१० श्रावण २०८३, आईतवार
,
Latest
किसानको खेतमै पुगेर प्राङ्गारिक मलको प्रयोग बढाउन मन्त्री चौधरीको आग्रह मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी सुनचाँदीको मूल्य बढ्यो सुरक्षा जाँच छल्ने प्रयास असफल, लागूऔषधसहित युवक पक्राउ प्रवासी नेपालीलाई मातृभूमिको विकासका निम्ति लगानी गर्न अर्थमन्त्रीको आग्रह ‘नाउल’ टाइफुनले दक्षिणी चीनमा जनजीवन प्रभावित ‘कालोपत्रे सडक निर्माणसँगै फेरियो घ्याङलेखवासीको दैनिकी’ सरकारलाई कुलमान घिसिङकाे प्रश्नः उद्योगको अर्बौं बक्यौता असुलीमा किन मौन? नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सोमवार उद्घाटन गरिँदैः तत्कालका लागि आकस्मिक सवारीलाई मात्र अनुमति वेस्ट बैंकमा घातक आक्रमणपछि इजरायली सेनाद्वारा ‘वृहत’ सैन्य कारबाहीको तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतको हिमाञ्चल प्रदेशमा गुडिरहेको सवारी साधनमा ढुङ्गा खस्दा १३ जनाको मृत्यु



अ+ अ-

नयाँदिल्ली। भारतको उत्तरी पहाडी राज्य हिमाञ्चल प्रदेशमा शुक्रवार गुडिरहेको एक सवारी साधनमा ठूलो ढुङ्गा खस्दा १३ जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा परी अन्य दुई जना घाइते भएको स्थानीय अधिकारीहरूले पुष्टि गरेका छन् ।

हिमाञ्चल प्रदेशको चम्बा जिल्लास्थित कढुनाला–राहुली क्षेत्र नजिकै सो दुर्घटना भएको हो । पहाडबाट खसेको ढुङ्गाले थिच्दा सवारी साधनको पछाडिको भागमा आगलागी भएको थियो ।

दुर्घटनाग्रस्त सवारी साधनमा १५ जना सवार रहेको बताइएको छ । घाइते दुई जनालाई उद्धार गरी उपचारका लागि स्थानीय अस्पतालमा भर्ना गरिएको छ ।

प्रारम्भिक जानकारी अनुसार दुर्घटनाका पीडितहरू स्थानीय बासिन्दा रहेका छन् । घटनालगत्तै स्थानीय विपद् व्यवस्थापन टोलीले घटनास्थल पुगेर सडक मर्मत तथा अवरोध हटाउन केही समय यातायात बन्द गरेको थियो । सिन्ह्वा/न्युज एजेन्सी नेपाल