४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

वकिल, न्यायाधीश, कर्मचारी र नेता मिलेर ९२ रोपनी जग्गा हाउजिङको नाममा

वकिल, न्यायाधीश, कर्मचारी र नेता मिलेर ९२ रोपनी जग्गा हाउजिङको नाममा
अ+ अ-

काठमाडौं । वकिल, न्यायाधीश, कर्मचारी र नेता मिलेर काठमाडौंको ९२ रोपनी सरकारी जग्गा हाउजिङको नाममा दर्ता गरेको प्रहरी अनुसन्धानमा देखिएको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले यो प्रकरणमा तीन वकिलसहित पाँचजनालाई पक्राउ गरी मुद्दा प्रक्रिया अघि बढाएको छ ।

चन्द्रागिरि नगरपालिकाको बाँडभञ्ज्याङस्थित ९२ रोपनी दुई आना जग्गा मालपोत कार्यालय कलंकीले ०७२ मा सुयल हाउजिङ कम्पनीको नाममा गरिदिएको थियो । जसमा वकिल, न्यायाधीश, मालपोत कर्मचारी र नेताको समेत संलग्नता भेटिएको सिआइबीले जनाएको छ ।घटनामा संलग्न वकिलहरू रामबहादुर शाह, योगेन्द्र पोखरेल र बाबुराम शर्मा रेग्मीलाई सिआइबीले पक्राउ गरेको छ ।

त्यस्तै, मालपोत कार्यालय कलंकीका तत्कालीन अधिकृत शिवकुमार रिमाल र नक्कली जग्गाधनी मीनाकुमारी थापा पनि पक्राउ परेका छन् । सो घटनाको अनुसन्धान पूरा गरी मंगलबार जिल्ला सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाइएको सिआइबीका प्रवक्ता एसपी वेलबहादुर पाण्डेले बताए । प्रहरीले उनीहरूविरुद्ध लिखतसम्बन्धी कसुर र संगठित अपराध मुद्दा चलाउन सरकारी वकिलसमक्ष प्रस्ताव गरेको छ । भू–माफियाको समूहले नक्कली लालपुर्जा बनाएको र न्यायाधीश तथा मालपोत कर्मचारीले त्यसलाई वैधानिकता दिएको प्रहरीले जनाएको छ ।

न्यायाधीश र नेता पनि संलग्न
सरकारी जग्गा हाउजिङको नाममा लैजान जिल्ला अदालत ललितपुरका तत्कालीन न्यायाधीश अर्जुन कोइराला र राष्ट्रिय प्रजातन्त्र पार्टीकी केन्द्रीय सदस्य सरस्वती केसीको समेत संलग्नता देखिएको प्रहरीले जनाएको छ । न्यायाधीश कोइरालामाथि न्याय परिषद्ले छानबिन गरिरहेको छ भने नेतृ केसी फरार छिन् । उनलाई फरार अभियुक्तका रूपमा मुद्दा चलाउन लागिएको छ ।

न्यायाधीश कोइरालाले भू–माफियालाई फाइदा हुने गरी आदेश दिएको खुलेपछि उनीमाथि अनुसन्धान अघि बढाइएको छ । सर्वोच्च अदालतका न्यायाधीश तेजबहादुर केसीको नेतृत्वमा उनीमाथि छानबिन भइरहेको छ ।

नेतृ केसीले भने अधिवक्ता रामबहादुर शाह र मीनाकुमारी थापाबीच भेटघाट गराएर अदालतमा सेटिङ मिलाउन सहयोग गरेकी थिइन् । पक्राउ परेका अभियुक्तको बयानकै आधारमा उनको संलग्नता खुलेको हो । अधिवक्ता शाहले नै सो जग्गा व्यक्तिको नाममा लैजान अदालतदेखि मालपोत कार्यालयसम्म सेटिङ मिलाएका थिए । पक्राउ परेका अन्य दुई वकिलले उनकै निर्देशनमा नक्कली कागजपत्र तयार पारेको सिआइबीले जनाएको छ ।

