४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

बागेश्वरी मन्दिरको सम्पत्ति सार्वजनिक: ८४ बिगाहा व्यक्तिको नाममा गएको कागज भेटिएन

बागेश्वरी मन्दिरको सम्पत्ति सार्वजनिक: ८४ बिगाहा व्यक्तिको नाममा गएको कागज भेटिएन
अ+ अ-

बाँके। नेपालगन्जमा रहेको बागेश्वरी मन्दिरको ८४ बिगाहा जमिन व्यक्तिको नाममा नामसारी भएको कागजात फेला पार्न सकिएको छैन। बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समिति, नेपालगन्जले करिब दुई वर्षको अवधिमा मन्दिरको सम्पत्ति खोजबिन गर्दा इन्द्रपुरमा रहेको ८४ बिगाहा १० कठ्ठा १० धुर जग्गा कसरी व्यक्तिको नाममा गयो भन्ने पत्ता लगाउन नसकेको हो।

समितिले शनिबार पत्रकार सम्मेलन गरेर मन्दिरको सम्पत्ति सार्वजनिक गर्दा ८४ बिगाहा जमिन कानुनतः हो कि अवैधानिकरूपमा व्यक्तिको नाममा नामसारी भएको हो भन्ने पत्ता लगाउन नसकेको जनाएको छ। २०२७ पुस १३, २०२८ कात्तिक १४ र २०५७ असोज १७ गतेको निर्णयअनुसार बागेश्वरीको नाम कठ्ठा भई रैतान नम्बरी कायम गरी इन्द्रपुरको ८४ बिगाहा जमिन करिब ३ सय जनाको नाममा नामसारी भएको छ।

त्यति बेलाका निर्णयहरू प्राप्त हुन सकेको छैन। सम्पत्ति खोजबिन उपसमितिकी संयोजक एवं नेपालगन्ज उपमहानगरपालिकाकी उपमेयर उमा थापामगरले मन्दिरको नाममा रहेको ८४ बिगाहा जमिन कसरी व्यक्तिको नाममा गयो रु कानुनतः गएको हो कि अवैधानिकरूपमा गएको हो खोजबिन गरिरहेका छौं भने । उनले यी जग्गा रैकर कायम गरेर नामसारी भएको देखिएको जानकारी दिँदै रैकरसम्बन्धी व्यवस्था २०४०/०४१ सालमा भएकाले २०२७/०२८ सालमा कसरी त्यो व्यवस्थाअनुसार काम भयो ? अन्योल बनाएको बताए ।

बागेश्वरीको यो जग्गाको विषयमा सरकारी, सार्वजनिक र गुठी जग्गा संरक्षण जाँचबुझ आयोगको टोलीले पनि छानबिन गरिरहेको छ। टोलीका सदस्यहरू नेपालगन्ज आएर विभिन्न व्यक्तित्वलाई भेटेर फर्किसकेका छन्। नेपालगन्जमा गठन भएको मन्दिरको सम्पत्ति खोजबिन उपसमितिले काठमाडौंको गुठी जग्गा संरक्षण जाँचबुझ आयोगको टोलीसँग मिलेर जग्गा खोजबिनको काम गरिरहेको संयोजक थापाले बताए ।

२०२७, २०२८ र २०५७ सालको शुरुआती निर्णयअनुसार ६३ जनाको नाममा जग्गा गएको छ। २०५७ सालमा करिव १५ बिगाहा जमिन महन्तको नाममा आएको छ। फेरि–फेरिको निर्णयअनुसार ८४ बिगाहा जमिन करिब ३ सय जनाको नाममा पुगेको छ। महन्तको नाममा अहिले जग्गा नदेखिएको बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समितिका कानुनी सल्लाहकार लोकबहादुर शाहले जानकारी दिए ।

योबाहेक मन्दिरसँग खजुराखुर्दमा ३ बिगाहा १६ कठ्ठा, मन्दिर परिसरमा १ बिगाहा १८ कठ्ठा, परसपुरमा ३ कठ्ठा १ धुर जग्गा रहेको छ। गुठी व्यवस्थापन समितिका अनुसार, २०७६ असारसम्ममा २१ लाख १० हजार १ सय ६५ रुपियाँ बैंक खातामा रहेको छ। त्योबाहेक १२ लाख रुपियाँ फिक्स डिपोजिट रहेको छ।

समिति आउनुअघि १६ लाख ३८ हजार ७ सय ९६ रुपियाँ खातामा थियो भने १७ लाख ८ हजार १ सय २३ रुपियाँ विद्युत् महसुल बुझाउन बाँकी थियो। मन्दिरमा रहेको दुईवटा तिजौरीमा ‘गहना र पैसा’ रहेको हल्लाका बीच मालपोत कार्यालयमा लगेर २०७४ फागुन ३० गते खोल्दा २० किलो ३ सय ४ ग्राम चाँदी र २ तोला जति सुनका गहना फेला परेका थिए। त्यो नेपाल बैंक लिमिटेडको लकरमा राखिएको छ।

नयाँ समिति आइसकेपछि मन्दिरमा सुनको आखिया, नथुनी २र२ थान, तार र बिन्दिया एक÷एक थान, तिलहरी चार थान प्राप्त भएको छ।त्यस्तै, चाँदीका छत्तर ६ थान, आखिया २ थान र पाउदान, बेलपत्र, सिंहासन, लक्ष्मीको मूर्ति, गणेशको मूर्ति र चाँदीको बिन्दिया एकरएक थान जम्मा भएका छन्। समाचार नेपाल समाचारपत्र दैनिकबाट