४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

नागढुंगा–सिस्नेखोला सुरुङ : ४२ महिनाभित्रमै निर्माण गर्ने सम्झौता

नागढुंगा–सिस्नेखोला सुरुङ : ४२ महिनाभित्रमै निर्माण गर्ने सम्झौता
अ+ अ-

काठमाडौं । ४ दशमलव ५१ किलोमिटर लामो नागढुंगा–सिस्नेखोला सुरुङमार्ग निर्माणको ठेक्का सम्झौता भएको छ । ४२ महिनामा काम सक्ने गरी जापानी कम्पनी हाज्मा आन्दो कर्पोरेसनले सुरुङमार्गको ठेक्का लिएको छ । सडक विभागअन्तर्गतको अन्तर्राष्ट्रिय सहयोग महाशाखा प्रमुख अर्जुनजंग थापा र कम्पनीका प्रतिनिधिबीच सोमबार सम्झौतामा हस्ताक्षर भएको हो ।

सडक विभागका अनुसार सुरुङमार्ग
निर्माणका लागि चीन, भारत, टर्की, कोरिया, जापान र नेपालका ३९ कम्पनी टेन्डर प्रतिस्पर्धामा थिए । सवा १३ अर्ब रुपैयाँमै सुरुङमार्ग निर्माण गर्न सहमत भएपछि हाज्मा आन्दो कर्पोरेसनले निर्माणको जिम्मा पाएको थियो । सडक विभाग वैदेशिक महाशाखाका प्रमुख थापाले सहभागीमध्ये हाज्माको ठेक्का रकम कम भएको जानकारी दिए ।

तोकिएको समयभन्दा झन्डै दुई वर्ष ढिलो गरी भएको ठेक्का सम्झौताअनुसार अब आयोजना सन् २०२३ मा मात्र सम्पन्न हुनेछ । सन् २०१६ मा जापानसँग सहुलियत दरमा ऋण सम्झौता हुँदा २०१८ मध्यदेखि नै आयोजना निर्माण थालेर २०२१ भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । तर, खरिद सम्झौता प्रक्रिया, जग्गा प्राप्तिजस्ता कारणले सम्झौतामा ढिलाइ भएको हो ।

कम्पनीले तिहारलगत्तै काम थाल्ने जानकारी दिएको छ । हाज्मा आन्दोका महाप्रबन्धक सिओसी हिरोसेले तोकिएकै समयमा काम सम्पन्न गर्ने बताए । ‘कम्पनीले यसअघि कोटेश्वर–सूर्यविनायक सडक र बिपी राजमार्ग निर्माण गरिसकेको छ । यो पनि समयमा काम सक्नेमा विश्वस्त छौँ,’ महाशाखा प्रमुख थापाले भने ।

सुरुङमार्ग निर्माणका लागि जापानी सहयोग नियोग जाइकाले नेपाललाई १६ अर्ब रुपैयाँ सहुलियत ऋण उपलब्ध गराउनेछ । सरकारले १० वर्षसम्म यसको ब्याज तिर्नुपर्दैन । त्यसपछि भने .०१ प्रतिशतका दरले प्रतिवर्ष ब्याज भुक्तानी गर्नुपर्नेछ । ३० वर्षभित्र ऋण चुक्ता गरिसक्नुपर्ने सम्झौता छ । मुआब्जाका लागि आवश्यक रकम भने सरकारले आन्तरिक स्रोतबाट जुटाउनेछ ।

काठमाडौंको बलम्बुबाट सुरु हुने सुरुङमार्ग धादिङको सिस्नेखोलामा पुगेर टुंगिनेछ । आसपास पर्ने जग्गाको मुआब्जा वितरण सुरु भइसकेको छ । महाशाखाले काठमाडौंमा मुआब्जा वितरणका लागि दुई सय ८० घरपरिवार निर्धारण गरेको छ । त्यसमध्ये दुई सय ५० ले मुआब्जाका लागि निवेदन दिएका थिए । प्रतिआना नौदेखि ४२ लाख रुपैयाँसम्म मुआब्जा निर्धारण गरिएको छ ।

तीन लेनको सुरुङमार्गको कुल लम्बाइ २.६८८ किमि छ । त्यसबाहेक २.४५ किमी भने सडकको भाग हुनेछ । सुरुङ र सडकको कुल लम्बाइ ४.५१ किलोमिटर रहनेछ । उपत्यका प्रवेश गर्ने सवारीसाधन दुई लेनबाट यात्रा गर्नेछन् । बाहिरिने सवारीसाधन एक लेनबाट जानेछन् । नयाँ पत्रिका दैनिकबाट