सरकारी जग्गा हात पार्न दिदीभाइको नाटक सरकारी जग्गा हात पार्न भू–माफिया समूहले निकै नाटकीय तरिका अपनाएको थियो । सुरुमा मीनाकुमारी थापा र उनका भाइ रामकुमार सुयल थापाबीच लेनदेनको कागज गरियो । मीनाकुमारीले रामकुमारलाई जग्गा दिनेसम्बन्धी कागज गरिएको थियो । तर, दिदीले करार सम्झौताअुनसार जग्गा नदिएको भन्दै रामकुमारले जिल्ला अदालत ललितपुरमा मुद्दा दायर गरे ।

मुद्दा दायर भएको एक हप्तामै दुई पक्षबीच मिलापत्र भयो र न्यायाधीश कोइरालाको इजलासले भाइको नाममा जग्गा दर्ता गर्ने आदेश दियो । यो ०७१ सालको घटना हो । यहीँ न्याय सम्पादनको आधारभूत मान्यतासमेत लतारिएको छ । नक्कली लालपुर्जा तथा नक्सा बनाएर त्यसको फोटोकपीका आधारमा अदालतमा मुद्दा दर्ता भएको थियो ।

जबकि अदालतमा प्रमाणित कागजपत्रका आधारमा मात्र यस्ता किसिमका मुद्दा दर्ता गर्नुपर्छ । यसमा अदालतका स्रेस्तेदारको समेत मिलेमतो रहेको स्रोत बताउँछ । मुद्दा दायर भएको एक हप्तामै त्यसरी नाटकीय शैलीले मिलापत्र भएको थियो । जसमा न्यायाधीश कोइरालाको मिलेमतो रहेको स्रोत बताउँछ ।

अदालतको आदेशकै कागजपत्र मालपोत कार्यालय कलंकीमा पठाइयो । सोही आधारमा ९२ रोपनी दुई आना जग्गा सुयल हाउजिङको नाममा दर्ता गर्ने निर्णय भएको थियो । सुयल हाउजिङ रामकुमार सुयल थापाको कम्पनी हो ।

अख्तियारमा पहिल्यै उजुरी, तर चलखेलसुयल हाउजिङको नाममा दर्ता भएको जग्गा पाताल तथा ठोट्ने खोला र चिसापानी सामुदायिक वन उपभोक्ता समूहले उपयोग गर्दै आएको थियो । वनको जग्गा हाउजिङले लिएको थाहा पाएपछि स्थानीयले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी गरेका थिए । आयोगले २३ पुस ०७२ मै मालपोत कार्यालय कलंकीमा कार्यरत अधिकृत शिवप्रसाद रिमाल र हरिप्रसाद आचार्यलाई निलम्बन गर्न पत्राचार गरेको थियो ।

तर, त्यतिवेला अख्तियारको छानबिन चलखेलका आधारमा रोकिएको थियो । तीन वर्षपछि फेरि अनुसन्धान गरी आयोगले मुद्दा दायर गर्यो । गत १३ जेठमा सात जनाविरुद्ध आयोगले मुद्दा दायर गरेको थियो । किर्ते कागजपत्र बनाएको अपराधको छानबिन गर्न अख्तियारले प्रहरीलाई पत्राचार गरेपछि सिआइबीले यसमा छानबिन गरेको हो । न्यायाधीशकै आदेशका आधारमा सो जग्गा व्यक्तिको नाममा गएको अख्तियारको अनुसन्धानमा खुलेपछि आयोगले न्याय परिषद्लाई जानकारी गरायो ।

सिआइबीले तत्कालीन नासु हरिप्रसाद आचार्य, रामकुमार सुयल थापालगायतलाई फरार अभियुक्त बनाई मुद्दा चलाउन लागेको छ । वकिललाई यसरी पक्राउ गरिएकामा केही कानुन व्यवसायीले भने विरोध जनाएका छन् । तर, किर्ते कागजपत्र बनाउन प्रत्यक्ष रूपमा संलग्नता देखिएकाले उनीहरूलाई पक्राउ गर्नुपरेको सिआइबीले जनाएको छ । नयाँ पत्रिका दैनिकबाट