२९ भाद्र २०८३, सोमबार
,
Latest
जग्गा तथा आवास निर्माण प्रदर्शनी आयोजना हुँदै तीज : पशुपतिनाथमा बिहान १० बजेपछि बढे महिला दर्शनार्थी पुनःस्थापनामा स्रोतको कमी हुन दिँदैनौँ : प्रधानमन्त्री शाह नागरिक लगानी कोषको पुँजी, लगानी र सञ्चालन दायरा विस्तार गर्नेगरी नयाँ कानुन बन्दै कन्काइ पुल अलपत्र पार्नेलाई जरिवाना देउवा पक्षद्वारा संस्थापनको महाधिवेशनसम्बन्धी निर्णय अस्वीकार नेवार समुदायमा चथा पर्व मनाइँदै ट्रम्प प्रशासनद्वारा विद्युत् केन्द्रका कार्बन उत्सर्जन सीमा खारेज गर्ने तयारी उत्तर कोरियाद्वारा सैन्य शक्ति प्रदर्शनको दाबी बाढीपीडितलाई सहयोग गर्ने सन्देशसहित सांस्कृतिक कार्यक्रम
तपाईं के खोज्दै हुनुहुन्छ ?

लागुऔषधसहित पाँच जना पक्राउ



अ+ अ-

विराटनगर।  कोशी प्रदेश प्रहरी कार्यालयले झापा, मोरङ र सुनसरी जिल्लाका विभिन्न स्थानबाट लागुऔषधसहित पाँच जनालाई पक्राउ गरी आवश्यक अनुसन्धान सुरु गरेको छ ।

इलाका प्रहरी कार्यालय काकँरभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काकँरभिट्टाको संयुक्त प्रहरी टोलीले झापाको अर्जुनधारा नगरपालिका-११ का २१ वर्षीय विवेक जबेगुलाई छ ग्राम ५०० मिलिग्राम लागुऔषध ब्राउनसुगर र प्र१-०१-०१३ प ५२ नं को मोटरसाइकलसहित नियन्त्रणमा लिएको कार्यालयका प्रवक्ता एवं वरिष्ठ प्रहरी उपरीक्षक योगेन्द्रसिंह थापाले जानकारी दिनुभयो ।

वडा प्रहरी कार्यालय भद्रपुर झापाले अर्जुनधारा-९ का २२ वर्षीय अरमान खानलाई दुई ग्राम चार मिलिग्राम ब्राउनसुगरसहित नियन्त्रणमा लिएको छ ।

यसैगरी, अस्थायी प्रहरीचौकी डाम्राभिट्टाले रतुवामाई नगरपालिका-८ का २९ वर्षीय मोहन बास्कीलाई २२० मिलिग्राम ब्राउनसुगर र  प्रहरीचौकी रमाइलोले बेलबारी नगरपालिका-११ का २९ वर्षीय रणध्वज राईलाई छ ग्राम ३८० मिलिग्राम ब्राउनसुगर र प्र१-०२-०४४ प११८ नं को मोटरसाइकलसहित नियन्त्रणमा लिएको हो ।

प्रहरीचौकी नरसिंहटप्पु सुनसरीले साउन ९ गते साँझ धनकुटा-१ घर भई हाल इटहरी उपमहानगरपालिका-४ मा कोठा भाडामा बस्दै आएका ३५ वर्षीय मनबहादुर थापालाई १०८ ग्राम ३० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको छ ।

पक्राउ परेका सबै जनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रवक्ता थापाले जानकारी दिनुभयो । रासस