७ पुष २०८२, सोमबार
,
Latest
जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न एस्टन भिल्लासँग हार्यो म्यान्चेस्टर युनाइटेड
तपाईं के खोज्दै हुनुहुन्छ ?

रेशम चौधरी स-सम्मान जेलमुक्त हुने : प्रचण्ड



अ+ अ-

काठमाडौं । टीकापुर घटनाबारे नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुद्दा फिर्ता लिने प्रक्रिया अघि बढेको बताएका छन्।
आइतबार सुनसरीमा आयोजित एक कार्यक्रममा बोल्दै प्रचण्डले यस विषयमा केहीदिन अघि बालुवाटारमा छलफल भएको बताएका हुन् ।

‘टीकापुर घटनाको सन्दर्भ आयो। अस्ती भर्खरै हामीले बालुवाटारमा यो विषयमा छलफल गरेर सबै झुठा मुद्दाहरू खारेज गर्ने सैद्धान्तिक निर्णय गरेका छौं र खारेजीको प्रक्रियामा अघि बढिएको छ,’ प्रचण्डले भने,‘मलाई विश्वास छ केही समयपछि झुठा मुद्दाहरू खारेज हुन्छन्। र थारूहरू जो अहिले पनि बन्दी अवस्थामा रहेका छन्। उनीहरू मुक्त हुन्छन्।’

टीकापुर घटनाकाको मुद्दामा अहिले जेलमा रहेका राष्ट्रिय जनता पार्टी नेपालका प्रतिनिधि सभा सदस्य रेशम चौधरी पनि स-सम्मान जेलमुक्त हुने प्रचण्डले संकेत गरे।

‘जनताको मतबाट जितेका माननीयहरूलाई स-सम्मान ल्याउने वातावरण बन्छ भन्ने मेरो विश्वास पनि तपाईंहरूको अगाडि राख्न चाहन्छु,’ प्रचण्डले भने।

आफूले नेतृत्व गरेको माओवादी आन्दोलनका क्रममा जेल परेकाहरू अहिले पनि जेलमै रहेकाले टीकापुर घटनामा जेल परेकाहरूको पीडा आफूले बुझेको प्रचण्डले बताए।