४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

काठमाडौं–ओसाका: वाइडबडी विमान रित्तैजस्तै जान्छ, रित्तैजस्तै आउँछ

काठमाडौं–ओसाका: वाइडबडी विमान रित्तैजस्तै जान्छ, रित्तैजस्तै आउँछ
अ+ अ-

काठमाडौं । नेपाल एयरलाइन्स सीधै जापान उड्न थालेको छ। यसको व्यापारिक हालत भने पीडादायी छ। अर्थात्, वाइडबडी विमान रित्तैजस्तै जान्छ, रित्तैजस्तै आउँछ। अगस्ट २९ यता काठमाडौं–ओसाका–काठमाडौं १५ उडान भए। अहिलेसम्मको औसत यात्रु संख्या भने सिट क्षमताको १९ प्रतिशत मात्र छ। २ सय ७६ सिट क्षमताको वाडइबडी विमान अगस्ट ३१ मा त काठमाडौंबाट १८ जना बोकेर उड्यो।

‘ओसाका सेक्टर अत्यधिक घाटाको उडान हो’, निगमका उच्च अधिकारीहरू भन्छन्, ‘भाडा, दूरी र खर्च हेर्दा यस रुटको अकुपेन्सी ८० प्रतिशतभन्दा माथि पुगे मात्र नाफामा जान्छ।’ लामो गन्तव्य नपाएर एक वर्ष अलमलिएको वाइडबडी ओसाका उडाउने तयारी भइरहेको थियो। निगम दिवस जुलाई १ मा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्टै भने, ‘उडाउनुपथ्र्यो नारिता, उडाउन खोजिँदैछ ओसाका।’

नारिता राजधानी टोकियोसँगैको विमानस्थल हो। त्यसभन्दा टाढाको सहर ओसाकाबाट नेपाल आउने र यताबाट त्यहाँ जाने यात्रु तुलनात्मक निकै कम हुन्छन्। यो जापानको क्षेत्रीय केन्द्र हो, जहाँ नेपालसँग हवाई व्यापार चम्किने कुनै साइनो छैन। यात्रु नै छैननजापान उडानको पहिलो दिन अगस्ट २९ मा अहिलेसम्मका धेरै १ सय ४९ यात्रु थिए। तर, टिकट काटेका ८८ मात्र। बाँकी ६१ जना सित्तैंमा पाहुना बनाएर लगिएका। उनीहरूको टिकट र जापानको सम्पूर्ण खर्च निगमले व्यहोरेको थियो।

दुई दिनपछि १८ यात्रु लिएर गएको विमानले सित्तैंमा लगेको टोलीका सबैजसो ओसा¥यो। ६० यात्रु ल्याइएकामा टिकट काटेर आउने अति कम थिए। अहिलेसम्मको अवस्था हेर्दा काठमाडौं–ओसाकाभन्दा उताबाट आउनेको संख्या तुलनात्मक बढी छ। सेप्टेम्बर ३ मा २४ यात्रु लिएर गएको वाइडबढीले फर्कंदा भाग्यवश ६९ यात्रु पायो। यताबाट जाँदा भएका ८ उडानमा टिकट काटेका यात्रु सबैभन्दा धेरै सेप्टेम्बर १४ मा थिए– ३४ जना। उताबाट आउँदा सबैभन्दा धेरै सेप्टेम्बर ७ मा ८८ जना पुगेका छन्।

नारिताकै लागि प्रक्रिया अघि बढ्दै गर्दा निगमले हतारिएर ओसाका उडान सुरु गरेको थियो। यात्रु कम भएपछि पहिले तय भएको साताका तीन उडान घटाएर दुइटामा झारिएको छ। त्यसमा पनि प्रवद्र्धनात्मक भाडादर (सस्तो) मा सेवा दिइरहेको छ। ‘यात्रु बढे र भाडादर पनि बढ्यो भने मात्रै नाफाको कुरा गर्न सकिन्छ’, निगमका प्रवक्ता गणेशबहादुर चन्द भन्छन्।

पर्यटनमन्त्री योगेश भट्टराईले केही दिनअघि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणाधीन अवस्था अवलोकन गर्ने क्रममा स्थानीय सरोकारलालाई सोधेका थिए, ‘जहाजमा मान्छे मात्रै उडाउनुहुन्छ कि के पठाउनुहुन्छ ? ’ अर्थात्, जहाजले कार्गो पायो भने यात्रु नभए पनि धान्न सक्छ।

नेपाल एयरलाइन्सको काठमाडौं–ओसाका–काठमाडौं रुटमा कार्गोको सम्भावना पनि कम छ। पहिलो दिन २ हजार १ सय ७५ केजी, सेप्टेम्बर ३ मा १ सय १९ र सेप्टेम्बर १७ मा १ हजार ७ सय केजी कार्गो पाएको थियो। अन्य दिन शून्य छ।

ओसाका नै किन ? प्रधानमन्त्रीको भनाइ लत्याउँदै निगम ओसाका नै किन गयो ? त्यहींका अधिकारीहरू अचम्मित छन्। जब कि प्रवक्ता चन्द भन्छन्, ‘नारिताका लागि पनि जनवरीबाट साताको ३ उडानका लागि अनुमति पाउने अवस्था छ। त्यसको प्रक्रिया अन्तिम चरणमा पुगेको छ।’ उनका अनुसार विमानस्थलको उडान तालिका अर्थात् स्लट लिने काम भइसकेको छ।

‘ओसाकामा अहिले यात्रु कम छन्। नारिता गइएको थियो भने अलि बढी हुन्थे कि भन्नेचाहिँ आभास भएको छ’, उनले भने, ‘तर, अहिले ओसाका जाने यात्रु कम भए पनि उताबाट आउने करिब दुई सय जनाको अनुपातमा पुगिसकेका छन्।’ तथ्यांक हेर्दा ठीक उल्टो छ। चन्दका अनुसार नारिताको पहिल्यै तयारी भए पनि ओसाका अनुमति चाँडो आएकाले निगमले गन्तव्य परिवर्तन गरेको हुन सक्छ। ‘विस्तृत कारणचाहिँ म प्रवक्ता हुनुअघि नै निर्णय भएकाले अवगत भएन’, उनले भने।

ओसाका उडाउने निर्णयको व्यापारिक योजना भने अपरिपक्व देखिन्छ। निगमले जापानका लागि जनरल सेल्स एजेन्ट (जीएसए) पनि कसैलाई दिएको छैन। पब्लिक सेल्स एजेन्ट (पीएसए) का भरमा यति ठूलो क्षेत्रमा हात हालिएको छ। जीएसएले व्यापारिक रणनीतिसमेत बनाउँछ, न्यूनतम् सिटको ग्यारेन्टी लिन्छ। पीएसए केवल टिकट काटिदिन उपयोगमा आउँछ।

निगमका एक अधिकारी भन्छन्, ‘प्रयोगै प्रयोगमा नेपाल एयरलाइन्स खोक्रो हुने भयो।’ समाचार अन्नपुर्णपोष्ट दैनिकबाट