४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

नेकपा सचिवालय बैठक : एकीकरणको १६ महिनापछि महानगरले पाए नेतृत्व

नेकपा सचिवालय बैठक : एकीकरणको १६ महिनापछि महानगरले पाए नेतृत्व
अ+ अ-

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले ६ वटा महानगरमा पार्टी अध्यक्ष र सचिवको टुंगो लगाएको छ । तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण भएको १६ महिनापछि महानगर कमिटीमा नेतृत्वको टुंगो लागेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको नेकपा सचिवालय बैठकले ६ वटा महानगरको अध्यक्ष र सचिव टुंगो लगाएको हो ।

नेकपा सचिवालय सदस्य एवं प्रवक्ता नारायाणकाजी श्रेष्ठले महानगर कमिटीको अध्यक्ष र सचिव टुंगो लागेको बताए । ‘सचिवालय बैठकले महानगर कमिटीको अध्यक्ष र सचिवको टुंगो लगाएको छ,’ श्रेष्ठले भने, ‘एकताको बाँकी सांगठनिक काम छिटै नै बस्ने अर्को बैठकले टुंगो लगाउँछ ।’ श्रेष्ठका अनुसार काठमाडौं महानगरको अध्यक्षमा निर्मल देउला र सचिवमा रवीन्द्र श्रेष्ठ, ललितपुर महानगरमा अध्यक्ष मन्जली शाक्य र सचिव ज्ञानेन्द्र शाक्य चयन भएका छन् ।

पोखरा महानगरको अध्यक्षमा दीपक पौडेल र सचिवमा विश्वप्रकाश लामिछाने, भरतपुर महानगर अध्यक्षमा रामप्रसाद न्यौपाने र सचिव ईश्वर सापकोटा छन् । यसैगरी, वीरगन्ज महानगरको अध्यक्षमा रोहवर अन्सारी र सचिवमा डा। विश्वम्भर शर्मा, विराटनगर महानगरमा अध्यक्ष सागर थापा र सचिव हेम कार्की चयन भएको श्रेष्ठले बताए । तत्कालीन एमाले र माओवादी केन्द्रबीचमा ३ जेठ २०७४ मा पार्टी एकीकरण भएको थियो ।

एकीकरण सभालाई सम्बोधन गर्दै पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाललगायतका शीर्ष नेताले तीन महिनाभित्रै पार्टी एकताको काम टुंगो लगाउने उद्घोष गरेका थिए । तर, पार्टी एकता भएको १६ महिना बित्दासमेत अहिलेसम्ममा पोलिटब्युरो कमिटी, आयोग, मञ्च, प्रवास कमिटीलगायतका एकताको सांगठनिक कार्य अझै टुंगो लागेको छैन ।

नेकपा स्रोतका अनुसार पोलिटब्युरो गठनका लागि तत्कालीन एमालेका तर्फबाट नामावली तयार भए पनि तत्कालीन माओवादी केन्द्रका तर्फबाट नामावली टुंगो लाग्न नसक्दा ढिलाइ भएको छ । नेकपामा ४४१ सदस्यीय केन्द्रीय कमिटी छन् । पार्टीको अन्तरिम विधानअनुसार केन्द्रीय कमिटीको एक तिहाइ अर्थात् १४७ जनाको पोलिटब्युरो कमिटी बनाउनुपर्छ ।

जसमा तत्कालीन एमालेलाई ८१ र माओवादीलाई ६६ जना भागबन्डा गर्ने सहमति शीर्ष नेताबीच यस अघि नै भइसकेको छ । यसैबीच पछिल्लो सचिवालय बैठकले चार जना नेतालाई केन्द्रीय सदस्यमा मनोनित गरेकाले यस संख्यामा घटबढ हुन सक्छ । समाचार राजधानी दैनिकबाट