९ श्रावण २०८३, शनिबार
,
Latest
विदेश भ्रमणको बहानामा ठगी गर्ने ‘ओसिस टुरिज्म’मा प्रहरीको छापा, दुई सञ्चालक पक्राउ राणाकालीन इतिहास र धार्मिक पर्यटनलाई जोड्दै चुरियामाई विवाह र सन्तान उत्पत्तिको प्राकृतिक अनिवार्यता : एक अनुभूति मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने मन्त्री चौधरीको भनाइ रुसी जोखिमबीच युक्रेनले सीमा बलियो बनाउँदै यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई पर्यटन क्षेत्रमा जोड्न बारिष्टा तालिम हुथी विद्रोहिद्वारा साउदी अरेबियामा आक्रमण फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित किभ क्षेत्रमा रुसी क्षेप्यास्त्र हमला, १० जनाको मृत्यु प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन
तपाईं के खोज्दै हुनुहुन्छ ?

हुथी विद्रोहिद्वारा साउदी अरेबियामा आक्रमण



अ+ अ-

साउदी अरेबिया। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको उत्कर्षमा रहेको मध्य पूर्व युद्धबिच इरानमा नयाँ आक्रमण योजना सार्वजनिक भएपछि तेहरान समर्थित हुथी विद्रोहीले शनिबार साउदी अरबियामा मिसाइल आक्रमण गरेको दाबी गरेको छ ।

यो सँगै लगातार १३ औँ रात अमेरिकी सेनाले इरानी सैन्य लक्ष्यमा आक्रमण गरेपछि शनिबार पुनः आक्रमणको घोषणा गरेको छ । यद्यपी हुथी विद्रोहीले दक्षिणी साउदी सहर जिजानमा क्षेप्यास्त्र आक्रमण गरेको दाबी गर्दै यस क्षेत्रमा द्वन्द्व फैलिएको केही समय अघि इरान माथि ठूलो आक्रमण गर्ने तयारी तथा निर्णय नगरेको ट्रम्पले बताउनुभएको छ ।

विद्रोहीले शीर्ष तेल उत्पादकले समुद्री नाकाबंदीको घोषणापछि र लाल सागरमा यसका जहाजमा प्रहार गरेको तथा हुथीले अमेरिकी सहयोगी रियादको सैन्य लक्ष्यमा आक्रमण गरे पछि युद्धको “खतरनाक वृद्धि” भएको आरोप लगाएका थिए । गत फेब्रुअरीमा तेहरानमा अमेरिका-इजरायली आक्रमणपछि यस क्षेत्रलाई समेटेर युद्ध भड्किएको र महत्वपुर्ण समुद्री मार्ग स्ट्रेट अफ होर्मुजमा इरानको समानान्तर नाकाबंदीको उत्कर्षमा पुगेको जनाइएको छ ।

रियादको नागरिक सुरक्षा एजेन्सीले शनिबार प्रभावित सहरका बासिन्दा र यानबुको लागि चेतावनी जारी गरेको थियो । साउदी नेतृत्वको गठबन्धनले हुथीको केन्द्रमा आक्रमण गरेको र लाल सागरको जहाजमा आक्रमणको प्रतिक्रियामा व्यापारिक जहाजलाई धम्की दिने लक्ष्य नष्ट गरेको बताएपछि यो चेतावनी जारी गरिएको हो ।

यमनको एक सुरक्षा स्रोतलाई बताउदै एएफपीले होदेइडाको बन्दरगाह सहरमा रहेको नौ–सैनिक आधार र कामरान टापुमा रहेको सैन्य शिविर साउदी लक्ष्यमा रहेको बताएको छ । हुथीले यस हप्ताको सुरुमा दुई वटा साउदी जहाजमा आक्रमण गरेको दाबी गरेको छ भने साउदी अरेबियाले लाल सागरमा भएको एउटा आक्रमणको पुष्टि गरेको छ ।

हाल तेहरान वासिङ्टनसँगको वार्तामा “गम्भीर” हुँदै जाँदा ट्रम्पले इरानमाथि ठुलो अपरेसन हुने बताए पछि तनाव बढेको हो । यद्यपी इरानलाई कडा प्रहार गर्ने निर्णय गरेको हो, भनेर सोधिएको प्रश्नमा ट्रम्पले पत्रकारलाई यस्तो कुनै योजना नभएको र हाल लाई युद्धबाट निराश भएको बताएको जनाइएको छ । लगभग दुई हप्ताको अमेरिकी आक्रमणले युद्ध–विरामलाई बिगारे पछि इरानसँग सम्झौता गर्ने वा अझै उच्च स्तरको आक्रमणको सामना गर्ने मध्ये एक विकल्प रहेको ट्रम्पले बताउनुभएको छ ।

ट्रम्पले युद्ध चार वा पाँच हप्ता चल्ने बताउँदै इरान आणविक हतियार विकास गर्ने विषयमा सम्झौतामा नआएसम्म आक्रमण जारी रहने उल्लेख गर्नु भएको छ । यसैबिच अमेरिकाले इरानले महत्त्वपूर्ण स्ट्रेट अफ होर्मुज बन्द गर्न बाट रोक्नका लागि आक्रमण गरिरहेको पनि बताउदै आएको छ । इरानले भने अमेरिकी अड्डामा भएको आक्रमणको जवाफी आक्रमणमा चार जना सैनिकको मृत्यु भएको जनाइएको छ ।

इरानी सेनाले शुक्रबार बहराइन, जोर्डन र कुवेतमा अमेरिकी सैन्य सम्पत्तिलाई लक्षित गरी आक्रमण गरेको बताएको छ । यसैबिच, इरानको रिभोलुसनरी गाड्र्सले बहराइनको अमेजन “डाटा सेन्टर” लाई लक्षित गरी आक्रमण गरेको बताएको छ । संयुक्त राज्य अमेरिकाबाट भने यसका सुविधा वा कर्मचारीलाई लक्षित गरेको कुनै पुष्टि भएको छैन ।

यसैबिच चिनियाँ विदेश मन्त्री वाङले मध्यपूर्व र खाडी क्षेत्रमा तनाव कम गर्ने उद्देश्यले वार्ता पुनः सुरु गर्न र समझदारी ज्ञापनपत्र कार्यान्वयन गर्न आह्वान गरेको चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ । रासस/एएफपी