४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

संवैधानिक इजलास बस्न नसक्दा ४५० मुद्दा प्रभावित

संवैधानिक इजलास बस्न नसक्दा ४५० मुद्दा प्रभावित
अ+ अ-

काठमाडौं । प्रधानन्यायाधीश र न्यायाधीशको बेवास्ताका कारण एक महिनादेखि संवैधानिक इजलास प्रभावित बनेको छ । संवैधानिक इजलास बस्न नसक्दा संवैधानिक प्रश्नसँग जोडिएका ४५० बढी मुद्दाको फैसला हुन सकेको छैन । न्यायपरिषद्को २८ साउनको बैठकले संवैधानिक इजलासमा थप ६ जना न्यायाधीशको नाम सिफारिस गरेयता संवैधानिक इजलास बस्न सकेको छैन ।

संवैधानिक इजलासमा यसअघि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा, न्यायाधीशहरू दीपककुमार कार्की, केदारप्रसाद चालिसे, मीरा खड्का र हरिकृष्ण कार्की थिए । न्यायपरिषद्ले सिफारिस गरेका थप ६ जना न्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा। आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा, प्रकाशमान सिंह राउत र सपना प्रधान मल्ल छन् ।

नयाँ सिफारिस भएका न्यायाधीशसँगै संवैधानिक इजलास ११ जनाको भएको छ । तर, सिफारिस भएका न्यायाधीशले अहिलेसम्म संवैधानिक इजलासमा बस्न पाएका छैनन् । इजलास गठन गर्ने र न्यायाधीश सिफारिस गर्ने अधिकार प्रधानन्यायाधीशलाई दिइएको छ । प्रधानन्यायाधीशले नै ‘हेर्न नमिल्ने’ मुद्दा यस्तो इजलासमा प‍र्यो भने के गर्ने भनेर संविधानले भरपर्दो निकास पनि खोलिदिएको छैन ।

यसकारण, कतिपय हेर्न नमिल्ने मुद्दा पनि संवैधानिक इजलासमा पर्दै आइरहेको छ । इजलास गठनको मनमौजीका कारण नागरिकका हक अनिर्णयको बन्दी हुने अवस्था देखिएको छ ।
कानुनी व्यवस्थाका अलावा न्यायाधीश आचारसंहिता, २०६५ ले पनि आफ्नो स्वार्थ जोडिएको विषयमा आफैं निर्णय गर्न नहुने भनेको छ । प्राकृतिक न्यायको सिद्धान्तसमेतका दृष्टिले सो इजलासमा तोकिएका न्यायाधीशले ‘हेर्न नमिल्ने’ अवस्था आइपर्न सक्छ ।

संवैधानिक इजलासमा राजनीतिसँग जोडिएका र संवैधानिक प्रश्नसँग जोडिएको मुद्दाको चाङ छ । पूर्वराजा ज्ञानेन्द्र शाहकी छोरी प्रेरणाले नेपाल ट्रस्टको नाममा गएको १५ रोपनी १ आना जग्गा र घर आफ्नो नाममा रहेको दाबी गर्दै दायर गरेको सम्पत्तिसम्बन्धी मुद्दा संवैधानिक इजलासमा विचाराधीन छ । त्यस्तै, पाँच बढी क्यासिनोले बुझाउनुपर्ने अर्बौं रुपैयाँ रोयल्टीसम्बन्धी मुद्दा संवैधानकि इजलासमा घुमिरहेको छ ।

मुद्दा फैसला नहुँदा राज्यले अर्बौं रुपैयाँ राजस्व गुमाइरहेको छ । अख्तियारको क्षेत्राधिकारमाथि प्रश्न उब्जाउँदै नरेन्द्रकुमार काफ्ले र धु्रवप्रसाद यादवलगायतले २०६८ सालमा दिएको रिटमा अन्तिम छिनोफानो हुन बाँकी छ । यस्ता ४९ वटा पाँच वर्ष पुराना रिट अझै थाती छन् । अदालतको अवहेलना, निर्वाचनसँग सम्बन्धित मुद्दा र प्रदेश तगा स्थानीय तहसँग जोडिएका एक दर्जन मुद्दा संवैधानिक इजलासमा वर्षौंदेखि अल्झिएको छ । संवैधानिक इजलासमा एक जना न्यायाधीश मात्रै अनुपस्थित हुँदा मात्रै इजलास बस्न सक्दैन ।

हाल दुई न्यायाधीश बिदामा रहेकाले इजलास बस्न सकिरहेको छैन । संवैधानिक इजलासमा अहिले मौलिक हक प्रचलन, संविधानसँग बाझिएका कानुन, स्थानीय तह, प्रदेश र संघबीचको विवाद, सरकारका अवैधानिक कार्यलगायत विषयमा संवैधानिकताको प्रश्न उब्जाउँदै दायर सार्वजनिक सरोकारका रिट झन्डै दुई सयको संख्यामा छन् ।

सातामा बुधबार र शुक्रबार मात्र इजलास तोकिन्छ । एक दिनमा चारपाँच भन्दा सुनुवाइ हुँदैन । बाँकी सबै ‘हेर्न नभ्याइने’ को सूचीमा पर्छन् । फेरि अरू दुई–तीन महिना पछि धकेलिन्छन् । दक्षिण कोरिया, ब्राजिललगायतका मुलुकमा छुट्टै संवैधानिक अदालत हुने भए पनि नेपालको संविधानले भने संवैधानिक इजलासको मात्रै व्यवस्था गरेको छ । यसले संविधानविपरीत र संविधानसँग बाझिएका ऐन–नियमका व्यवस्था बदर गर्ने गर्छ । दलहरूले संवैधानिक अदालत नै राख्न चाहे पनि सो कार्य असम्भव भएको थियो ।

के छ संविधानको धारा १३७ मा ?
नेपालको संविधानको धारा १३७ को उपधारा (१) मा सो इजलासमा प्रधानन्यायाधीश र न्यायपरिषद्को सिफारिसमा प्रधानन्यायाधीशले तोकेका अन्य ४ न्यायाधीश हुने उल्लेख छ । सो व्यवस्थाका कारण समस्या भएपछि संवैधानिक प्यानल गठन गर्ने निर्णय परिषद्ले गरेको थियो । संवैधानिक इजलासले संघ र प्रदेश, प्रदेश र प्र्रदेश र स्थानीय तह तथा स्थानीय तहहरूबीचको अधिकार क्षेत्रबारे भएको विवादको निरूपण गर्नेछ ।

संघीय संसद् वा प्रदेशसभा सदस्यको अयोग्यतासम्बन्धी विषय हेर्नेछ । संविधानको धारा १३३ ले जुनसुकै कुरा लेखेको भए पनि सर्वोच्च अदालतमा विचाराधीन कुनै मुद्दामा गम्भीर संवैधानिक व्याख्याको प्रश्न समावेश भएको देखिएमा त्यस्ता मुद्दा संवैधानिक इजलासमा हेर्ने गरी प्रधानन्यायाधीशले तोक्न सक्नेछ । समाचार राजधानी दैनिकबाट