१२ श्रावण २०८३, मंगलवार
,
Latest
निर्वाचन आयोगलाई प्रविधिमैत्री र विश्वसनीय बनाउन सांसद पुनको जोड निर्वाचन प्रणाली र सुरक्षा निकायको भुमिकामाथि सांसद खत्रीको प्रश्न लघुवित्त पीडितले थाले आमरण अनसन प्रदेश सभाको निर्वाचनमा विदेशमा रहेका नेपालीलाई मतदानमा सहभागी गराउन सकिन्छः प्रश्तावित निर्वाचन आयुक्त वाग्ले निर्वाचन आयुक्तको कार्ययोजना मापनयोग्य र नतिजामुखी हुनुपर्छः दंगाल विदेशमा रहेका नेपालीलाई मतदानको अवसरदेखि ई–भोटिङसम्म, यस्ताे छ प्रस्तावित निर्वाचन आयुक्त वाग्लेको कार्ययोजना देवानगञ्ज हिंसाबारे निष्पक्ष छानबिन गर्न राप्रपाको माग, पीडितलाई न्याय दिन आग्रह निर्वाचनलाई निष्पक्ष र धाँधलीरहित बनाउनु नै प्रमुख चुनौतीः उपनेता अर्याल गण्डकी प्रदेशका दुई हजार ४३१ व्यावसायिक फर्मलाई कानुनी कारबाही नेपाल–क्यानडा द्विपक्षीय परामर्श संयन्त्र बैठक
तपाईं के खोज्दै हुनुहुन्छ ?

नारायणी अस्पतालका चिकित्सकद्वारा सामूहिक राजीनामा



अ+ अ-

काठमाडाैँ । वीरगन्जस्थित नारायणी अस्पतालका चिकित्सकहरूले सामूहिक राजीनामा दिएका छन्। गत शनिबार अस्पतालमा भएको तोडफोड तथा चिकित्सकमाथि भएको कुटपिटको विरोधमा चिकित्सकहरूले सामूहिक राजीनामा दिएका हुन्।

चिकित्सकमाथि भएको कुटपिट र अस्पतालमा भएको तोडफोडको घटनामा दोषीमाथि कारबाही तथा सुरक्षाको माग गर्दै चिकित्सकहरू आन्दोलनमा उत्रिएका थिए। उनीहरूले पर्साका प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुख (एसपी) को राजीनामा माग गरेका थिए।

आफ्ना माग पूरा नभएपछि चिकित्सकहरूले सामूहिक राजीनामा दिएका हुन्। उनीहरूले प्रमुख जिल्ला अधिकारी र एसपीको राजीनामा नआए देशभरका चिकित्सकले समेत सामूहिक राजीनामा दिने चेतावनी दिएका छन्।

अस्पतालमा कार्यरत बालरोग विशेषज्ञ डा. रामसुफल रामका अनुसार नारायणी अस्पतालमा कार्यरत ७० जना चिकित्सकमध्ये ३० जनाले सोमबार राति १० बजे नै अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. चित्तरञ्जन साहसमक्ष राजीनामा बुझाइसकेका छन्।

चिकित्सकहरूले अस्पतालमा सुरक्षित र भयमुक्त वातावरणमा काम गर्ने अवस्था सुनिश्चित गर्नुपर्ने मागसमेत राखेका छन्।




भर्खरै