन्छ । राष्ट्रिय चिकित्सा शिक्षा ऐन कार्यान्वयनको प्रक्रियामा गएका छौँ । समाचार नयाँ पत्रिका दैनिकबाट